Ntc summer Offer
Khabar Dabali २ चैत्र २०८१ आईतवार | 16th March, 2025 Sun
Investment bank

बाँकेको सुधार गृहमा झडप, ५० जना प्रहरीको नियन्त्रणमा

खबरडबली संवाददाता

बाँके ।   बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् भने प्रहरी टोलीले ५० जनालाई नियन्त्रणमा लिएको छ। डुडुवास्थित जयेन्दु बालसुधार गृहमा गएराति झडप भएको हो ।
झडपमा ६ जना बालबन्दी घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी)दीपक पातलीले बताए । डीएसपी पातलीका अनुसार, गएराति दुई समूहबीच झडप भएको थियो। एउटा समूहले अर्को समूहका बालबन्दीलाई नियन्त्रणमा राखेको थियो। उनीहरूलाई बाहिर निस्किन दिएको थिएन।

प्रहरी टोली भित्र जान खोजेपछि ढुंगामुडा गरिएको थियो। उनीहरू आगजनी गरेका थिए। ढुंगामुडा प्रहारबाट केही प्रहरी घाइते भएको डीएसपी पातलीले बताए।

लामो समयको कसरतपछि शनिबार अपराह्न बालसुधार गृहभित्र प्रवेश गर्न सकिएको उनले बताए। त्यस्तै, एउटा समूहको नियन्त्रणमा रहेका अर्को समूहका बालबन्दीलाई पनि मुक्त गरिएको डीएसपी पातलीले जानकारी दिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बालसुधार गृहभित्र प्रवेश गरेको छ। प्रहरी टोलीले ५० जना बालबन्दीलाई नियन्त्रणमा लिएको छ। “बालसुधार गृहभित्र प्रवेश गर्न सफल भएका छौं, ५० जनालाई नियन्त्रणमा लिएका छौं,” डीएसपी पातलीले हिमालखबरसँग भने, “भित्र आगजनी गरिएको छ। दमकलको सहायताले आगो निभाएका छौं।”

एउटा समूहको कुटपिटबाट घाइते भएका अर्को समूहका बालबन्दीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल भर्ना गरिएको छ। उनीहरूको उपचार भइरहेको अस्पतालले जनाएको छ। गएराति डेढ बजे घाइतलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको थियो।

यो बालसुधार गृहमा गत वर्ष पनि झडप भएको थियो। बालसुधार गृहमा २५० बालबन्दी रहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मजदुर संगठनहरुले बुझाए हानलाई ध्यानाकर्षण पत्र, देशैभर अभियानात्मक कार्यक्रम

काठमाडौं । मुख्य राजनीतिक दल निकट मजदुर संगठनहरुले होटल एसोसियसन नेपाल (हान)लाई ध्यानकर्षण पत्र बुझाएका छन् । आइतबार काठमाडौंको गैरिधारामा हानका प्रमु...

मधेस प्रदेशमा हावाहुरीको सम्भावना, राति कस्तो होला मौसम ?

काठमाडौं । आइतबार राति मधेसबाहेक देशका सबै प्रदेशमा चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाले आज...

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

गोरखा  ।  १३ वर्षीया बालिकालाई बलात्कारको आरोपमा प्रहरीले एकजनालाईइ पक्राउ गरेको छ । पकउ पर्नेमा पालुङटार नगरपालिका–१ का २२ वर्षीय सुनिल सुनार रहेका छ...

स्ववियु निर्र्वाचनः नेपाल कमर्श क्याम्पसमा एमाले अखिल, नेविसंघ र अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल कमर्स क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका विद्या...

ललितपुरका केही स्थानमा २ महिनासम्मका लागि निषेधाज्ञा

काठमाडौं । ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्...

पद्म कन्यामा एमाले अखिल र अखिल क्रन्तिकारीबीच तालमेल

काठमाडौं । स्ववियु निर्वाचनका लागि पद्म कन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनले चुनावी तालमेल गरेका छन् । एमालेको...

राष्ट्र बैंकले सार्वजनिक गर्याो २०८२ सालमा बैंक बिदाको सूची

काठमाडौं । नेपाल राष्ट्र बैंकले साल २०८२ मा बैंक बिदाको सूची सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले २०८२ मा दसैँ र तिहारसहित कुल ४८ दिन बैंक बिदा रहने...

झापाका विद्यार्थीले दिएको मन्तव्यको अन्तर्राष्ट्रिय चर्चा, हिटलरको शैलीसँग तुलना

झापा  । झापाका एक जना विद्यार्थीले विद्यालयको वार्षिकोत्सवमा दिएको मन्तव्यले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चर्चा पाएको छ । धुलाबारीको होलिबेल स्कु...

स्ववियु निर्वाचनमा पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तोडफोड तथा धम्की दिने गरेकोप्रति शिक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको...

प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेका होइनन्ः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको बताएका छन्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy