Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

गण्डकी प्रदेशसभामा चैतभर आठ दिन संसद बैठक बस्ने

खबरडबली संवाददाता

पाेखरा । अघिल्लो वर्ष सरकार गठन, विश्वासको मत जस्ता प्रक्रियामै लामो समय खर्चिएको गण्डकी प्रदेशसभा यसपालि व्यवस्थित देखिएको छ । प्रदेशसभाले संसद बैठकको सम्भावित कार्यपालिका बनाएर लागू गरेको छ ।

फागुन महिनाबाट कार्यपालिका बनाएर बनाएर कार्यान्वयन गरेको प्रदेशसभाले चैत महिनाको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेशसभाका उपसचिव प्रेम सुवेदी कार्य व्यवस्था परामर्श समितिको बैठकबाट सम्भावित कार्यतालिका बनाएर सार्वजनिक गरिएको बताउँछन् ।

कार्यतालिका अनुसार चैतको १० देखि १८ गतेसम्म आठ दिन बैठक बस्ने तय छ । चैत १६ गते शनिबार भने बैठक हुने छैन । प्रत्येक बैठकको प्रारम्भमा आकस्मिक समय रहने र कार्यतालिकामा समावेश नभएका तर तत्काल छलफल आवश्यक पर्ने विषयवस्तुहरू कार्यसूचीमा थप्न सकिने निर्णयसमेत कार्यव्यवस्था परामर्श समितिले गरेको छ । चैतमा विषयगत समितिका बैठक भने ९ दिन बस्ने तय भएको छ ।

प्रदेश सभाका प्रवक्तासमेत रहेका उपसचिव सुवेदीले विषयगत समितिका बैठकहरु बस्ने दिन सदनको बैठक नहुने गरी समय मिलाइएको सुनाए । “फागुन महिनाको कार्यतालिका लागू भयो । चैत महिनाको सम्भावित कार्यतालिका सार्वजनिक गरेका छौँ,” उनले भने, “कार्यतालिकाले बैठक सञ्चालन र समितिमा बैठकलाई व्यवस्थित बनाउन सघाएको छ ।”

प्रदेशसभामा चैत १० गते ‘जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयक’ दफावार छलफल गरी निर्णयार्थ पेस हुनेछ भने ११ गते ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरणसम्बन्धी विधेयक’ र ‘मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक’माथि सैद्धान्तिक छलफल हुने तय छ ।

चैत १२ र १३ गतेका लागि ‘गण्डकी प्रदेश सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार विधेयक’ सम्बन्धी छलफलका लागि समय तय गरिएको छ । चैत १४ गते ‘खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘भवन निर्माण तथा बस्ती विकास विधेयक’माथि छलफल हुनेछ ।

सदनमा चैत १५ गते मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ भने चैत १७ र १८ गते विभिन्न विधेयकलाई सम्बन्धित समितिमा पठाइने तालिका छ । सँगसँगै यी दिनमा शून्य, विशेष समय र आकस्मिक समयमा सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने तालिका छ ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार संसद बैठक सञ्चालन हुँदा बैठक प्रभावकारी हुने र सांसदहरुलाई समय व्यवस्थापन, अध्ययन, तयारी र अरु कार्यक्रम व्यवस्थापन गर्न सजिलो भएको छ । सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक गोविन्दबहादुर नेपाली सम्भावित कार्यतालिका कार्यान्वयनको मूल्याङ्कन गर्ने बेला भइनसकेको भए पनि यसले सहजता ल्याएको बताउँछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending