Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

वीरगञ्जमा मितेरीपुल-नयाँबसपार्क सडक खण्डमा टाँगा चलाउन पाइने

खबरडबली संवाददाता

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगञ्जको मुख्य बजार क्षेत्रमा जथाभावी ढङ्गले चल्दै आएका टाँगालाई मितेरीपुल–रजतजयन्तीचोक–बाइपास सडक हुँदै नयाँ बसपार्कको रुटमा मात्रै चलाउन आग्रह गरेको छ । 

वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी रुपमा टाँगा चलाउँदा सवारी दुर्घटना र सडकमा मलमुत्रको दुर्गन्ध फैलिने भएकाले व्यवस्थित गर्न खोजिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले वीरगञ्जमा चल्ने टाँगालाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न जनचेतना मूलुक अभियान सुरुआत गरेको जानकारी दिए ।

आइतबार  ट्राफिक प्रहरी, वीरगञ्ज महानगरका प्रतिनिधि, प्रहरीचौकी इनर्वा र ग्रीनसिटि सामुदायिक सेवा केन्द्रको अगुवाईमा टाँगा चालकलाई अभिमुखीकरण गर्दै अबदेखि टाँगालाई मितेरीपुल, रजत जयन्तीचोक, बाइपास सडक हुँदै नयाँ बसपार्कको रुटमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको छ । घोडाको मलमुत्र व्यवस्थापन गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक भट्टले उल्लेख गरे । यसबाट घोडाको मलमुत्रबाट हुने दुर्गन्धमा कमी ल्याउन सकिनेछ ।

टाँगा चलाउन सीमावर्ती सहर रक्सौलको रेल्वे ढालाचोकसम्म प्रवेश पाउने भएकाले पनि सामानसहितका यात्रुको मुख्य रोजाईमा टाँगा पर्ने गर्छ । अन्य अटोरिक्सालाई शंकराचार्यगेट नजिकै मितेरीपुलमा रोकिने भए पनि टाँगा भने भारतीय भूमिसम्मै पुग्ने भएकाले पनि सर्वसाधारणको रोजाईमा टाँगा पर्ने गर्छ । भारतीय टाँगा पनि वीरगञ्जमा आउजाउ गर्ने गर्छन । वीरगञ्ज आसपासमा भारतीय टाँगासहित करिव १५० देखि २०० को हाराहारीमा टाँगा रहेका छन् ।

ट्राफिक प्रहरी कार्यालयले दसैँ लगत्तै मुख्य सडकखण्डमा टाँगा नचलाउन अनुरोध गरे पनि टाँगा चालकले भने अटेरी गर्दै आएका थिए । ट्राफिक प्रहरीले पछिल्लो समय घण्टाघर चोक र अन्य सडक खण्डमा सवारीसाधन चलाएमा नियन्त्रणमा लिन थालिएको छ । प्रहरी निरीक्षक भट्टले घण्टाघर, रेल्वे सडक, मेनरोडलगायतका स्थानमा अत्यधिक ट्राफिक चाप भएकाले टाँगा नचलाउन अनुरोध गरिएको उनले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending