खोटाङ । खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयमा रहेको एसइई परीक्षा केन्द्रमा एउटा मात्र विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन्।
जालपाकै अर्को माध्यमिक विद्यालय ज्योति माध्यमिक विद्यालयका विद्यार्थीले गाउँकै जालपा मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका हुन्। उक्त परीक्षा केन्द्रमा ज्योति माविका २२ जना नियमित र ग्रेडवृद्धिका पाँच जना विद्यार्थी छन्। शिक्षा विकास तथा समन्वय एकाई खोटाङको तथ्यांक अनुसार जालपा परीक्षा केन्द्रमा ज्योति माविका २५ जना विद्यार्थी र जालपा माविकै खुला तीन जना विद्यार्थी परीक्षामा उपस्थित भएका छन्।
अघिल्लो वर्षसम्म जालपा मावि परीक्षा केन्द्रमा तीन वटा विद्यालयका विद्यार्थीले एसइई परीक्षा दिएका थिए। कालिका मावि खार्मी र सरस्वती मावि पाथेकाले परीक्षा केन्द्र परिवर्तन गरेपछि जालपा माविको परीक्षा केन्द्रमा एउटा विद्यालय मात्र बाँकी रहेको हो। कालिका मावि र सरस्वती मावि यो वर्षबाट दिक्तेलस्थित सरस्वती मावि परीक्षा केन्द्रमा सहभागी भएका छन्।
केही वर्ष अघिसम्म ६/७ वटा विद्यालयको एसएलसी वा एसइई परीक्षा केन्द्र रहेको जालपा मावि यस वर्षबाट एउटा विद्यालयको मात्र परीक्षा केन्द्र बन्न पुगेको छ।
अघिल्लो वर्षको एसइई परीक्षामा जालपा मावि परीक्षा केन्द्रबाट सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमार्फत विद्यार्थी र शिक्षकको ग्रुप बनाएर चिट चोरिरहेको भेटिएको थियो। जालपा टाढा भएकाले यो वर्षबाट दिक्तेलको सरस्वती मावि परीक्षा केन्द्रमा सहभागी भएको उक्त दुई विद्यालयले जनाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २३ गते, २०८२ - १६:५४
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएको छन् । ...
कार्तिक २३ गते, २०८२ - १६:४५
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उद्योगी तथा व्यवसायीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी छिन्। शुक्रबार आयोजित राष्ट्रिय आर्थिक ...
कार्तिक २३ गते, २०८२ - १६:३४
जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेशसभा सांसद रहबर अन्सारीले शुक्रबार प्रदेशसभाको बैठकमै आफैंलाई मोसो दलेका छन्। अन्सारीले सांसद र दल...
कार्तिक २३ गते, २०८२ - १६:२६
दमक। झापामा जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीलाई कुटपीट, प्रहरी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले श...
कार्तिक २३ गते, २०८२ - १५:५७
सप्तरी। भारतको विहारमा हुन लागेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीसँग जोडिएका सीमा ७२ घण्टाका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्य...
कार्तिक २३ गते, २०८२ - १५:४९
काठमाडौँ । नेपाल ट्रस्टको जग्गा लिज सम्झौता प्रकरणमा हिनामिनासम्बन्धी आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले पूर्व सहसचिव लेखबहादुर कार्कीलाई पक...
कार्तिक २३ गते, २०८२ - १५:३५
बागलुङ। बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ । शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको...
कार्तिक २३ गते, २०८२ - १४:३५
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य अफताब आलमको निधनमा तीन दिनसम्म झण्डा आधा झुकाउने भएको छ । शनिबार बसेको सो पार्टीको आकस्मिक बैठकले शोक प्र...
कार्तिक २३ गते, २०८२ - १४:२५
खोटाङ। जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६, केराबारीका २३...
कार्तिक २३ गते, २०८२ - १३:२५
वासिङ्टन। अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि ...




प्रतिकृया लेख्नुहोस्: