Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

श्रीलङ्काद्वारा बाली नस्ट गरी किसानलाई सताउने वन्यजन्तुको गणना र नियन्त्रण प्रयास सुरू

खबरडबली संवाददाता

श्रीलङ्का । श्रीलङ्काले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका छन् । बालीनालीमा क्षति पुर्याई किसानलाई पीडा दिएपछि उनीहरूको नियन्त्रणका लागि सही अनुमान लगाउन किसानपीडक वन्यजन्तुको गन्ती थालिएको हो ।

शनिबार बिहान पाँच मिनेटको अवधिमा करिब ४० हजार स्थानीय अधिकारीहरू जङ्गली बँदेल, लोरिस, मयूर र बाँदरगणना गर्न खेतबारी र बस्ती वरपर तैनाथ गरिएको थियो । उत्तर-मध्य जिल्ला अनुराधापुरामा किसान परिवारहरू खुला चौरमा भेला भएर जनावरहरूको गणना गरे र कृषि मन्त्रालयले उपलब्ध गराएको पानामा रेकर्ड गराए ।

मन्त्रालयका अधिकारी अजित पुष्पकुमाराले राजधानी कोलम्बोमा पत्रकारसँग भने, “हामीले दोहोरो गणना नहोस् भन्नका लागि बालीनाली नस्ट गरी किसानलाई सताउने वन्यजन्तुको छोटो समयमा गणना गरिरहेका छौँ ।” उनले भने, “गणनाको परिणाम करिब ८० प्रतिशत सही हुनेछ भन्नेमा हामीले आशा गरेका छौँ । यी जनावरहरूको सङ्ख्या थाह पाएपछि हामी तिनीहरूसित जुध्न अर्को कदम चाल्न सक्छौं ।”

कोलम्बोबाट २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुराका बासिन्दाहरू वन्यजन्तु गणनाको तयारीका लागि बिहान सबेरै खेतमा निस्केका थिए । “हामीसँग धेरै उत्साही सहभागीहरूबाट धेरै सफल गणना भएको छ । उनीहरू ती किसान हुन्, जसले लगातार बालीनालीमा क्षति बेहोर्नुपरेको थियो ।” अनुराधापुराको मिहिनेतले क्षेत्रमा गणना गर्ने कृषि विभागका कर्मचारी चामिन्दा दिसानायकेले एएफपीसँग भने, “हाम्रो गणनामा २२७ टोक बाँदर र ६५ बैजनी रङका लङ्गुर दर्ता भएका छन् ।”

यसैबिच विपक्षी सांसद नलिन बन्दाराले जनगणनाको आलोचना गर्दै यसलाई ‘पैसाको बर्बादी’ भने । “यो पूर्ण असफलता हो, पैसाको बर्बादी हो । रातको समयमा खेतबारीमा आक्रमण गर्ने कीराहरूबारे के भन्न सकिन्छ? उनीहरूको गणना भइरहेको छैन,” बन्दाराले भने, “गणनाका लागि नयाँ प्रविधि प्रयोग गर्न सकिन्थ्यो ।”

अधिकारीहरूका अनुसार एक तिहाइभन्दा बढी बालीनाली हात्तीलगायत जङ्गली जनावरले नष्ट गर्ने गरेका छन् तर श्रीलङ्कामा हात्तिलाई पवित्र मानिएकाले यसलाई यहाँको कानुनले संरक्षण गरेको छ । हात्ती धान खेती र फलफूल खेतीमा आक्रमण गर्ने प्रमुख जनावर भए पनि शनिबारको गणनामा यसलाई समावेश गरिएको छैन ।

सन् २०२३ मा तत्कालीन कृषिमन्त्रीले चिनियाँ चिडियाखानामा करिब एक लाख टोक मकाक निर्यात गर्ने प्रस्ताव गरेका थिए तर वातावरणविद्को विरोधपछि बाँदरको बिक्री योजना रोकिएको थियो । श्रीलङ्काले सन् २०२३ मा आफ्नो संरक्षित सूचीबाट बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जङ्गली सुँगुरलगायत थुप्रै प्रजातिलाई हटाएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE