Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

काठमाडौं महानगरले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको छ ।

स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ बैशाख १२ गतेसम्म परीक्षण र उपचार सञ्चालन गर्नेछ । गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका प्रजनन उमेरका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु कार्यक्रमको लक्षित वर्गमा राखिएको छ । 

कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार ‘परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनु पर्छ । यसरी विवरण टिपाए पछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा गएर जँचाउन सकिनेछ ।

स्वास्थ्य प्रवर्धन केन्द्रबाट रेफरल स्लिप लिनु पर्नाको कारण बारे भट्टले भनिन, ‘स्वास्थ्य प्रवर्धन केन्द्रमा टिपिएका विवरण जाँच गर्ने ठाउँमा हेर्न सकिने भएकोले जँचाउने ठाउँमा नाम दर्ता गर्न लाइनमा बस्नु नपरोस् । जाँच प्रक्रिया सहज होस् भनेर आफू नजिकैको केन्द्रबाट नाम टिपाउने प्रबन्ध गरिएको हो ।’

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० बर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिनेछ । 

यसअघि सम्पन्न शिविरले देखाएको अवस्था 

गत २०८१ वैशाख ३ गते सुरु भएर त्यस महिना भरि वडाहरुमा चलाइएको निःशुल्क परीक्षणले क्यान्सरसँगै धेरै महिलाहरुमा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याहरु देखिएको छ । त्यस बेलाको शिविरमा ८ हजार १४५ जना महिलाहरुले जाँच गराएका थिए । जसमध्ये शंका लागेका ६ हजार ६२४ जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपिभी डिएनए परीक्षण गरिएको थियो । उनीहरुमध्ये ४५३ जनामा क्यान्सर पोजेटिभ देखियो । पोजेटिभ देखिएका सबैलाई कल्पोस्कोपी गर्न बोलाइएकोमा ३२८ सम्पर्कमा आएर परीक्षण गराए भने  ३२८ जनाको वायोप्सी गरियो । यसरी वायोप्सी गरिएकामध्ये १२१ जनाको रिपोर्ट सामान्य आएको थियो ।

काठमाडौं महानगरका अनुसार  १६१ जनामा सिआइएन वान, २४ जनामा सिआइएन टु र १४ जनामा सिआइएन थ्री देखिएको थियो र ३ जनामा भने क्यान्सर भइसकेको देखिएकोले थप उपचारका लागि पठाइएको थियो । 

महानगरपालिकाका मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार क्यान्सरबाहेक प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने, पाठेघरको मुखको संक्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरु देखिएका थिए । 

जस अनुसार ८ हजार १४५ जनामा गरिएको स्तन क्यान्सर परीक्षणमा १ जनामा व्रेष्ट कार्सिनोमा पत्ता लाग्यो । त्यस क्रममा शंका लागेका ३१८ जनाको भिडियो एक्सरे गरिएको थियो । मेमोग्रामका लागि २८ जनालाई १५ जनालाई माइक्रोस्कोपिक परीक्षणका लागि शिफारिससमेत गरिएको थियो । 

ह्युमन प्यापोलिमा भाइरस (एचपिभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने डा. न्यौपानेको सुझाव छ । 

खासमा १ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुने चिकित्सकले जनाएका छन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending