तनहुँ । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो ।
पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४ दशमलव ९८ र दुई लेनतर्फ ३ दशमलव १५ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ । पाण्डेले भने, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३ दशमलव ११ किलोमिटर दूरी कालोपत्र भएको छ ।”
गत फागुन १६ गतेसम्म यस खण्डको भौतिक प्रगति ७८ दशमलव ९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५९ दशमलव २५ प्रतिशत छ । पाण्डेका अनुसार यस खण्डमा चार लेनतर्फ २० दशमलव १६ किलोमिटर दूरीमा अन्तिम कालोपत्रसमेत भइसकेको छ भने दुई लेनतर्फ १२ दशमलव ३२ किलोमिटर खण्डमा अन्तिम कालोपत्र सकिएको छ ।
पूर्वी खण्डअन्तर्गत यतिबेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्र सुरु भएको छ । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा एकतर्फी कालोपत्र सकेर अर्कोतर्फ कालोपत्रका लागि सडक सम्याउने काम भइरहेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैँक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - २१:०२
काठमाडौं । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि संयुक्त समिति गठन गरिएको छ । स्वास्थ्य तथा जन...
फाल्गुन ३० गते, २०८१ - २०:५८
जनकपुर । मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ । ज...
फाल्गुन ३० गते, २०८१ - २०:३४
सल्यान । खरबारीमा लागेको आगोमा परी सल्यानमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ३ तिमिलेचौरका ६५ वर्षीय प्रेमबहादुर बस्नेत रहेक...
फाल्गुन ३० गते, २०८१ - २०:०२
काठमाडौं । हत्या तथा शृंखलाबद्ध चोरी-डकैती मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा विकास मोटे, अर्जुन भनिने ४१ वर्षीय बुद्धिमान ता...
फाल्गुन ३० गते, २०८१ - १९:५६
काठमाडौं । बैंकिङ कसुरमा मुद्दामा फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बस्दै आएका ४९ वर्षीय कुयाङछुयाङ दोर्ज...
फाल्गुन ३० गते, २०८१ - १९:४३
मकवानपुर । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा आज एक युवकको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ ...
फाल्गुन ३० गते, २०८१ - १९:४०
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा तेह्र लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विक...
फाल्गुन ३० गते, २०८१ - १९:३३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशद...
फाल्गुन ३० गते, २०८१ - १९:०४
भारत । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुई वटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ...
फाल्गुन ३० गते, २०८१ - १८:५७
काठमाडाैं । अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक महिनाअघि काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका २३ जना जेल चलान भएका छन् । जिल्ला अदाल...
प्रतिकृया लेख्नुहोस्: