Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

अमेरिका र रुसबिच युक्रेनबारे साउदी अरबमा वार्ता

खबरडबली संवाददाता

साउदी । वासिङ्टन र किएभका प्रतिनिधिहरूबिच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता सुरु गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तीन वर्षदेखि जारी युद्धको दूुत अन्त्यका लागि जोड दिइरहेका छन् र रियादमा हुने वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन् । 

दुवै पक्षले अस्थायी युद्धविरामका लागि फरक-फरक योजना अघि सारेका छन्, तर सीमापार आक्रमण भने जारी छ । द्वन्द्वरत पक्षबीच प्रत्यक्ष वार्ता गर्न सहमत नभएको अवस्थामा तेस्रो पक्षको मध्यस्थतामा दुई वा  दुईभन्दा बढी पक्षबिच हुने छलफल र वार्ता (शटल डिप्लोमेसी) को माध्यमबाट सुरुमा द्वन्द्वरत पक्षका धारणा बुझ्ने र एउटा निर्णयका लागि आधार तय गरिने यो छलफल र वार्तामा अहिले अमेरिकी प्रतिनिधि र रूसी प्रतिनिधिबिच कुराकानी भइरहेको रुसको समाचार एजेन्सी तासले जनाएको छ ।

रक्षामन्त्री रुस्तम उमरोभको नेतृत्वमा रहेको युक्रेनी टोली र अमेरिकी सेनाबिच आइतबार अबेर राति भेटवार्ता सम्पन्न भएको थियो । “हामीले ऊर्जालगायत महत्वपूर्ण बुँदालाई सम्बोधन गर्यौ” छलफल एजेन्डामा केन्द्रित भएको र फलदायी भएको उमरोभले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । “युक्रेनले ‘न्यायोचित र दिगो शान्ति’ को आफ्नो लक्ष्यलाई वास्तविकतामा परिणत गर्न काम गरिरहेको छ ।”

ट्रम्पका दूत स्टिभ विटकोफले कुनै पनि सम्झौताले पूर्ण युद्धविरामका लागि मार्ग प्रशस्त गर्ने बताउँदै फक्स न्यूजसँग बताए । “मलाई लाग्छ सुरूमा विशेष गरी दुई देशबीच ‘ब्ल्याक सी’ भएर आवतजावत गर्ने मालबाहक जहाजबारे छलफल हुनेछ त्यसपछि स्वाभाविक रूपमा वार्ता पूर्ण युद्धविरामतर्फ  आकर्षित हुुनेछ । तपाईं सोमबार साउदी अरबमा केही वास्तविक प्रगति देख्नुहुनेछ ।”

‘केवल शुरुआत’

क्रेमलिनले आइतबार द्रूत समाधानको अपेक्षालाई कम महत्व दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सरकारी टेलिभिजनसँग भने, “हामी यो बाटोको सुरुआतमा मात्र छौँ । उनले सम्भावित युद्धविराम कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा धेरै प्रश्नहरू रहेको बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्ण युद्धविरामका लागि तत्काल ३० दिनको वार्ता गर्ने अमेरिका र युक्रेनको संयुक्त आह्वानलाई अस्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको एक अन्तवार्तामा पेस्कोभले भनेका छन्, “अगाडि वार्ताका लागि कठिन परिदृष्य देखिएका छन् ।” पेस्कोभले संयुक्त राज्य अमेरिकासँगको वार्तामा ‘मुख्य’ ध्यान २०२२ को ‘ब्ल्याक सी’ हुँदै खाद्यान्न सम्झौताको सम्भावित पुनरुत्थान हुने बताए । उक्त सम्झौताले ‘ब्ल्याक सी’मार्फत युक्रेनी कृषि निर्यातको लागि सुरक्षित आवागमन सुनिश्चित गर्दछ ।

पेस्कोभले भने, “सोमबार हामी मुख्यतया तथाकथित ‘ब्ल्याक सी’ सम्झौताको पहललाई पुनः सुरु गर्न राष्ट्रपति पुटिनसँग छलफल गर्न चाहन्छौँ र हाम्रा वार्ताकारहरू यस समस्याको वरिपरिका सूक्ष्मताहरू छलफल गर्न तयार हुनेछन् ।” सन् २०२३ मा टर्की र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको उक्त सम्झौताबाट मस्को पछि हटेको थियो र पश्चिमा मुलुकले रुसको आफ्नै कृषि उपज र मलको निर्यातमा लगाइएको प्रतिबन्धलाई कम गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भएको आरोप लगाएका थिए ।

युक्रेनका एक वरिष्ठ अधिकारीले यसअघि एएफपीलाई बताएअनुसार किएभले ऊर्जा सुविधा, पूर्वाधार र नौसैनिक आक्रमणमाथि हुने आक्रमणलाई समेट्ने गरी व्यापक युद्धविरामको प्रस्ताव गर्नेछ । वार्ताको पूर्वसन्ध्यामा दुवै पक्षले नयाँ ड्रोन आक्रमण गरेका थिए ।

किएभमाथि घातक आक्रमण जारी

युक्रेनी अधिकारीहरूले शनिबार राति भएको रुसी ड्रोन आक्रमणमा परी पाँच वर्षीया बालिका र उनका बुबासहित तीन सर्वसाधारणको मृत्यु भएको बताएका छन् । राजधानीमा रहेका एएफपीका पत्रकारहरूले आपतकालिन कामदारहरूले आइतबार बिहान आक्रमणका कारण क्षतिग्रस्त आवासीय भवनहरूको अगाडि घाइतेहरूको उपचार गरिरहेको देखेको बताए । घातक आक्रमणहरू देशका अन्य ठाउँको तुलनामा राजधानीमा विरलै हुने गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना देशका सहयोगी राष्ट्रलाई रुसमाथि नयाँ दबाब सिर्जना गर्न आग्रह गरे । उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, “यी आक्रमण र यो युद्धलाई अन्त्य गर्न मस्कोमाथि नयाँ निर्णय र नयाँ दबाब आवश्यक छ ।” ट्रम्पको नेतृत्वमा वासिङ्टनसँगको सुमधुर सम्बन्धपछि मस्को साउदी वार्तामा उत्रेको छ जसले क्रेमलिनमा विश्वास बढाएको छ ।

पेस्कोभले आइतबार भने, “हाम्रा देशहरूबिच विभिन्न क्षेत्रमा पारस्परिक लाभकारी सहयोगको सम्भावनालाई नजरअन्दाज गर्न सकिंदैन । “हामी केही कुरामा असहमत हुन सक्छौँ तर यसको अर्थ हामीले पारस्परिक लाभबाट आफूलाई बञ्चित गर्नुपर्छ भन्ने होइन,” उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending