Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्‍याली

खबरडबली संवाददाता

बेलग्रेड । सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन् । गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएपछि सुरु भएको भ्रष्टाचार विरोधी आन्दोलनको यो सबैभन्दा ठुलो विरोध प्रदर्शन हो ।

राष्ट्रपति अलेक्जेन्डर वुकिचको सङ्कटग्रस्त सरकारका समर्थकहरू पनि राजधानीमा भेला भइरहेका छन् यसले त्यहाँ झडपको जोखिमबारे चिन्ता बढ्दै गएको छ । युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घ दुवैले शुक्रबार सरकारलाई प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न अपिल गरेका छन् । रेलवे स्टेसनको दुर्घटनाले कथित भ्रष्टाचार र निर्माण परियोजनाहरूमा ढिलासुस्तीको कारण लामो समयदेखि तिक्ततालाई प्रज्वलित गरिरहेको छ ।

हप्तौँदेखि विद्यार्थी नेतृत्वले सर्बियाका प्रमुख सहरमा र्‍याली निकाल्दै आएका छन् । उनीहरूले आफ्नो भ्रष्टाचार विरोधी अभियानलाई ग्रामीण बस्ती र सहरहरूमा पनि लगेका छन् जुन लामो समयदेखि भुसिकको सरकारको समर्थनको मेरुदण्ड हो । विद्यार्थी नेतृत्वको आन्दोलन शनिबार बेलग्रेड फर्केपछि सरकारमाथि थप दबाब बढ्ने सम्भावना छ । आन्दोलनका कारण प्रधानमन्त्रीसहित केही उच्च पदस्थ अधिकारीहरूले हालैका महिनाहरूमा राजीनामा दिइसकेका छन् ।

-‘मलाई दबाब पर्ने छैन’-

तर सरकारका समर्थकहरू पनि राजधानीमा भेला भइरहेका छन् । दक्षिणपन्थी समूह र लडाकू (मिलिशिया) सदस्यलगायत समूहहरूले सरकारको पक्षमा संसद नजिकै ब्यारिकेडहरू खडा गरेका देखिएको छ । यसले गर्दा शनिबार संसदसम्म मार्च गर्ने तयारीमा रहेका विद्यार्थी नेतृत्वको प्रदर्शनकारीसँग मुठभेड हुने डर बढेको छ ।

शुक्रबार साँझ दङ्गा प्रहरी ब्यारिकेड र खेती गर्ने ट्याक्टरले घेरिएको शिविर नजिकैबाट बाहिर निस्केको थियो । व्यापक विरोध प्रदर्शन गर्न पछि नहट्ने कसम खाएर प्रदर्शनकारीहरू सहरभित्र पस्न थालेपछि वुसिकले एक राष्ट्रिय टेलिभिजन सम्बोधनको क्रममा भने, “म सर्बियाको राष्ट्रपति हुँ र म सडकमा यो देशको नियम बनाउन दिने छैन ।” उनले हिंसात्मक गतिविधि नगर्न सबै पक्षलाई आह्वान गर्दै अत्यधिक बल प्रयोग नगर्न प्रहरीलाई निर्देशन दिए । 

राजधानीमा प्रदर्शनमा उत्रिएका विद्यार्थी प्रदर्शनकारीलाई स्वागत गर्न शुक्रबार राति सर्बियाका विभिन्न शहरबाट हजारौँको सङ्ख्यामा अभियानका समर्थक, शुभचिन्तक तथा आन्दोलनकारी बेलग्रेडका सडकमा लामबद्ध भएका छन् । बेलग्रेडस्थित अर्थशास्त्र सङ्कायकी २० वर्षीया छात्रा तिजाना डुरिकले भने, “यहाँ पक्कै पनि हिंसा हुने छैन किनभने हामी सबै मार्च गर्ने र सर्बियालाई स्वतन्त्र पार्ने नेतृत्वलाई स्वागत गर्ने एउटै उद्देश्यका साथ आएका हौँ ।

-‘तनाव’-

यद्यपि केही विश्लेषकहरूले स्थिति अझ तनावपूर्ण हुनसक्ने सक्ने चेतावनी दिएका छन् । राजनीतिक विश्लेषक श्रदजन भिजिकले भने, “सरकारले तनाव बढाउने प्रयास गरिरहेको छ र हामी यो अरू केही दिनका लागि देख्न सक्नेछौँ ।” सरकार समर्थित मिडियाले विद्यार्थीले ‘कू’ गर्ने योजना बनाइरहेको भन्दै भड्काउ आरोपहरू प्रसारण गरेका छन् । यसअघि वुसिकले प्रदर्शनकारीले ‘ठुलो मात्रामा हिंसा’ गरेको आरोप लगाएका थिए । 

प्रदर्शनको कथित प्रतिकुल कभरेजको जवाफमा सोमबार सरकारी प्रसारक आरटिएसको प्रवेशद्वार अबरुद्ध गर्ने प्रदर्शनकारीहरूसँग प्रहरीले केही बेर झडप गरेको थियो । वसन्त ऋतुको संसदीय सत्रको पहिलो दिन गत हप्ता विपक्षी सांसदहरूले प्रदर्शनलाई समर्थन जनाउन मसाल जुलुस गरेका थिए । झडपका क्रममा कैयौँ सांसद घाइते भएको सरकारले जनाएको छ ।

तर वुसिकले शनिबार ‘अन्तिम’ प्रदर्शन हुने चेतावनी दिए पनि विद्यार्थी प्रदर्शनकारीहरूले जवाफदेहिताको माग पूरा नभएसम्म र्‍याली जारी राख्ने बताएका छन् । एक विद्यार्थी समूहले अनलाइनमार्फत् सार्वजनिक पोस्टमा भनिएको छ, “यदि हाम्रा मागहरू पूरा भएनन् भने, हामी सडकमा अवरोध गर्दै थप आन्दोलनमा सरिक हुनेछौँ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending