Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित र व्यवस्थित रूपमा अघि बढेका छन्ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

खबरडबली संवाददाता

दोलखा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरूले सुनियोजित र व्यवस्थित ढंगले अघि बढेको पार्टीले निष्कर्ष निकालेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल दोलखा जिल्ला समितिद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै व्यवस्थाविरोधी शक्तिहरूका विरुद्ध प्रस्तुत हुनेबारे गणतन्त्रवादी दलहरूसँग छलफल गरिरहेको बताए ।

उनले भने, ‘प्रतिगामी शक्तिहरूको विरुद्ध हामीले छलफल त गरिरहेकै छौँ । अहिले लोकतान्त्रिक उपलब्धिहरूलाई खोस्ने वा अपहरण गर्ने प्रवृत्ति निर्णायक बिन्दुमा पुगिसक्यो भन्ने मूल्यांकन गरेर अभियान स्थगित गरेर आएका होइनौँ । तर, त्यो प्रयत्न पहिले भन्दा सुनियोजित र व्यवस्थित रूपमा बढिरहेको छ भन्ने हाम्रो निष्कर्ष हो । त्यसैले हामीले सांसदभित्रको भूमिकालाई पनि प्रभावकारी बनाउनुपर्‍यो, र राष्ट्रिय राजनीतिको हस्तक्षेपलाई पनि हामीले केन्द्र भागबाट अगाडि बढाउनुपर्छ भनेर केही दिनको कार्यक्रममा फेरेको हो । हामी तुरुन्तै अभियानलाई निरन्तरता दिन्छौँ ।’

उनले अहिलेको सरकारले अलोकप्रिय काम गरेकै कारणले राजावादीहरूले सक्रियता बढाउने मौका मिलेको दाबी गरे । उनले अहिलेको सरकारले भ्रष्टाचारमा केन्द्रित रहेको भन्दै लोकतन्त्र, देश र जनताको हितमा काम नगर्ने दाबी गरे । उनले अग्रगमनको संविधान संशोधन गर्न तयार रहेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थामा जानुपर्ने बताए ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ । निर्वाचनमा देखिएको भ्रष्टाचार रोक्नको लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ, मन्त्रिपरिषद् संसद् बाहिरबाट बनायौँ भने धेरै कुरा सकारात्मक रूपमा अघि बढ्छ भन्ने हो ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending