काठमाडौं । काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ ।
धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर निर्माण भएका सोही संरचनामा सोमबार महानगरपालिकासँगको समन्वयमा डोजर चलाइएको गुठी संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदीले बताए ।
‘गुठी संस्थान मातहतको जग्गा हो । त्यहाँ अतिक्रमण भएको थियो,’ सुवेदीले भने, ‘अहिले चाहिँ गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमण ठाउँमा डोजर चलाएको हो ।’
प्रतिकृया लेख्नुहोस्: