Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

गणतन्त्रको रक्षा गर्नु राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्यो- समाजवादी मोर्चा

यस्तो छ समाजवादी मोर्चाका तर्फबाट प्रचण्ड, माधव नेपाल, विप्लव र महेन्द्र यादवले जारी गरेको विज्ञप्ति

खबरडबली संवाददाता

काठमाडौँ । समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती  देखा परेको ठहर गरेको छ । 

समाजवादी मोर्चाले शनिबार देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरुको क्रियाकलापबारे समाजवादी मोर्चाले आफ्नो दृष्टिकोण सार्बजनिक गर्दै राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको बताएको हो ।

साथै मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवम् जनताको हित विपरितका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रकाविरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरु लागि परेका बताएको छ । त्यस्तै मोर्चाले सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको बताएको छ ।

मोर्चाका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीक अध्यक्ष माधवकुमार नेपाल, नकपाका महासचिव विप्लव र समाजवादी पार्टीका महेन्द्र राय यादवले जारी गरेको विज्ञप्ति:

१- नेपालमा युगीन परिवर्तन र त्यसको गुणात्मक निरन्तरताका निम्ति नेपाली श्रमजिवी जनताले जनआन्दोलन, महान जनयुद्ध, १९ दिने ऐतिहासिक जन आन्दोलन, मधेश आन्दोलन, महिला, दलित (श्रमिक समुदाय), आदिवासी, जनजाति आन्दोलन, उत्पीडित क्षेत्रका जनताको आन्दोलन, थरुहट आन्दोलन र एकीकृत जनक्रान्ति लगायतका संघर्षमा आफ्नो अमूल्य जीवनको उत्सर्ग गर्नुहुने महान शहिदहरुप्रति स—सम्मान भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौ । वेपत्ता योद्धाहरुको स्मरण र घाईते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौ । गणतान्त्रिक र क्रान्तिकारी इतिहास रचनामा ऐतिहासिक योगदान गर्ने महान् नेपाली जनतामा उच्च सम्मान सहित क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौ । 

२- नेपाली जनताको जीवन मरणको अनवरत संघर्षको बलमा २ सय ३८ बर्षे सामन्ती शासनको अन्त्य भएको हो । १ सय ४ बर्षे राणा शाशन विरुद्धको संघर्ष, ३० बर्षे पञ्चायती निरङ्कुश व्यवस्थाका बिरुद्ध संघर्ष, ०४६ साल पछिको सामन्तवाद र पूजीवादी प्रतिक्रियावाद विरुद्धको संघर्षमा ०७ सालको आन्दोलन, ०४६ सालको जनआन्दोलन, १० वर्षको जनयुद्ध र ०६२/६३ को ऐतिहासिक जनआन्दोलनको विशेष र निर्णायक भूमिका छ । आन्दोलन र जनयुद्धको बलमा स्थापीत भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तनको प्रतिनीधी थियो । यसले राष्ट्रको स्थाधीनता, नेपाली जनताको मुक्ति र देशको सम्वृद्धिका लागि नेपाली जनतालाई अभुतपूर्व रूपमा आशावादी बनाएको थियो । 
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ । नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रीत छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ । अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरु नियन्त्रण गरी राख्नेमा उद्धत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती  देखा परेको छ । 

३-  सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवम् जनताको हित विपरितका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरु लागिपरेका छन् । यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ । 

४- देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसद भित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, वुद्धिजिवी लगायत नेपाली समाजका सवै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुर्नउत्थानवादी  षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ । यसका लागि २०८१ चैत १५ गते (शुक्रवार) का दिन काठमाण्डौमा विशाल विरोध प्रर्दशन सहितको जनसभा आयोजना गरिएको छ । यस सभामा सहभागी भै समाजवादी मोर्चा, नेपालमा सम्वद्ध राजनीतिक पार्टीहरु, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकजुट भै प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जब निषेधित क्षेत्र तोडेर संसद् भवनमाथि आक्रमण गरियो, त्यहाँबाट घटनाको छानबिन हुनुपर्छ: राजन भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा। राजन भट्टराईले भदौ २३ र २४ गते भएका घटनाको निष...

डोल्पामा जिप दुर्घटना, चार जना गम्भीर घाइते

डोल्पा । डोल्पामा बिहीबार बिहान जिप दुर्घटना भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँदेखि त्रिपुराकोटतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको स्थानीय...

मतदाता शिक्षाका लागि बाँकेका ८१ वडामा ८१ जना स्वंयसेवक परिचालन

नेपालगन्ज। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदातालाई सही मतदान गर्ने तरिका सम्बन्धी जानकारी दिनुका साथै मतदान गर्न उत्प...

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने रु ५० ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आ...

रास्वपा नेता प्रणय शमशेर राणाले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्...

फागुन २१ को निर्वाचन तयारी बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तथा हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु पुगेकी छन्। ...

कांग्रेस उम्मेदवार विनोद चौधरीको तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक

नवलपरासी। पश्चिम नवलपरासी क्षेत्र नं. १  बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आ...

संसद विघटनविरुद्ध मुद्दामा सर्वोच्चले तोक्यो फागुन ८ गतेलाई साधारण तारेख

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा फागुन ८ गतेका लागि साधारण तारेख तोकेको छ। यसअघि अदालत प्रशासनले आजका लागि साधारण तारे...

एभरेष्ट चिनी मिलको क्रसिङ तथा उत्पादन बन्द

बर्दिबास। महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले आन्तरिक कारण जनाउँदै उखु क्रसिङ अस्थायी रूपमा बन्द गरेको छ । कारखानाले आज बिहानदेखि क्रसिङ बन्द भए...

जेनजीको प्रमुख मुद्दालाई हामीले आफ्नो मुद्दा बनाएका छौँ: घिसिङ

दमक। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताएको छन् । जेनजी आन्दोलनपछि विकल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE