उदयपुर । मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका–८ सरस्वती खोलाको पुलमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलचालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार मृत्यु हुनेमा त्रियुगा नगरपालिका–७ भान्टाबारीका वर्ष ३४ का भुवन राई रहेका छन् ।
गएराति गाईघाटबाट चुहाडे (पूर्वबाट पश्चिम)तर्फ फर्की रोकिरहेको प्रदेश २–०१–००१त २३०१ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको बा.६४प५१७ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किई दुर्घटना हुँदा राईकाे टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याउँदा राईको मृत्यु भएको घोषणा चिकित्सकहरूले गरेको डिएसपी दोङले जानकारी दिए ।
ट्याक्टरचालक उदयपुरगढी गाउँपालिका– ६ का वर्ष २५ का कुलबहादुर मगरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको दोङको भनाइ छ । मोटरसाइकल तीव्र गतिमा भएका कारण ठोक्किन पुगी दुर्घटना भएको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - २१:०२
काठमाडौं । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि संयुक्त समिति गठन गरिएको छ । स्वास्थ्य तथा जन...
फाल्गुन ३० गते, २०८१ - २०:५८
जनकपुर । मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ । ज...
फाल्गुन ३० गते, २०८१ - २०:३४
सल्यान । खरबारीमा लागेको आगोमा परी सल्यानमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ३ तिमिलेचौरका ६५ वर्षीय प्रेमबहादुर बस्नेत रहेक...
फाल्गुन ३० गते, २०८१ - २०:०२
काठमाडौं । हत्या तथा शृंखलाबद्ध चोरी-डकैती मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा विकास मोटे, अर्जुन भनिने ४१ वर्षीय बुद्धिमान ता...
फाल्गुन ३० गते, २०८१ - १९:५६
काठमाडौं । बैंकिङ कसुरमा मुद्दामा फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बस्दै आएका ४९ वर्षीय कुयाङछुयाङ दोर्ज...
फाल्गुन ३० गते, २०८१ - १९:४३
मकवानपुर । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा आज एक युवकको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ ...
फाल्गुन ३० गते, २०८१ - १९:४०
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा तेह्र लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विक...
फाल्गुन ३० गते, २०८१ - १९:३३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशद...
फाल्गुन ३० गते, २०८१ - १९:०४
भारत । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुई वटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ...
फाल्गुन ३० गते, २०८१ - १८:५७
काठमाडाैं । अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक महिनाअघि काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका २३ जना जेल चलान भएका छन् । जिल्ला अदाल...
प्रतिकृया लेख्नुहोस्: