काठमाडौं । नेपाल कमर्स क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका विद्यार्थी संगठनबीच नै प्रतिस्पर्धा हुने भएको छ ।
कांग्रेस निकट नेविसंघ रविन ओलीको नेतृत्वमा चुनाव लड्दैछ । नेकपा एमाले निकट अनेरास्ववियु विशाल रोकाहाको नेतृत्वमा चुनावी मैदानमा छ ।
यसैगरी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अन्य क्रान्तिकारी संगठनहरूसहितको गठबन्धनमा काशीराम जैसीको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा छ । जैसी नेतृत्वको प्यानललाई नेकपा एकीकृत समाजवाद निकट अखिल र धर्मेन्द्र बास्तोला निकट विद्यार्थी संगठनको समर्थन छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको अखिल क्रान्तिककारी पनि चुनावी मैदानमा छ । अखिल समाजवादी सलुन खड्का नेतृत्वमा चुनावी मैदानमा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठनले अध्यक्षमा नविन ऐरीलाई अध्यक्षमा उठाएको छ । तर, उनको उम्मेदवारीको सम्बन्धमा उजुरी परेको निर्वाचन समितिले जनाएको छ ।
‘उजुरीउपर छलफल भएको छ । यस सम्बन्धमा उचित निर्णय हुन्छ’ निर्वाचन समितिका प्रवक्ता अजय कुमार खड्काले जानकारी दिए ।
विद्यार्थी नेताहरूका अनुसार उम्मेदवारी पाँच जनाको परेता पनि प्रतिस्प्रर्धा कांग्रेस, एमाले र माओवादी निकट विद्यार्थी संगगठनको बीचमा हुने छ ।
यो क्याम्पसमा कूल ६ हजार ६१७ जना मतदाता छन् । मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: