Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

श्रीलङ्काद्वारा बाली नस्ट गरी किसानलाई सताउने वन्यजन्तुको गणना र नियन्त्रण प्रयास सुरू

खबरडबली संवाददाता

श्रीलङ्का । श्रीलङ्काले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका छन् । बालीनालीमा क्षति पुर्याई किसानलाई पीडा दिएपछि उनीहरूको नियन्त्रणका लागि सही अनुमान लगाउन किसानपीडक वन्यजन्तुको गन्ती थालिएको हो ।

शनिबार बिहान पाँच मिनेटको अवधिमा करिब ४० हजार स्थानीय अधिकारीहरू जङ्गली बँदेल, लोरिस, मयूर र बाँदरगणना गर्न खेतबारी र बस्ती वरपर तैनाथ गरिएको थियो । उत्तर-मध्य जिल्ला अनुराधापुरामा किसान परिवारहरू खुला चौरमा भेला भएर जनावरहरूको गणना गरे र कृषि मन्त्रालयले उपलब्ध गराएको पानामा रेकर्ड गराए ।

मन्त्रालयका अधिकारी अजित पुष्पकुमाराले राजधानी कोलम्बोमा पत्रकारसँग भने, “हामीले दोहोरो गणना नहोस् भन्नका लागि बालीनाली नस्ट गरी किसानलाई सताउने वन्यजन्तुको छोटो समयमा गणना गरिरहेका छौँ ।” उनले भने, “गणनाको परिणाम करिब ८० प्रतिशत सही हुनेछ भन्नेमा हामीले आशा गरेका छौँ । यी जनावरहरूको सङ्ख्या थाह पाएपछि हामी तिनीहरूसित जुध्न अर्को कदम चाल्न सक्छौं ।”

कोलम्बोबाट २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुराका बासिन्दाहरू वन्यजन्तु गणनाको तयारीका लागि बिहान सबेरै खेतमा निस्केका थिए । “हामीसँग धेरै उत्साही सहभागीहरूबाट धेरै सफल गणना भएको छ । उनीहरू ती किसान हुन्, जसले लगातार बालीनालीमा क्षति बेहोर्नुपरेको थियो ।” अनुराधापुराको मिहिनेतले क्षेत्रमा गणना गर्ने कृषि विभागका कर्मचारी चामिन्दा दिसानायकेले एएफपीसँग भने, “हाम्रो गणनामा २२७ टोक बाँदर र ६५ बैजनी रङका लङ्गुर दर्ता भएका छन् ।”

यसैबिच विपक्षी सांसद नलिन बन्दाराले जनगणनाको आलोचना गर्दै यसलाई ‘पैसाको बर्बादी’ भने । “यो पूर्ण असफलता हो, पैसाको बर्बादी हो । रातको समयमा खेतबारीमा आक्रमण गर्ने कीराहरूबारे के भन्न सकिन्छ? उनीहरूको गणना भइरहेको छैन,” बन्दाराले भने, “गणनाका लागि नयाँ प्रविधि प्रयोग गर्न सकिन्थ्यो ।”

अधिकारीहरूका अनुसार एक तिहाइभन्दा बढी बालीनाली हात्तीलगायत जङ्गली जनावरले नष्ट गर्ने गरेका छन् तर श्रीलङ्कामा हात्तिलाई पवित्र मानिएकाले यसलाई यहाँको कानुनले संरक्षण गरेको छ । हात्ती धान खेती र फलफूल खेतीमा आक्रमण गर्ने प्रमुख जनावर भए पनि शनिबारको गणनामा यसलाई समावेश गरिएको छैन ।

सन् २०२३ मा तत्कालीन कृषिमन्त्रीले चिनियाँ चिडियाखानामा करिब एक लाख टोक मकाक निर्यात गर्ने प्रस्ताव गरेका थिए तर वातावरणविद्को विरोधपछि बाँदरको बिक्री योजना रोकिएको थियो । श्रीलङ्काले सन् २०२३ मा आफ्नो संरक्षित सूचीबाट बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जङ्गली सुँगुरलगायत थुप्रै प्रजातिलाई हटाएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending