Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

आमिर खानकी नयाँ प्रेमिका गौरी को हुन् ?

खबरडबली संवाददाता

काठमाडौँ । बलिउडका चर्चित अभिनेता आमिर खानले यस हप्ता ६० वर्ष पूरा गरेका छन् । आफ्नो जन्मदिन मनाउन आयोजित एक पार्टीमा उनले आफू फेरी प्रेममा परेको खुलासा गरेर चर्चामा रहेका छन् ।

आमिर खानले बिहीबार आफ्नो जन्मदिनको अवसरमा पत्रकार सम्मेलनमा आफ्नो जीवन र फिल्म उद्योगको यात्राको बारेमा कुरा गरिरहेका थिए । यस क्रममा उनले आफ्नी नयाँ प्रेमिकाको बारेमा खुलासा गरे । बैंगलोरकी गौरी प्रेटसँग आफु १८ महिनादेखि साथमा रहेको बताए ।

प्रश्नको जवाफ दिदै ६० बर्षिय अभिनेता आमिरले भने- 'सम्बन्धहरू मेरो लागि धेरै महत्त्वपूर्ण छन् ।'

आमिर खानले यसअघि दुई पटक विवाह गरिसकेका छन्। उनले आफ्नी पहिलो श्रीमती रीना दत्तासँग सम्बन्ध विच्छेद गरेपछि किरण रावसँग विवाह गरेका थिए । उनले २०२१ मा किरण रावसँग सम्बन्ध विच्छेद गरेका थिए । उनी र रीना दत्त २००२ मा अलग भएका थिए । यस विवाहबाट उनका दुई सन्तान छन् । २००५ मा, उनले फिल्म निर्माता तथा निर्देशक किरण रावसँग विवाह गरेका थिए । दुवै २०२१ मा अलग भए । यस विवाहबाट उनको एक छोरा छ ।

तर, आमिर भन्छन्, अलग भएपछि पनि दुवै श्रीमतीसँग उनको राम्रो मित्रता छ र दुवैले आफ्नो छोरालाई सँगै हुर्काइरहेका छन् । डिभोर्सपछि किरणसँग मिलेर आमिरले फिल्म 'लपता लेडीज' मा पनि सँगै काम गरेका थिए ।

पत्रकार सम्मेलनमा आमिर खानले गौरी प्रटलाई परिचय गराउनुअघि आफ्नो पुरानो फिल्म 'लगान' सम्झिए र भने, 'भुवनले आफ्नी गौरी भेट्टाइसकेका छन् ।'

२००१ को फिल्म 'लगान' मा आमिर खान र ग्रेसी सिंहले मुख्य भूमिका निर्वाह गरेका थिए । फिल्ममा आमिरको पात्रको नाम भुवन थियो भने ग्रेसीको पात्रको नाम गौरी थियो। पत्रकार सम्मेलनमा आमिर खानले 'राजाको रानी से प्यार हो गया' गीत पनि गाए र गौरीको बारेमा थप जानकारी दिएका थिए ।

उनले सञ्चारकर्मीहरूलाई भने, 'मलाई लाग्छ तपाईंहरूले उनलाई राम्रो अवसरमा भेट्नुहुनेछ र हामी पनि यो कुरा गोप्य राख्न चाहँदैनौं । मैले सलमान खान र शाहरुख खानसँग उनको भेटघाट गराइसकेको छु ।' आफ्नी प्रेमिकाको बारेमा थप जानकारी दिँदै आमिर खानले भने, 'उनी बैंगलोरकी हुन् । वास्तवमा, हामी दुवैले एकअर्कालाई २५ वर्षदेखि चिन्छौं । तर हामी डेढ वर्षअघि मात्र भेटेका थियौं ।' उनले अगाडी भने- 'उनी कुनै कामको लागि मुम्बईमा थिइन् र हाम्रो अचानक भेट भयो । त्यसबेलादेखि, हामी एकअर्कासँग सम्पर्कमा रह्यौं र सबै कुरा त्यस्तै भयो, जस्तो प्रेममा परेपछि हुन्छ ।'

टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्ट अनुसार, गौरी रीता प्रेटकी छोरी हुन् र उनकी आमाको बेंगलुरुमा एउटा सैलुन छ । उनले आफ्नो सम्पूर्ण जीवन सोहि शहरमा बिताएका छन् ।

आमिर खानले भने, 'म भाग्यमानी छु कि म बलियो सम्बन्धमा छु । रीनासँग मेरो सम्बन्ध लगभग १६ वर्षसम्म रह्यो । यसपछि, मैले किरणसँग १६ वर्ष बिताएँ र एक तरिकाले हामी अझै पनि सँगै छौं । मैले जीवनमा धेरै कुरा सिकेको छु । म गौरीसँग शान्ति महसुस गर्छु ।'

गौरीको बारेमा थप जानकारी दिँदै उनले भने- उनको छ वर्षको छोरा छ, जो बुद्धिमान छ र उनलाई भेटेर खुसी छ ।

डेक्कन हेराल्डको एक रिपोर्ट अनुसार, आमिर खानको परिवारले उनलाई खुला हातले स्वागत गरेको गौरीले बताएकी छन् ।

आमिरले भने, 'गौरी अहिले मेरो प्रोडक्सन हाउसमा काम गर्छिन् ।' विवाहको प्रश्नमा आमिर खानले भने, 'मलाई थाहा छैन, साठी वर्षको उमेरमा विवाह मलाई सुहाउँछ कि सुहाउँदैन । तर मेरा छोराछोरी खुसी छन् र म धेरै भाग्यमानी छु कि मेरा पूर्व पत्नीहरूसँग मेरो राम्रो सम्बन्ध छ ।'

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा एमाले–नेकपाको सरकार गठनको नयाँ मोडेल: मन्त्रालय बाँडफाँटमा ‘पालैपालो’ प्रणाली

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...

महेन्द्रनगरमा कटुवा पेस्तोलसहित चार युवक पक्राउ

कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...

व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरण मुद्दामा एक करोड धरौटी माग

काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...

मन्त्रिपरिषद्का ५ निर्णय, एनसेल प्रतिवेदन सार्वजनिकदेखि एम्बुलेन्स र शव वाहनमा कर छुटसम्म

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...

सुनसरी र सिरहा घटनाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...

सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला

काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...

विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन कार्यदल गठन : एक महिनाभित्र प्रतिवेदन बुझाउने

काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...

लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, खोजीमा प्रहरी

रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...

विशेष भेलामा सहभागी हुँदै शेखर कोइराला, पार्टी एकताका लागि आह्वान गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...

चितवनमा बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending