Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

हत्या र शृंखलाबद्ध चोरी-डकैतीका फरार अभियुक्त पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । हत्या तथा शृंखलाबद्ध चोरी-डकैती मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विकास मोटे, अर्जुन भनिने ४१ वर्षीय बुद्धिमान तामाङ रहेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार तामाङविरूद्ध एउटा कर्तव्य ज्यान मुद्दा र अन्य चार वटा चोरी तथा डाँका मुद्दा छन् ।

तामाङविरूद्ध २०७९ माघ १४ गते राति साढे ११ बजे बागलुङ बडिगाड गाउँपालिका-३ सिसाखानी घर भएकी ५८ वर्षीया गोपालकुमारी शेरचनलाई उनले सञ्चालन गर्ने होटलमा हत्या गरी गरगहना र नगद लुटेर रहेको मुद्दा छ ।

गुल्मी मुसिकोट नगरपालिका-७ मा गोपालकुमारी होटल सञ्चालन गरेर बसिरहेका बेला होटलमै गएर हात, खुट्टा मुखमा कार्टुन टेपले बाँधेर हत्या गरेर तामाङ फरार भएको शाहीले बताए ।

सोही साल कात्तिक २७ गते तामाङले धुलिखेल नगरपालिका-९ फस्कोटका विक्रम तामाङकी श्रीमती बेली तामाङलाई लुटेका थिए । भोट माग्न आएको भन्दै उनीलगायत चार जनाले तामाङलाई धारिलो हतियार प्रहार गरी डोरीले बाँधेर गरगहना लुटेको घटना प्रहरीमा छ ।

काभ्रेपलाञ्चोकमै २०८१ साल साउन ३१ गते तामाङसहित चार जनाले पनौती नगरपालिका-५ चौकोटका धर्मगोपाल श्रेष्ठबाट ४० हजार नगद लुटेका थिए । श्रेष्ठले सञ्चालन गर्दै आएको ग्रीन हिल नेवा खाजा तथा खाना घरमा गएर उनीहरूले हतियार देखाएर नगद लुटेका थिए ।

काभ्रेकै बनेपा नगरपालिका-३ टनचोकमा गत माघ ४ गते राति १२ बजे तामाङसहित चार जनाले ३२ वर्षीय लोप्चन लामाको घरमा लुटपाट गरेका थिए । धारिलो हतियार देखाएर उनीहरूले दराजभित्र रहेको मोबाइल, नगद, गरगहना लुटेका थिए ।

काभ्रेकै बनेपा-४ रेडक्रस टोलमा बस्ने ३० वर्षीय सुकान्त बम्जनको घरमा गत माघ १३ गते लुटटपाट भएको थियो । सुनको गहना र नगद लुटेको उक्त घटनामा तामाङसहित चार जना संलग्न थिए । ती घटनाहरूमा तामाङसहित सिन्धुपाल्चोक बाह्रबिसे-२ कर्थलीका वीरबहादुर तामाङ, उदयपुर कटारी-४ का राजुकुमार दनुवार र ओखलढुंगा खिजिफलाटे गाउँपालिका-९ का महेशकुमार खड्का संलग्न थिए । 

उनीहरूमध्ये वीरबहादुर सिन्धुपाल्चोक जिल्ला प्रहरी, दनुवार र खड्कालाई यसअघि नै प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ । बुद्धिमानलाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending