Ntc summer Offer
Khabar Dabali १ चैत्र २०८१ शनिबार | 15th March, 2025 Sat
Investment bank

दाताहरुकाे सहयाेग नपाएपछि बजेट अभावमा रोकियो गैँडा गणना

खबरडबली संवाददाता

चितवन । हरेक पाँच वर्षमा हुँदै आएको गैँडा  गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरूको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक  रामचन्द्र कँडेलले बताए । सरकारले गैँडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन ।

यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोस्टमार्फत एक– एक गैँडाको संकेतका आधारमा अवस्था पहिचान गरिने उनले बताए । निकुञ्जको सम्पूर्ण जनशक्ति परिचालन गरेर सम्भव भएसम्म गणना गरिने उनले बताए ।

महानिर्देशक कँडेलले भने, ‘गणनाजस्तै गरी यकिन संख्या सार्वजनिक नभए पनि सूक्ष्म रूपमा एक–एक गैँडाको चिह्नको आधारमा अवस्था पत्ता लाग्छ ।’ विभागले निकुञ्जसँग सहकार्य गर्ने विभिन्न दातृ निकायसँग मिलेर  गैँडा गणना गर्दै आएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा पाइन्छन् । गणनाले सबैभन्दा बढी चितवनमा रहेका देखाएको थियो । उक्त गणनाअनुसार त्यसवेला ७५२ गैँडा थिए । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ एकसिंगे गैँडा थिए । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीनवटा त्यस्ता गैँडा रहेका तथ्यांक छ ।

नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ गैँडा रहेकाे विभागले जनाएको छ । यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ र सन् २०१५ मा ६४५ गैँडा थिए । यसअघि सन् २०२१ मा गैँडा गणना गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन

काठमाडौं । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि संयुक्त समिति गठन गरिएको छ । स्वास्थ्य तथा जन...

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

जनकपुर । मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ । ज...

आगाेमा परी सल्यानमा ६५ वर्षीय वृद्धको मृत्यु

सल्यान । खरबारीमा लागेको आगोमा परी सल्यानमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ३ तिमिलेचौरका ६५ वर्षीय प्रेमबहादुर बस्नेत रहेक...

हत्या र शृंखलाबद्ध चोरी-डकैतीका फरार अभियुक्त पक्राउ

काठमाडौं । हत्या तथा शृंखलाबद्ध चोरी-डकैती मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा विकास मोटे, अर्जुन भनिने ४१ वर्षीय बुद्धिमान ता...

चार करोडको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा मुद्दामा फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बस्दै आएका ४९ वर्षीय कुयाङछुयाङ दोर्ज...

मकवानपुरमा करेन्ट लागेर एककाे मृत्यु

मकवानपुर । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा आज एक युवकको मृत्यु भएको छ ।  मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ ...

पाथीभरामा फागुन महिनामा तेह्र लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा तेह्र लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विक...

देशको जिम्मा माओवादीकाे काँधमा आएकाे छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशद...

भारतीय अन्तरिक्ष मिसन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

भारत । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुई वटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ...

अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ परेका २४ भारतीय जेल चलान

काठमाडाैं । अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक महिनाअघि काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका २३ जना जेल चलान भएका छन् । जिल्ला अदाल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy