Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

धनुषामा बस दुर्घटना हुँदा ३० भन्दा बढी घाइते

खबरडबली संवाददाता

ढल्केबर । धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोक मार्गमा शुक्रवार बिहान भएको बस दुर्घटनामा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

जनकपुरबाट राजविराजतर्फ गइरहेको १४४१ नम्बरको बस शुक्रवार बिहान ९ बजे दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रमा पठाइएको बताए । उनले हालसम्म घाइतेहरूको विवरण सङ्कलन गरिरहेको बताउँदै घटनामा करिब ६ जनालाई गम्भीर चोटपटक लागेको जानकारी दिए ।

उनका अनुसार अन्यलाई सामान्य चोटपटक लागेको छ । घाइतेहरूको उपचार ढल्केवरस्थित निजी स्वास्थ्य केन्द्र र प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

प्रारम्भिक जानकारीअनुसार बसको ब्रेक जाम भएर दुर्घटना भएको खुल्न आएको प्रहरी निरीक्षक यादवको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौँ । सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्...

चीन र अल्जेरियाबिच अन्तरिक्ष सहकार्य: नयाँ उपग्रह प्रक्षेपण

जियुचुआन। चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण उत्तरपश्चिम चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबा...

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

वीरगञ्ज। चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको ...

कर्णाली करिडोरको हिउ सफा गरेपछि सडक सुचारु

हुम्ला। कर्णाली करिडोरको सिमकोट गाउँपालिका –५ को कालाढुङ्गा सिमकोट सडक सुचारु भएको छ । गत मङ्गलबार राति परेको हिउले यातायात सेवा अबरुद्ध हुँदा नेपाल प...

विकासको रोडम्याप लिएर पोखरेल मतदाताको घरमा

दाङ। मतदातासँग प्रत्यक्ष संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै नेकपा (एमाले) का महासचिव एवम् दाङ क्षेत्र नम्बर २ का ...

नमूना मतपत्र सार्वजनिक, काठमाडौँको सबैभन्दा ठुलो

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेक...

हरिबोल र महेश्वरमाथिको कारबाहीले सिन्धुली–२ मा नेकपालाई सकस पर्ला ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई स्पष्टीकरणसमेत नलिई पार्टीबाट नि...

भारतमा सवारी दुर्घटनामा परि एक नेपालीको मृत्यु, एक घाइते

नेपालगन्ज। नेपाल भारत सीमा नजिकै भारतीय क्षेत्रमा बसले मोटरसाइकललाई ठक्कर दिँदा नेपालगन्ज पिप्रहवा निवासी एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते...

चुनावी माहोलसँगै महोत्तरीमा आर्थिक चहलपहल बढ्यो

महोत्तरी। देश चुनावी रङले ढाकिँदै जाँदा त्यसको प्रभाव राजनीतिक गतिविधिमा मात्र सीमित छैन, यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्र र समग्र बजारमा देखिन थ...

सैनिक कल्याणकारी भवनको भाडा विवाद, अदालतको आदेश उल्लङ्घन

काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE