Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

काठमाडौं महानगरले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको छ ।

स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ बैशाख १२ गतेसम्म परीक्षण र उपचार सञ्चालन गर्नेछ । गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका प्रजनन उमेरका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु कार्यक्रमको लक्षित वर्गमा राखिएको छ । 

कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार ‘परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनु पर्छ । यसरी विवरण टिपाए पछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा गएर जँचाउन सकिनेछ ।

स्वास्थ्य प्रवर्धन केन्द्रबाट रेफरल स्लिप लिनु पर्नाको कारण बारे भट्टले भनिन, ‘स्वास्थ्य प्रवर्धन केन्द्रमा टिपिएका विवरण जाँच गर्ने ठाउँमा हेर्न सकिने भएकोले जँचाउने ठाउँमा नाम दर्ता गर्न लाइनमा बस्नु नपरोस् । जाँच प्रक्रिया सहज होस् भनेर आफू नजिकैको केन्द्रबाट नाम टिपाउने प्रबन्ध गरिएको हो ।’

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० बर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिनेछ । 

यसअघि सम्पन्न शिविरले देखाएको अवस्था 

गत २०८१ वैशाख ३ गते सुरु भएर त्यस महिना भरि वडाहरुमा चलाइएको निःशुल्क परीक्षणले क्यान्सरसँगै धेरै महिलाहरुमा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याहरु देखिएको छ । त्यस बेलाको शिविरमा ८ हजार १४५ जना महिलाहरुले जाँच गराएका थिए । जसमध्ये शंका लागेका ६ हजार ६२४ जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपिभी डिएनए परीक्षण गरिएको थियो । उनीहरुमध्ये ४५३ जनामा क्यान्सर पोजेटिभ देखियो । पोजेटिभ देखिएका सबैलाई कल्पोस्कोपी गर्न बोलाइएकोमा ३२८ सम्पर्कमा आएर परीक्षण गराए भने  ३२८ जनाको वायोप्सी गरियो । यसरी वायोप्सी गरिएकामध्ये १२१ जनाको रिपोर्ट सामान्य आएको थियो ।

काठमाडौं महानगरका अनुसार  १६१ जनामा सिआइएन वान, २४ जनामा सिआइएन टु र १४ जनामा सिआइएन थ्री देखिएको थियो र ३ जनामा भने क्यान्सर भइसकेको देखिएकोले थप उपचारका लागि पठाइएको थियो । 

महानगरपालिकाका मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार क्यान्सरबाहेक प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने, पाठेघरको मुखको संक्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरु देखिएका थिए । 

जस अनुसार ८ हजार १४५ जनामा गरिएको स्तन क्यान्सर परीक्षणमा १ जनामा व्रेष्ट कार्सिनोमा पत्ता लाग्यो । त्यस क्रममा शंका लागेका ३१८ जनाको भिडियो एक्सरे गरिएको थियो । मेमोग्रामका लागि २८ जनालाई १५ जनालाई माइक्रोस्कोपिक परीक्षणका लागि शिफारिससमेत गरिएको थियो । 

ह्युमन प्यापोलिमा भाइरस (एचपिभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने डा. न्यौपानेको सुझाव छ । 

खासमा १ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुने चिकित्सकले जनाएका छन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने अधिवक्ता बडालको तर्क

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending