काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।
आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको काठमाडौँमा उपलब्ध पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको संयुक्त बैठकले परिवर्तनका पक्षमा क्रियाशील सबै दललाई एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा तथा निरङ्कुशताविरुद्ध अगाडि बढ्न आग्रहसमेत गरेको छ ।
पोलिटब्यूरो सदस्य ताज मोहम्मद मियाँले बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको, गणतन्त्रात्मक व्यवस्थालाई थप समुन्नत र सुदृढ गर्न समाजवादी गणतन्त्र कायम गर्न सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको जानकारी दिए।
बैठकमा गणतन्त्रको रक्षाका लागि आगामी चैत १ गते पार्टीले सबै जनवर्गीय सङ्गठनका प्रतिनिधिलाई काठमाडौँमा प्रशिक्षण दिने र त्यस कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको बताए ।
बैठकले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनपरिचालनका कार्ययोजना तथा भावी आन्दोलनका कार्यक्रम घोषणा गरी त्यसलाई प्रभावकारी बनाउनेबारे छलफल र चैत १ गते पत्रकार सम्मेलनमार्फत पार्टीको कार्ययोजनाबारे जानकारी दिने निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: