Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

अमेरिका र रुसबिच युक्रेनबारे साउदी अरबमा वार्ता

खबरडबली संवाददाता

साउदी । वासिङ्टन र किएभका प्रतिनिधिहरूबिच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता सुरु गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तीन वर्षदेखि जारी युद्धको दूुत अन्त्यका लागि जोड दिइरहेका छन् र रियादमा हुने वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन् । 

दुवै पक्षले अस्थायी युद्धविरामका लागि फरक-फरक योजना अघि सारेका छन्, तर सीमापार आक्रमण भने जारी छ । द्वन्द्वरत पक्षबीच प्रत्यक्ष वार्ता गर्न सहमत नभएको अवस्थामा तेस्रो पक्षको मध्यस्थतामा दुई वा  दुईभन्दा बढी पक्षबिच हुने छलफल र वार्ता (शटल डिप्लोमेसी) को माध्यमबाट सुरुमा द्वन्द्वरत पक्षका धारणा बुझ्ने र एउटा निर्णयका लागि आधार तय गरिने यो छलफल र वार्तामा अहिले अमेरिकी प्रतिनिधि र रूसी प्रतिनिधिबिच कुराकानी भइरहेको रुसको समाचार एजेन्सी तासले जनाएको छ ।

रक्षामन्त्री रुस्तम उमरोभको नेतृत्वमा रहेको युक्रेनी टोली र अमेरिकी सेनाबिच आइतबार अबेर राति भेटवार्ता सम्पन्न भएको थियो । “हामीले ऊर्जालगायत महत्वपूर्ण बुँदालाई सम्बोधन गर्यौ” छलफल एजेन्डामा केन्द्रित भएको र फलदायी भएको उमरोभले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । “युक्रेनले ‘न्यायोचित र दिगो शान्ति’ को आफ्नो लक्ष्यलाई वास्तविकतामा परिणत गर्न काम गरिरहेको छ ।”

ट्रम्पका दूत स्टिभ विटकोफले कुनै पनि सम्झौताले पूर्ण युद्धविरामका लागि मार्ग प्रशस्त गर्ने बताउँदै फक्स न्यूजसँग बताए । “मलाई लाग्छ सुरूमा विशेष गरी दुई देशबीच ‘ब्ल्याक सी’ भएर आवतजावत गर्ने मालबाहक जहाजबारे छलफल हुनेछ त्यसपछि स्वाभाविक रूपमा वार्ता पूर्ण युद्धविरामतर्फ  आकर्षित हुुनेछ । तपाईं सोमबार साउदी अरबमा केही वास्तविक प्रगति देख्नुहुनेछ ।”

‘केवल शुरुआत’

क्रेमलिनले आइतबार द्रूत समाधानको अपेक्षालाई कम महत्व दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सरकारी टेलिभिजनसँग भने, “हामी यो बाटोको सुरुआतमा मात्र छौँ । उनले सम्भावित युद्धविराम कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा धेरै प्रश्नहरू रहेको बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्ण युद्धविरामका लागि तत्काल ३० दिनको वार्ता गर्ने अमेरिका र युक्रेनको संयुक्त आह्वानलाई अस्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको एक अन्तवार्तामा पेस्कोभले भनेका छन्, “अगाडि वार्ताका लागि कठिन परिदृष्य देखिएका छन् ।” पेस्कोभले संयुक्त राज्य अमेरिकासँगको वार्तामा ‘मुख्य’ ध्यान २०२२ को ‘ब्ल्याक सी’ हुँदै खाद्यान्न सम्झौताको सम्भावित पुनरुत्थान हुने बताए । उक्त सम्झौताले ‘ब्ल्याक सी’मार्फत युक्रेनी कृषि निर्यातको लागि सुरक्षित आवागमन सुनिश्चित गर्दछ ।

पेस्कोभले भने, “सोमबार हामी मुख्यतया तथाकथित ‘ब्ल्याक सी’ सम्झौताको पहललाई पुनः सुरु गर्न राष्ट्रपति पुटिनसँग छलफल गर्न चाहन्छौँ र हाम्रा वार्ताकारहरू यस समस्याको वरिपरिका सूक्ष्मताहरू छलफल गर्न तयार हुनेछन् ।” सन् २०२३ मा टर्की र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको उक्त सम्झौताबाट मस्को पछि हटेको थियो र पश्चिमा मुलुकले रुसको आफ्नै कृषि उपज र मलको निर्यातमा लगाइएको प्रतिबन्धलाई कम गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भएको आरोप लगाएका थिए ।

युक्रेनका एक वरिष्ठ अधिकारीले यसअघि एएफपीलाई बताएअनुसार किएभले ऊर्जा सुविधा, पूर्वाधार र नौसैनिक आक्रमणमाथि हुने आक्रमणलाई समेट्ने गरी व्यापक युद्धविरामको प्रस्ताव गर्नेछ । वार्ताको पूर्वसन्ध्यामा दुवै पक्षले नयाँ ड्रोन आक्रमण गरेका थिए ।

किएभमाथि घातक आक्रमण जारी

युक्रेनी अधिकारीहरूले शनिबार राति भएको रुसी ड्रोन आक्रमणमा परी पाँच वर्षीया बालिका र उनका बुबासहित तीन सर्वसाधारणको मृत्यु भएको बताएका छन् । राजधानीमा रहेका एएफपीका पत्रकारहरूले आपतकालिन कामदारहरूले आइतबार बिहान आक्रमणका कारण क्षतिग्रस्त आवासीय भवनहरूको अगाडि घाइतेहरूको उपचार गरिरहेको देखेको बताए । घातक आक्रमणहरू देशका अन्य ठाउँको तुलनामा राजधानीमा विरलै हुने गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना देशका सहयोगी राष्ट्रलाई रुसमाथि नयाँ दबाब सिर्जना गर्न आग्रह गरे । उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, “यी आक्रमण र यो युद्धलाई अन्त्य गर्न मस्कोमाथि नयाँ निर्णय र नयाँ दबाब आवश्यक छ ।” ट्रम्पको नेतृत्वमा वासिङ्टनसँगको सुमधुर सम्बन्धपछि मस्को साउदी वार्तामा उत्रेको छ जसले क्रेमलिनमा विश्वास बढाएको छ ।

पेस्कोभले आइतबार भने, “हाम्रा देशहरूबिच विभिन्न क्षेत्रमा पारस्परिक लाभकारी सहयोगको सम्भावनालाई नजरअन्दाज गर्न सकिंदैन । “हामी केही कुरामा असहमत हुन सक्छौँ तर यसको अर्थ हामीले पारस्परिक लाभबाट आफूलाई बञ्चित गर्नुपर्छ भन्ने होइन,” उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE