Ntc summer Offer
Khabar Dabali २ चैत्र २०८१ आईतवार | 16th March, 2025 Sun
Investment bank

म्याग्दीमा स्लेट तथा ढुंगा खानी उत्खनन गर्न पाइने

खबरडबली संवाददाता

म्याग्दी । यहाँको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खननसम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन् । 

रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुङ्गा, स्लेट र औषधीजन्य जडीबुटीको खानी भए पनि सञ्चालन सम्बन्धी कार्यविधि अभावमा उत्खनन् हुन सकेका थिएनन् । ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको हो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पुरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानुनी व्यवस्था गरेको बताए । यहाँको पाखो तथा निजी जग्गामा भएका ढुङ्गा खानीलाई व्यवस्थित गरी सञ्चालन गरेमा स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले जानकारी दिए ।

“यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छन् । प्रविधि र प्रशोधनको व्यवस्था हुने हो भने अन्तर्राष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना छ”, उनले भने । रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी छन् । व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेको स्थानीय जगबहादुर पुनले जानकारी दिए । केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतबाट घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो ।

सभाबाट पारित भएको ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन, २०८१ मा स्लेट खानी सञ्चालनसम्बन्धी व्यवस्था गरिएको हो । स्थानीयवासीले ढुङ्गा खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विस्कुट उद्योगको छानामा गुन्द्रुकको ‘बिस्कुन’

काठमाडौं । भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा गुन्द्रुकको बिस्कुन सुकाइएको छ । केही समयअघिसम्म त्यस उद्योग वरपरका बस्तीमा घ्यूसहित ...

गण्डकी प्रदेशसभामा चैतभर आठ दिन संसद बैठक बस्ने

पाेखरा । अघिल्लो वर्ष सरकार गठन, विश्वासको मत जस्ता प्रक्रियामै लामो समय खर्चिएको गण्डकी प्रदेशसभा यसपालि व्यवस्थित देखिएको छ । प्रदेशसभाले संसद बैठकक...

प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी

किएभ । रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू आदान–प्रदान गरेका छन् । दुवै पक्षले आ–आफ्नो क्षेत्रमा एक सयभन्दा बढी शत्रु ड्रोनहरू प्रहार भएक...

पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घट्याे

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो । शनिबार बसेको निगम...

पाँचथर गोल्डकपको उपाधि नमो बुद्व फुटबल क्लब सप्तरीकाे कब्जामा

पाँचथर । नमो बुद्व फुटबल क्लब सप्तरी पाँचथर गोल्डकपको विजेता बनेको छ । प्रतिस्पर्धी मच्छिन्द्र फुटबल क्लब काठमाडौंलाई १–० गोल अन्तरले हराउँदै नमो बुद्...

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ ।  आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको न...

सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्‍याली

बेलग्रेड । सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन् । गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको ...

गैसस महासंघकाे अध्यक्षमा अर्जुन भट्टराई चयन

काठमाडौं । गैरसरकारी संस्था महासङ्घ नेपालको ११औँ महाधिवेशनले अर्जुनकुमार भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय कार्य समितिको सर्वसम्मतिले निर्वाच...

दाङमा ट्याक्टरको ठक्करले बालिकाको मृत्यु

दाङ । तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  छत्रेश्वरी गाउँपालिका –२ सल्यान  घर भई तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर टोलमा अन्ट...

म्याग्दीमा स्लेट तथा ढुंगा खानी उत्खनन गर्न पाइने

म्याग्दी । यहाँको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy