काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।
क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका क्याम्पस निर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।
उनका अनुसार अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अखिल (क्रान्तिकारी) बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थीबाट उज्जलवहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् ।
आज साँझ ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र फिर्ता लिने समयावधि तोकिएको तथा आजै साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।
त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि तोकेको छ । स्ववियु निर्वाचनमा आगामी चैत ५ गते त्रिवि अन्तर्गतका क्याम्पसमा हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - २१:३०
काठमाडाैं । नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक All-dielectric self-supporting (ADSS) प्रविधि...
चैत्र १० गते, २०८१ - १६:१४
काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। लास क्रुसेस प्...
चैत्र १० गते, २०८१ - १६:०९
काठमाडौं। गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ५४ दशम...
चैत्र १० गते, २०८१ - १६:०६
काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पा...
चैत्र १० गते, २०८१ - १६:०५
काठमाडौं । चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक ...
चैत्र १० गते, २०८१ - १६:०३
काठमाडौं । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टर (NMTC) ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्य रूपमा प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल मा सम्पन्...
चैत्र १० गते, २०८१ - १५:५८
धनगढी । कैलालीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले आफ्नै ब्राण्डमा चामल उत्पादन शुरु गरेको छ । सहकारीलाई किसानसँग जोड्न र शेयर सदस्यहरुको गुणस्तरिय चा...
चैत्र १० गते, २०८१ - १४:३९
विराटनगर । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु भएको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ स...
चैत्र १० गते, २०८१ - १४:०८
काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको मौनतामा सरकारका मन्त्रीले मनपरी गरिरहेको आरोप लगाएका छन्।...
चैत्र १० गते, २०८१ - १३:२९
काठमाडौं । राजस्थानको झालावाड जिल्लाको बकानी शहरबाट शुक्रबार एउटा हृदयविदारक घटना बाहिर आएको छ । यहाँ एक विवाहित महिलाले आफ्नो श्रीमानको जिब्रो टोकेर ...
प्रतिकृया लेख्नुहोस्: