Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्‍याली

खबरडबली संवाददाता

बेलग्रेड । सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन् । गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएपछि सुरु भएको भ्रष्टाचार विरोधी आन्दोलनको यो सबैभन्दा ठुलो विरोध प्रदर्शन हो ।

राष्ट्रपति अलेक्जेन्डर वुकिचको सङ्कटग्रस्त सरकारका समर्थकहरू पनि राजधानीमा भेला भइरहेका छन् यसले त्यहाँ झडपको जोखिमबारे चिन्ता बढ्दै गएको छ । युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घ दुवैले शुक्रबार सरकारलाई प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न अपिल गरेका छन् । रेलवे स्टेसनको दुर्घटनाले कथित भ्रष्टाचार र निर्माण परियोजनाहरूमा ढिलासुस्तीको कारण लामो समयदेखि तिक्ततालाई प्रज्वलित गरिरहेको छ ।

हप्तौँदेखि विद्यार्थी नेतृत्वले सर्बियाका प्रमुख सहरमा र्‍याली निकाल्दै आएका छन् । उनीहरूले आफ्नो भ्रष्टाचार विरोधी अभियानलाई ग्रामीण बस्ती र सहरहरूमा पनि लगेका छन् जुन लामो समयदेखि भुसिकको सरकारको समर्थनको मेरुदण्ड हो । विद्यार्थी नेतृत्वको आन्दोलन शनिबार बेलग्रेड फर्केपछि सरकारमाथि थप दबाब बढ्ने सम्भावना छ । आन्दोलनका कारण प्रधानमन्त्रीसहित केही उच्च पदस्थ अधिकारीहरूले हालैका महिनाहरूमा राजीनामा दिइसकेका छन् ।

-‘मलाई दबाब पर्ने छैन’-

तर सरकारका समर्थकहरू पनि राजधानीमा भेला भइरहेका छन् । दक्षिणपन्थी समूह र लडाकू (मिलिशिया) सदस्यलगायत समूहहरूले सरकारको पक्षमा संसद नजिकै ब्यारिकेडहरू खडा गरेका देखिएको छ । यसले गर्दा शनिबार संसदसम्म मार्च गर्ने तयारीमा रहेका विद्यार्थी नेतृत्वको प्रदर्शनकारीसँग मुठभेड हुने डर बढेको छ ।

शुक्रबार साँझ दङ्गा प्रहरी ब्यारिकेड र खेती गर्ने ट्याक्टरले घेरिएको शिविर नजिकैबाट बाहिर निस्केको थियो । व्यापक विरोध प्रदर्शन गर्न पछि नहट्ने कसम खाएर प्रदर्शनकारीहरू सहरभित्र पस्न थालेपछि वुसिकले एक राष्ट्रिय टेलिभिजन सम्बोधनको क्रममा भने, “म सर्बियाको राष्ट्रपति हुँ र म सडकमा यो देशको नियम बनाउन दिने छैन ।” उनले हिंसात्मक गतिविधि नगर्न सबै पक्षलाई आह्वान गर्दै अत्यधिक बल प्रयोग नगर्न प्रहरीलाई निर्देशन दिए । 

राजधानीमा प्रदर्शनमा उत्रिएका विद्यार्थी प्रदर्शनकारीलाई स्वागत गर्न शुक्रबार राति सर्बियाका विभिन्न शहरबाट हजारौँको सङ्ख्यामा अभियानका समर्थक, शुभचिन्तक तथा आन्दोलनकारी बेलग्रेडका सडकमा लामबद्ध भएका छन् । बेलग्रेडस्थित अर्थशास्त्र सङ्कायकी २० वर्षीया छात्रा तिजाना डुरिकले भने, “यहाँ पक्कै पनि हिंसा हुने छैन किनभने हामी सबै मार्च गर्ने र सर्बियालाई स्वतन्त्र पार्ने नेतृत्वलाई स्वागत गर्ने एउटै उद्देश्यका साथ आएका हौँ ।

-‘तनाव’-

यद्यपि केही विश्लेषकहरूले स्थिति अझ तनावपूर्ण हुनसक्ने सक्ने चेतावनी दिएका छन् । राजनीतिक विश्लेषक श्रदजन भिजिकले भने, “सरकारले तनाव बढाउने प्रयास गरिरहेको छ र हामी यो अरू केही दिनका लागि देख्न सक्नेछौँ ।” सरकार समर्थित मिडियाले विद्यार्थीले ‘कू’ गर्ने योजना बनाइरहेको भन्दै भड्काउ आरोपहरू प्रसारण गरेका छन् । यसअघि वुसिकले प्रदर्शनकारीले ‘ठुलो मात्रामा हिंसा’ गरेको आरोप लगाएका थिए । 

प्रदर्शनको कथित प्रतिकुल कभरेजको जवाफमा सोमबार सरकारी प्रसारक आरटिएसको प्रवेशद्वार अबरुद्ध गर्ने प्रदर्शनकारीहरूसँग प्रहरीले केही बेर झडप गरेको थियो । वसन्त ऋतुको संसदीय सत्रको पहिलो दिन गत हप्ता विपक्षी सांसदहरूले प्रदर्शनलाई समर्थन जनाउन मसाल जुलुस गरेका थिए । झडपका क्रममा कैयौँ सांसद घाइते भएको सरकारले जनाएको छ ।

तर वुसिकले शनिबार ‘अन्तिम’ प्रदर्शन हुने चेतावनी दिए पनि विद्यार्थी प्रदर्शनकारीहरूले जवाफदेहिताको माग पूरा नभएसम्म र्‍याली जारी राख्ने बताएका छन् । एक विद्यार्थी समूहले अनलाइनमार्फत् सार्वजनिक पोस्टमा भनिएको छ, “यदि हाम्रा मागहरू पूरा भएनन् भने, हामी सडकमा अवरोध गर्दै थप आन्दोलनमा सरिक हुनेछौँ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending