काठमाडौं । सिके राउत नेतृत्वको जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ। तराई–मधेशमा पहिचानवादीको ‘निर्णायक’ शक्ति बन्ने रणनीतिका साथ दुुई पार्टीभित्र एकताको अन्तिम गृहकार्य भइरहेको दुवै पार्टीका नेताहरुको दाबी छ।
दुई पार्टीबीच राजनीतिक दस्ताबेज, पार्टीको नाम र चुनाव चिह्न टुंग्याएर एकता गर्ने तयारी भइरहेको नागरिक उन्मुक्तिका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले बताए। उनका अनुसार ‘पार्टी एकतासम्बन्धी राजनीतिक दस्ताबेजको मस्यौदा तयार भइसकेको छ ।
चौधरी जनमतसँग एकता गर्ने तयारीमा रहेपनि अध्यक्ष रञ्जिता श्रेष्ठ तत्काल एकताको पक्षमा छैनन्।
यता, पार्टी एकताका लागि आन्तरिक गृहकार्य भइरहेको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताए । एकताको मुख्य आधार पहिचानसहित अग्रगामी परिवर्तन भएको बताए।
जनमतले विचार मिल्ने पार्टीहरूसँग एकीकरण गर्न भन्दै अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल बनाएको छ ।
थरुहट र मधेश एक भए आगामी निर्वाचनमा आफ्नो मुद्दा लागू गर्न सहज हुने निष्कर्ष दुवै दलको छ। प्रतिनिधिसभामा जनमतको ६ र नागरिक उन्मुक्तिको ४ सिट छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: