Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

बाँकेको सुधार गृहमा झडप, ५० जना प्रहरीको नियन्त्रणमा

खबरडबली संवाददाता

बाँके ।   बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् भने प्रहरी टोलीले ५० जनालाई नियन्त्रणमा लिएको छ। डुडुवास्थित जयेन्दु बालसुधार गृहमा गएराति झडप भएको हो ।
झडपमा ६ जना बालबन्दी घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी)दीपक पातलीले बताए । डीएसपी पातलीका अनुसार, गएराति दुई समूहबीच झडप भएको थियो। एउटा समूहले अर्को समूहका बालबन्दीलाई नियन्त्रणमा राखेको थियो। उनीहरूलाई बाहिर निस्किन दिएको थिएन।

प्रहरी टोली भित्र जान खोजेपछि ढुंगामुडा गरिएको थियो। उनीहरू आगजनी गरेका थिए। ढुंगामुडा प्रहारबाट केही प्रहरी घाइते भएको डीएसपी पातलीले बताए।

लामो समयको कसरतपछि शनिबार अपराह्न बालसुधार गृहभित्र प्रवेश गर्न सकिएको उनले बताए। त्यस्तै, एउटा समूहको नियन्त्रणमा रहेका अर्को समूहका बालबन्दीलाई पनि मुक्त गरिएको डीएसपी पातलीले जानकारी दिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बालसुधार गृहभित्र प्रवेश गरेको छ। प्रहरी टोलीले ५० जना बालबन्दीलाई नियन्त्रणमा लिएको छ। “बालसुधार गृहभित्र प्रवेश गर्न सफल भएका छौं, ५० जनालाई नियन्त्रणमा लिएका छौं,” डीएसपी पातलीले हिमालखबरसँग भने, “भित्र आगजनी गरिएको छ। दमकलको सहायताले आगो निभाएका छौं।”

एउटा समूहको कुटपिटबाट घाइते भएका अर्को समूहका बालबन्दीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल भर्ना गरिएको छ। उनीहरूको उपचार भइरहेको अस्पतालले जनाएको छ। गएराति डेढ बजे घाइतलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको थियो।

यो बालसुधार गृहमा गत वर्ष पनि झडप भएको थियो। बालसुधार गृहमा २५० बालबन्दी रहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको कसीमा सरकार : ‘स्वर्णिम’ व्यंग्यदेखि ‘पहेँलपुर’ यथार्थसम्म

काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...

बागमती प्रदेशका सांसदहरूसँगको छलफल प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending