Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

निसेल ढोरबासी अझै दियालोको सहारामा

खबरडबली संवाददाता

बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका –५ मा पर्ने निसेल ढोर प्राकृतिकरुपमा जति मनमोहक छ त्यहाँको जनजीवन भने कष्टकर छ । निसीखोलाको मध्य भाग हुँदै पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार हुँदा सडक आसपासमा बजारीकरणको लहर चलेको छ । तर गामीण जनजीवन अत्यासलाग्दो छ ।

निसी भल्कोटबाट करिब ८–९ घण्टाको पैदलयात्रापछि मात्र पुग्न सकिने निसेल ढोर सडक सञ्जालसँग अझै जोडिएको छैन । विद्यालय भवन जिर्ण छन्, निमावि तहको अध्ययन गर्न बेसीको बोबाङ झर्नुपर्छ । प्रशस्त खानेपानीका मुहान छन्, पर्याप्त धारा छैनन् । बालविवाह बढ्दो छ, चेतना छैन । सामाजिक स्वास्थ्य इकाई छ, जनशक्ति नरहेको स्थानीयको गुनासो छ ।

निसेल ढोरमा गतवर्ष मात्र फोन सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले दुर्गम र पर्यटकीय क्षेत्रमा फोरजी चलाउने अभियान चलाएपछि निसेल ढोर सञ्चार सुविधासँग जोडिएको छ । जसोतसो सञ्चार सुविधा प्राप्त गरेका निसेल ढोरबासी विधुतीकरण नहुँदा अहिले पनि उज्यालोका लागि दियालोको सहारा लिन विवश छन् । त्यहाँ विद्युत विस्तार गर्न पोल गाडेको झण्डै तीन वर्ष बितिसक्यो । विद्युत आपूर्ति हुने आशमा त्यहाँका घर–घरमा वाइन्डिङ समेत गरिएको छ । पोल गाडेको लामो समय बितिसक्दा पनि विद्युत विस्तार नहुँदा दियालोको उज्यालोमा रात गुजार्नु परेको स्थानीय खुमा विश्वकर्माले गुनासो गरिन । 

निसेल ढोरका ५५ घरपरिवारमध्ये केहीले सोलारबत्ति प्रयोग गरे पनि अधिकांशले उज्यालोका लागि लेकाली सल्लाको रुखबाट प्राप्त हुने दियालोको सहारा लिनुपरेको छ । विद्युत नहुँदा गाउँमा जंगली जनवारदेखि चोरीसम्मको डर हुनेगरेको विश्वकर्माको भनाइ छ । ‘घर–घरमा वाइरिङ गर्दा र पोलहरु गाड्दा गाउँमा छिट्टै विद्युत आउने विश्वास थियो, विश्वकर्माले भनिन्, ‘वाइरिङ गरेको बिग्रन थालिसक्यो बिजुली आउने पत्तो छैन ।’

निसेल ढोरमा विद्युत विस्तारका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरेको ३१ लाख रुपियाँ बजेटबाट पोल गाड्ने काम भएपनि ट्रान्सफर्मर लगायतका सामाग्री खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो । निसेल ढोरमा विद्युतीकरणका लागि गाउँपालिकाले निरन्तर प्रयास गरेपनि सफल भने हुन सकेको छैन् ।

‘ढोरपाटन भुजी लघु जलविद्युत आयोजनाको विद्युत जोड्नेगरी केही पोल गाड्ने काम भए पनि बजेट फ्रिज हुँदा कामै अघि बढ्न सकेन’ निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ति मगरले भने । विद्युत नपुगेको ठाउँमा सोलार जोड्ने योजना पनि सफल हुन नसकेको घर्ति मगरले सुनाए । गण्डकी प्रदेश सरकारसँग छलफल चलिरहेकाले निसेल ढोरमा छिट्टै विद्युतीकरण हुनेमा उनले विश्वास व्यक्त गरे । 

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले प्रदेश सरकारले गाडेका पोलहरु प्राधिकरणलाई हस्तान्तरण गरे निसेल ढोरमा छिट्टै विद्युत विस्तार हुने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन

काठमाडौं । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि संयुक्त समिति गठन गरिएको छ । स्वास्थ्य तथा जन...

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

जनकपुर । मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ । ज...

आगाेमा परी सल्यानमा ६५ वर्षीय वृद्धको मृत्यु

सल्यान । खरबारीमा लागेको आगोमा परी सल्यानमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ३ तिमिलेचौरका ६५ वर्षीय प्रेमबहादुर बस्नेत रहेक...

हत्या र शृंखलाबद्ध चोरी-डकैतीका फरार अभियुक्त पक्राउ

काठमाडौं । हत्या तथा शृंखलाबद्ध चोरी-डकैती मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा विकास मोटे, अर्जुन भनिने ४१ वर्षीय बुद्धिमान ता...

चार करोडको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा मुद्दामा फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बस्दै आएका ४९ वर्षीय कुयाङछुयाङ दोर्ज...

मकवानपुरमा करेन्ट लागेर एककाे मृत्यु

मकवानपुर । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा आज एक युवकको मृत्यु भएको छ ।  मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ ...

पाथीभरामा फागुन महिनामा तेह्र लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा तेह्र लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विक...

देशको जिम्मा माओवादीकाे काँधमा आएकाे छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशद...

भारतीय अन्तरिक्ष मिसन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

भारत । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुई वटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ...

अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ परेका २४ भारतीय जेल चलान

काठमाडाैं । अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक महिनाअघि काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका २३ जना जेल चलान भएका छन् । जिल्ला अदाल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy