काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
सिंहदरबारमा सोमबार आयोजित १६औँ योजना कार्यान्वयन तथा बजेट तर्जुमा सम्बन्धी आन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले स्रोतले धान्न नसक्ने नीति तथा कार्यक्रमहरु बजेटमा ल्याउन नहुने बताए ।
उनले उत्पादन र उत्पादकत्व बढाउने गरी जनशक्ति निर्माण गर्नुपर्ने बताए । आत्मनिर्भरताका आधार निर्माण गर्ने क्षेत्रमा राष्ट्रिय योजना आयोगले विशेष योजनाहरु ल्याउनु पर्ने उनको भनाइ छ । उनले स्रोतले धान्न नसक्ने तथा कुनै परिणाम दिन नसक्ने कतिपय योजनाहरु सञ्चालनमा रहेको भन्दै त्यस्ता योजनाहरु बन्द गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘‘हामी आत्मनिर्भरताको बाटोमा गइरहेका छैनौँ, त्यस ढंगले विकास गर्ने हिसाबले गइरहेका छैनौँ । अब नेपालले के सोच्नै पर्छ भने भौतिक पूर्वाधाको अतिरिक्त मेनपावर राम्रो उत्पादन गर्ने त्यो मेन पावरलाई देश विकास गर्ने काममा सहजीकरण गर्ने र उसले यहाँ बसेर राष्ट्रिय उत्पादन गर्ने, उत्पदकत्व बढाउने र व्यापार घाटा नियन्त्रण गर्दै जाने आत्मनिर्भरताका आधारहरु बनाउने यो क्षेत्रमा जानका लागि विशेष योजनाहरु बनाइनुपर्छ । विशेष बहस र छलफलहरु त्यसका हुनुपर्छ । त्यो सम्भव छ कि छैनबाटै शुरु गर्नुपर्छ । त्यतारितको प्लानिङहरु हुनु जरुरी छ । र १९ खर्बको जहाँसम्म चर्चा गरी रहँदा भने म यो छलफल कार्यक्रममा के भन्न चाहन्छु भने यथार्थमा आधारित भएर चल्ने अठोट गरौँ । हुन नसक्ने योजनाहरु हुन सक्दैन भनौँ । तर धान्न सक्ने परिणाम दिन सक्ने गरौँ । १८ को ठाउँमा १५ खर्ब गरौँ जति सकिन्छ त्यति गरौँ । कयौँ कटौति गरौँ हाम्रो रियालिटी त्यही हो त्यसैमा जाऔँ ।’’
सभामुख घिमिरेले योजना निर्माण तथा कार्यान्वयनमा तहमा सांसदको भुमिका कस्तो हुने भन्नेबारे बहस र छलफल गर्नुपर्ने पनि बताए । उनले परम्परागत रुपमा योजना निर्माण भएकाले कार्यान्वयनका लागि सिर्जनशिल ढंगले सोच्नु पर्ने औल्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८१ - २०:५९
येरेभान । ऐतिहासिक रूपमा रूस–सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै आर्मेनियाको संसद्ले बुधबार युरोपेली सङ्घ (इयु) को सदस्यता प्रक्रिया सुरु ...
चैत्र १३ गते, २०८१ - २०:४५
काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटना मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ । बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ न...
चैत्र १३ गते, २०८१ - २०:११
काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थि...
चैत्र १३ गते, २०८१ - २०:०१
काठमाडौं । फिफा विश्वकप–२०२६ मा स्थान बनाइसकेको साबिक विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट खेलमा बलियो प्रतिद्वन्द्वी ब्राजिलमाथि सानदार जित निकाल...
चैत्र १३ गते, २०८१ - १९:४८
बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा परी तिलोत्तमा नगरपालिकाका वडा सदस्य रामकृष्ण पाठकको मृत्यु भएको छ । तिलोत्तमा-२ का वडा सदस्य पाठक जानकीनगरबाट बुटव...
चैत्र १३ गते, २०८१ - १९:४२
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा बाबुले चलाएको ट्रकले किचेर चारवर्षीया छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार...
चैत्र १३ गते, २०८१ - १९:३४
अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका २, भुवनपाटामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भ...
चैत्र १३ गते, २०८१ - १९:३०
काठमाडौं । प्रहरीले सुन जस्तो देखिने धातुका विभिन्न गहनासहित ४१ वर्षीय दिपेश लाल चित्रकारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना...
चैत्र १३ गते, २०८१ - १९:२७
चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्य...
चैत्र १३ गते, २०८१ - १८:४१
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् । नेपाल सरकारका प्रव...
प्रतिकृया लेख्नुहोस्: