काठमाडौँ । रूस संयुक्त राज्य अमेरिका र युक्रेनले प्रस्ताव गरेको ३० दिने युद्धविराम योजनाको पक्षमा रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएको छन । पुटिनले भ्रमणमा रहेका बेलारुसी राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोसँगको पत्रकार सम्मेलनमा यस्तो बताएको हो ।
शत्रुता रोक्ने प्रस्तावहरूसँग सहमत रहेको तर युद्धविराम दीर्घकालीन शान्तिका लागि नेतृत्व गर्ने र यस सङ्कटको मूल कारणलाई हटाउने गरी हुनुपर्ने बताए ।
पुटिनले द्वन्द्वको २ हजार किलोमिटर सम्पर्क रेखामा युद्धविराम उल्लङ्घनको निगरानीमा कठिनाइ भएको उल्लेख गरे। युक्रेनले परिचालन र हतियार आपूर्तिका लागि अस्थायी युद्धविराम प्रयोग गर्नसक्ने मुद्दा उठाए । उनले कुस्रक क्षेत्रको बारेमा शूक्ष्मता उल्लेख गरे। जहाँ रूसी सेनाले अगस्ट २०२४ मा सीमापार आक्रमण गरेपछि युक्रेनी सेनालाई पराजित गर्दैआएको छ ।
प्रतिकृया लेख्नुहोस्: