बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी सरकारले काम नगर्ने बताएका छन् ।
नेपाली कांग्रेस बाँकेले नेपालगन्जमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी विधेयक अघि नबढ्ने बताएका हुन् ।
मुलुकलाई आर्थिक भार थपिने गरी सरकारले कुनै काम नगर्ने जनाउँदै उनले मितव्ययिताका साथ काम गरिरहेको प्रष्ट पारे । मन्त्री पौडेलले सांसदको संख्या धेरै बढी भएकाले संविधान संशोधन गर्दा संख्या घटाउने गरी काम गर्न आफूले पनि प्रस्ताव गरेको प्रसङ्ग निकाल्दै प्रत्यक्ष निर्वाचित कार्यकारी रहने शासकीय स्वरूपले भने निरंकुशता र स्वेच्छाचारिता बढाउने दाबी गरे ।
उनले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सरकारले नवीन ढंगले काम गर्ने कोशिस गरिरहेको बताए । कुनै पनि नेपालीले उपचार नपाएर ज्यान गुमाउन नपरोस भन्ने सोच र योजनाका साथ सरकारले देशको स्वास्थ्य सेवामा सुधार गरिरहेको बताए ।
विभिन्न प्रदेशमा रहेका संघीय अस्पतालको क्षमता बढाउनुका साथै दक्ष जनशक्ति पनि थप गर्ने कार्यमा मन्त्रालयले काम अगाडि बढाएको मन्त्री पौडेलले बताए ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको सो कार्यकर्ता भेटघाट कार्यक्रममा संविधानसभा सदस्य बादशाह कुर्मी, नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला लगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८१ - २०:५६
काठमाडौं । प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका छन् । निबर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाइ सर्बसम्मत रूपमा पाण्डेलाइ चयन गरेको...
चैत्र ११ गते, २०८१ - २०:५०
काठमाडौं । कुलमान घिसिङलाई बर्खास्त गरेसँगै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले नियुक्ति पाएका छन् । आज सोमबार साँ...
चैत्र ११ गते, २०८१ - २०:३८
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट निर्णय गरेकाे छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङ...
चैत्र ११ गते, २०८१ - १९:५७
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । सिंहदरबार...
चैत्र ११ गते, २०८१ - १९:५१
काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले भोलि चैत १२ ग...
चैत्र ११ गते, २०८१ - १९:४८
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं-३१ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४० वर्ष...
चैत्र ११ गते, २०८१ - १९:४५
काठमाडौं । बुद्ध एयरको सफ्टवेयर ह्याक गरिएको छ । हवाई-टिकट बिक्रीका लागि विकसित कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्याएर टिकट बिक्री गरेको आरोपमा प...
चैत्र ११ गते, २०८१ - १९:४२
मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस यतिबेला कठिन अवस्थाबाट गुज्रिरहेका छन् । भर्खरै उनको आमा गम्भीर बिरामी भई आईसीयू (सघन उपचार कक्ष) मा भर्न...
चैत्र ११ गते, २०८१ - १९:३९
मुम्बई । आफ्नो जन्मदिनमा इमरान हाशमीले आफ्ना फ्यानहरुबाट उपहार लिनुको सट्टा उनीहरुलाई उपहार दिएका छन् । इमरान हाशमीले केही समय अघि इन्स्टाग्राममा ए...
चैत्र ११ गते, २०८१ - १९:३५
काठमाडौं । गण्डकी प्रदेशले सुपर ओभरमा मधेस प्रदेशलाई पराजित गरेको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा जारी खेलमा मध...
प्रतिकृया लेख्नुहोस्: