Ntc summer Offer
Khabar Dabali १२ चैत्र २०८१ मंगलवार | 25th March, 2025 Tue
Investment bank

राष्ट्रियसभामा महिनावारी विभेद अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेको थिए ।

उक्त प्रस्तावमाथिको छलफल सुरु भएलगत्तै सांसद रेणु चन्दले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ९३ मा अध्यादेशमार्फत ल्याइएको विधेयकलाई प्रतिस्थापन विधेयकका रुपमा संसद्मा ल्याउनुपर्ने भए पनि ‘प्रतिस्थापन विधेयक’ भन्ने शब्द नराखिएकाले छलफल हुन नसक्ने भन्दै नियमापत्ति गर्नुभएको थियो । उहाँको नियमापत्तिपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नियमावलीमा भएका व्यवस्था बाझिएकाले केही समयका लागि बैठक स्थगित भएको घोषणा गरे। 

“यो विधेयक सन्देशसहित प्रतिनिधिसभाबाट आएको हो । प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार प्रतिनिधिसभाले विधेयक पठाएको हो । तर राष्ट्रियसभा नियमावलीमा भएको व्यवस्था केही फरक रहेको र बाझिएको छ । हामीले मान्ने राष्ट्रियसभा नियमावलीको व्यवस्था हो,” उनले भन्नुभयो, “यस विषयमा थप केही छलफल गर्नुपर्ने भएकाले १५ मिनेटका लागि बैठक स्थगित हुन्छ ।”

आजै राष्ट्रियसभामा तीन विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व )पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित टेबुल गरेको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली-देउवासँग भेटनु अघि प्रचण्ड शितल निवासमा

काठमाडौं । तीन दलको शिर्ष नेताको बैठक अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् । संक्रमणकालिन न्यायका बिषयम...

निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यकः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताएको छन । सोम...

इनरुवामा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रय...

दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरीः खानेपानीमन्त्री

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व अझै पनि चुनौतीपूर्ण रहेको बताएको छन । आज खानेपानी तथा ...

ट्रम्पको पुर्व बुहारीसँग गल्फर टाइगर वुडस रिलेशनसिपमा, सार्बजनिक गरियाे तस्विर

वासिंगटन डिसी। टाइगर वुड्सले सामाजिक सञ्जालमा भेनेसा ट्रम्पसँगको सम्बन्धको पुष्टि गरेका छन् टाइगर वुड्स, जो आफ्नो पुस्ताको सबैभन्दा ठूलो गोल्फर हुन...

इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता अघि बढाइएको छः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री  बद्री पाण्डेले नेपाल र इन्डिोनेसियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको बत...

एमाले पार्टीनिकट पत्रकारले अध्यक्ष उम्मेदवारी दिँदा ३५ हजार तिर्नुपर्ने

काठमाडौं । एमाले पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको दसौं महाधिवेशन विराटनगरमा चलिरहेको छ। आइतबारबाट सुरू एमाले पत्रकारहरूको महाधिवेशनले न...

६ दिनपछि बढ्यो सेयर बजार, २१० कम्पनीको मूल्यमा वृद्धि

काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ । फागुन १९ गतेबाट ओरालोमा देखिएको बजार २८ गते एक दिन बढेको थियो । बजारको परि...

पिएन क्याम्पसमा एमाले अखिलको अग्रता कायमै

काठमाडौं। काठमाडौं उपत्यका बाहिरको सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा नेकपा एमाले अखिलको अग्रता कायमै छ। जारी मत गणनाम...

कालोपुल क्षेत्रमा गुठीको जग्गामा बनेका संरचनामाथी चल्यो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy