Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

ओलीलाई पन्छाएर माओवादीको सहयोगमा कांग्रेस नेतृत्वकोे सरकार बन्दैछ ?

खबरडबली संवाददाता

काठमाडौं ।  सडकदेखि सदनसम्म राजसंस्थाको पक्ष र विपक्षमा बहस भइरहेकै बेला सरकार परिवर्तनसँगै मन्त्री हेरफेरको चर्चा सुरु भएको छ । अहिले राजसंस्था र पूर्वराजालाई फर्काउने र संविधान र गणतन्त्रको रक्षाका लागि उभिने दुवै पक्ष सडक आन्दोलनसँगै सदनमा चर्काचर्की बहसमा उत्रेका छन् । सोही बहसबीच सरकार परिवर्तन र मन्त्री हेरफेरको चर्चा हुन थालेको हो ।

पछिलो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजिकिँदै गएका छन् । यसबीचमा देउवा र प्रचण्डबीच गोप्य छलफलसमेत भएको स्रोतको दाबी छ । सोहीबीचमा माओवादीका एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउने संकेत गरेका छन् ।

संघीय संसद् भवन बानेश्वर परिसरमा आइतबार माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले ओली नेतृत्वको सरकार देश र जनताका लागि बोझिलो भइसकेको टिप्पणी गर्दै कांग्रेस र माओवादी केन्द्रबीच सहकार्य गर्दै सरकार बनाउने संकेत गरेका छन् ।

उनले भने, ‘अब गणतन्त्रका पक्षधरहरूबीच सहकार्य गरी अर्काे सरकार बनाउनुपर्ने हुन्छ ।’ सहकार्यको सरकारका लागि माओवादीले एमालेभन्दा कांग्रेससँग नै छलफल चलाउने उनले बताए । एमालेभन्दा कांग्रेस नै बढी प्रगतिशील रहेको दाहालको दाबी छ ।

‘क्रान्ति, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको बीचमा सहकार्य, व्यवस्था र संविधानको रक्षा, संविधानको सफल कार्यान्वयनको प्रक्रियामा एमालेभन्दा कांग्रेस सापेक्षित प्रगतिशील भएको नाताले हाम्रो छलफल कांग्रेससँग बढी हुन्छ,’ दाहालले भने ।

अहिले सडकभन्दा मुख्यतः सरकारमै समस्या रहेको र सरकारमा बसेर व्यवस्थाविरोधी गतिविधि भइरहेको उनको आरोप छ । व्यवस्थाविरोधी गतिविधिलाई निरुत्साहित गर्न, संघीय लोकतान्त्रिक पक्षधरहरू एकठाउँमा उभिन अर्को सरकार बनाउनुपर्ने उनले बताए । उनले माओवादीले गणतन्त्रविरोधीसँग कुनै पनि हालतमा सहकार्य नगर्ने बताए । ‘गणतन्त्रविरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन, गणतन्त्र पक्षधरहरूको सहकार्यको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ, यो प्रक्रियामा हामी छलफल सुरु गरिराखेका छौं,’ दाहालले भने, ‘प्रारम्भिक छलफल हो, यसले आकार ग्रहण गरिसकेको छैन ।’

प्रधानमन्त्री ओलीको सरकार सञ्चालन गर्ने शैलीले आमजनतामा वितृष्णा पैदा भएको र सडकमा पनि अराजकता बढेको उनले आरोप लगाए । ओली सरकारको गतिविधिले प्रतिगामीलाई फाइदा पुगिरहेको बताउँदै उनले आफूहरू पूर्वराजाको सक्रियताबाट नआत्तिएको तर सरकारको बेथिति र अराजकतालाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

माओवादी केन्द्रका नेताले सरकारै परिवर्तनको कुरा गर्दैगर्दा एमालेका नेता रघुजी पन्तले जनताको चासो सम्बोधनका लागि मन्त्री परिवर्तन गर्नुपर्ने सुझाव प्रधानमन्त्री ओलीलाई दिएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई एमाले स्थायी कमिटी सदस्य पन्तले मन्त्रीहरू परिवर्तन गरी जनताको चासोलाई सम्बोधन गर्नुपर्ने सुझाव प्रतिनिधिसभाको बैठकबाटै दिएका छन् ।

सरकारप्रति प्रश्न उठ्दा मन्त्रीहरूले स्पष्ट जवाफसमेत दिन नसकेको भन्दै उनले मन्त्रीहरू फेर्न सुझाव दिएका हुन् । सांसद पन्तले प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई बुझेर मात्र प्रश्न गर्न आग्रह गरे । ‘आज कुरा उठ्यो सुविधा दिने विधेयक ल्याइँदै छ, म नाम लिन्नँ, प्रतिपक्षका सांसद गार्ड लिएर हिँड्नुहुन्छ, अहिले सांसद मात्रै हुनुहुन्छ, भन्नुस् न त्यो विधेयक आउँदै छ भन्ने कुरा साँचो हो कि होइन ?’ पन्तले भने ।

सर्वोच्च अदालतको आदेशानुसार नै डेढ वर्षदेखि कानुन मन्त्रालयमा सो विधेयकको ‘ड्राफ्ट’ बनिरहेको उनले बताए । ‘सरकारबाट पावरमा भएकाले अन्धाधुन्ध सुविधा लिए भनेर सर्वोच्च अदालतले जथाभावी नगर, मापदण्ड बनाएर मात्रै देऊ भन्यो, त्यो विधेयकको ड्राफ्ट डेढ वर्षदेखि कानुन मन्त्रालयमा चलिरहेको छ, यो सरकार आएको कति भो ?’ सांसद पन्तले प्रश्न गरे ।

प्रश्न उठाइएछि संसद्मा जवाफ नदिएर मन्त्रीहरूले बाहिर बोलेर हिँडेको भन्दै उनले आपत्ति जनाए । ‘यो त मन्त्रीजीहरूले बोल्नुपर्ने, मन्त्रीजीहरूको पारा देखेर छक्क पर्छु, हिजो प्रकाशमानजीले यो कुरा होइन भनेर पाल्पामा बोल्नुभएछ, आएर त्यही कुरा संसद्मा भने भो नि † भन्नुप¥यो नि आएर, कसरी बनेको ? के कारणले बनेको ? कुन अवस्थामा छ ? सरकारको सोच के छ ? पटक–पटक प्रश्न उठेपछि मन्त्रीहरू कानमा तेल हालेर बस्न मिल्छ ?’ उनले मन्त्रीहरूप्रति आक्रोश पोख्दै भने ।

सांसद पन्तले जनताको चासो सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै भने, ‘म प्रधानमन्त्रीलाई पनि आग्रह गर्छु, जनताको चासोलाई सम्बोधन गरौं, जनताको भावनालाई सम्बोधन गरौं, लोकतन्त्र भनेको जनभावनाअनुसार अघि बढ्ने हो, उहाँको क्याबिनेटले राम्ररी जनताको सेवा गरेको छैन भने यो प्रधानमन्त्रीय व्यवस्था हो, मन्त्रीहरू फेर्ने बेला आयो, पफर्मेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरुरी छैन, निश्चय पनि प्रधानमन्त्रीले मूल्यांकन गर्नुभएकै होला ।’ यो समाचार आजको राजधानी दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending