Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

बिचौलियाको पक्षमा सरकारले कस्ता–कस्ता गरिरहेको छ निर्णय?

खबरडबली संवाददाता

काठमाडौं । ११ महिनासम्म नेतृत्वविहीन धितोपत्र बोर्ड विषयविज्ञ र सुपरिवेक्षण क्षमता राम्रो भएको अध्यक्षको प्रतीक्षामा थियो । तर, ओली मन्त्रिपरिषद्को १० मंसिरको बैठकले स्वार्थ समूहको चाहनाअनुसार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स जारी गर्ने सर्तमा सन्तोषनारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष नियुक्त गर्‍यो ।

नभन्दै बोर्डको नेतृत्वमा गएपछि पुँजीबजारलाई व्यवस्थित गर्न नीति निर्माण गर्नुपर्ने उनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न समिति गठन गरेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले स्वार्थ समूहको रोजाइको पात्र बोर्ड अध्यक्ष नियुक्त गर्न अस्वीकार गरेकै कारण सरकार नै परिवर्तन भएको तत्कालीन अर्थमन्त्री वर्षमान पुनले संसद्मै बताइसकेका छन् । 

कांग्रेस महासमिति सदस्य दिनेशप्रसाद भट्टलाई मापदण्ड मिचेर ४ चैतको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त गर्‍यो । जबकि राजनीतिक दल वा संगठनको सदस्यता नलिएको व्यक्तिले प्राधिकरणको कार्यकारी प्रमुखमा आवेदन दिन सक्ने व्यवस्था राखिएको थियो । तर, गृहमन्त्री रमेश लेखकको जोडबलमा पार्टी महासमिति सदस्य भट्टलाई नियुक्त गरिएको हो । मन्त्री लेखकको पुख्र्यौली गृहजिल्ला बैतडीकै भएका नाताले भट्टले गृह मन्त्रालयमातहतको निकायमा जिम्मेवारी पाएका हुन् । 

लोकसेवा आयोगको सिफारिसमा एक नम्बरमा रहेकी डा. संगीता कौशल मिश्रको वरिष्ठतामाथि प्रहार गर्दै २१ फागुनको मन्त्रिपरिषद् बैठकले कनिष्ठ डा. विकास देवकोटालाई स्वास्थ्यसचिव नियुक्त गर्‍यो । सरकारबाट अन्यायमा परेकी मिश्रले सर्वोच्चमा रिट निवेदन दिएकी छिन् । सर्वोच्चले मन्त्रिपरिषद्को सक्कल फाइल झिकाएर अध्ययन गर्दै छ । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काठमाडौं टावरको नक्सापास स्वीकृति गर्ने क्रममा कैफियत देखिएको भन्दै काठमाडौं महानगरपालिकाले छानबिनमा तानेर ५ पुसमा जिम्मेवारीमुक्त गरेको थियो । महानगरपालिकाले अर्को प्रमुख प्रशासकीय पठाइदिन पटक–पटक अनुरोध गरे पनि तीन महिना नाघिसक्दासमेत सरकारले अटेर गर्दै आएको छ । स्थानीय तहमा पनि कर्मचारी पठाउने अधिकार संघ सरकारअन्तर्गत सामान्य प्रशासन मन्त्रालयसँगै छ । मन्त्रालयले मेयर बालेन शाहलाई असहयोग गर्ने उद्देश्यले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउनु भन्दै आएको छ । 

ओली सरकार गठन हुनासाथ नक्कली भुटानी शरणार्थी काण्डका मुख्य बिचौलिया बेचन झा र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई समात्ने डिआइजी मनोज केसीलाई गृह मन्त्रालय सरुवा गरी सो प्रकरण छानबिनलाई नै प्रभावित बनाएको थियो । दुई महिनामै डिआइजी केसीको सरुवा भएको थियो । लगत्तै एआइजी श्यामलाल ज्ञवालीको पनि सरुवा गर्‍यो । 

त्रिविको समाजशास्त्र विभाग प्रमुख टीकाराम गौतमको नियुक्ति भएपछि एमाले–कांग्रेस विद्यार्थी संगठन पक्ष–विपक्षमा लागेर धम्की दिँदा त्रिविका पदाधिकारी कार्यालय आउनै छाडेका थिए । शिक्षामन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालमार्फत त्रिवि पदाधिकारीको सुरक्षा नै माग गरेकी थिइन् । 

गत भदौमा गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा चार युवालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पाँच दिन थुनामा राखेर मुद्दा चलाइयो ।

संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानालाई हटाउने गरी कांग्रेस–एमालेका सांसदले हस्ताक्षर संकलन गरेका थिए । रानालाई पदअनुसार आचरण नगरेको आरोपमा पदमुक्त गर्ने सत्तापक्षको योजनाको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको थियो । 

मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङ र मोरङको उमागौरी कृषि सहकारीको रकम हिनामिनामा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला मुछिए पनि सत्ताको आडमा छानबिन भएको छैन ।

१२ असोजमा आएको बाढीले ४६ अर्बको भौतिक क्षति गरेको आकलन, तर अहिलेसम्म क्षतिपूर्ति दिइएको छैन । विस्तृत क्षतिको तथ्यांक संकलन गर्ने विषयमा सरकारले भर्खरै निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले एमाले पार्टी कार्यालय बनाउन कीर्तिपुर नगरपालिका– २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट लिने निर्णय गरेर भवन निर्माणको शिलान्याससमेत गरे । अदालतमा मुद्दा विचाराधीन रहेका विवादित व्यापारीबाट जग्गा दान लिएपछि ओलीको चौतर्फी आलोचना भयो । यही विषयमा आलोचना गर्दा ओलीले आफ्ना दुई नेता विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई ६ महिनाका लागि निलम्बन गराए । 

प्रधानमन्त्री ओलीले राजस्व संकलन सुधारेर होइन, ऋण लिएर सरकार चलाइरहेका छन् । ओली सरकार गठन भएयता अढाई खर्बभन्दा बढी ऋण लिइसकेका छन् । असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब रहेको सार्वजनिक ऋण अहिले २७ खर्बनजिक छ ।

नौ सार्वजनिक संस्थानको सम्पत्ति व्यापारीलाई सुम्पने नियतले निजीकरणको तयारी भइरहेको छ । यसका लागि अध्यादेश ल्याएर सहज बनाइएको छ ।

गैरकानुनी रूपमा जापानमा तीन युवालाई लैजाँदै गर्दा टोकियो विमानस्थलबाट फर्काइएका कोशीका तत्कालीन आन्तरिक मामिलामन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारीलाई कारबाही गर्नुको सट्टा पदबाट राजीनामा दिलाएर चोख्याइएको छ । जापान जाने प्रलोभनमा परेका तीन युवा भने थुनामा छन् ।

गुणस्तरको बखेडा झिकेर भारतले बिआइएस नलिएको नेपाली उत्पादनको निर्यात भदौदेखि रोकेको छ, तर सरकारले पहल गरेर निर्यातको बाटो खुलाउन सकेको छैन । जसकारण सिमेन्ट, डन्डी, प्लाइउड, जस्तापाता, जुत्ता, सेनेटरी प्याडलगायतको निर्यात प्रभावित छ ।

दुई ठुला जलविद्युत् १९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त र ४५४ मेगावाटको किमाथांका अरुण अर्धजलाशययुक्त परियोजना निश्चित व्यापारीलाई दिन लागिएको थियो । तर, चौतर्फी विवादपछि अहिले प्रक्रिया रोकिएको छ ।

सरकारले संसद्को अधिवेशन छलेर विभिन्न चार अध्यादेश जारी गरेको थियो । कालोबजारीसम्बन्धी व्यवस्था खारेज, भ्रष्टाचार र अपराधका दोषीलाई फाइदा पुग्ने प्रावधान, राजस्व छल्नेलाई सकेसम्म मुद्दा नचलाउने, विचाराधीन मुद्दा पनि फिर्ता लिनेलगायतका प्रावधान अध्यादेशमा समेटिएको थियो । बहुमतको बलमा अहिले अध्यादेश पारित भइसकेको छ ।

प्रतिबोरा ६ सयआसपास रहेको सिमेन्टको भाउ २५० रुपैयाँसम्म बढाएका उद्योगीलाई सरकारले निरन्तर संरक्षण गरेपछि घटाउन सार्वजनिक लेखा समितिले दिएको निर्देशन अहिलेसम्म कार्यान्वयन भएको छैन । जसकारण बजारमा सिमेन्टको मूल्य प्रतिबोरा ८५० रुपैयाँ कायम छ ।

सिमेन्टको भाउ बढाएर हौसिएका उद्योगीले अहिले डन्डीको भाउ पनि ८७ रुपैयाँबाट बढाएर १०५ रुपैयाँ पुर्‍याएका छन् । मूल्य नियन्त्रण गर्नुको सट्टा उद्योगमन्त्री दामोदर भण्डारी उद्योगीको संरक्षणमा बोल्दै हिँडेका छन् ।

सरकारले चितवनमा रवि लामिछानेविरुद्ध संगठित अपराधनको मुद्दा नचलाएको भन्दै सरकारी वकिल शान्तिप्रसाद लुइँटेलको सरुवा गरेको थियो । लुइँटेलले सहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीको कसुरमा मात्रै मुद्दा चलाउने निर्णय गराएका थिए ।

सर्लाहीको बरहथवा नगरपालिका– १० का राम चमार र नेहा रौनियारको अन्तरजातीय जोडीलाई गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरी भारतीय भूमि बम्बैमा पुगेर समातेको थियो । चौतर्फी विरोध भएपछि दमन रोकियो ।

सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी मापदण्ड तय गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई ‘गे्र’ सूचीमा राखेको छ । वैदेशिक ऋण, अनुदान र लगानी तथा व्यापार प्रभावित हुनुका साथै अन्तर्राष्ट्रिय जगत्मा देशको वित्तीय साख जोखिममा परेको छ ।

स्वास्थ्य बिमाको दाबी भुक्तानी गर्न साढे १६ अर्ब रहे पनि अर्थ मन्त्रालयले तीन अर्ब मात्रै भुक्तानी गरेको छ । प्रधानमन्त्रीलाई प्रश्न गर्ने दुई पत्रकार प्रकाश वली र किशोर श्रेष्ठको संसद् प्रेस–पास नै रद्द गरिएको छ ।

२३ फागुनमा प्रधानमन्त्री ओली कर्णाली सभालाई सम्बोधन गर्न र मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा उपस्थित हुन जाँदा पैदल हिँड्नेलाई समेत रोकेर सडक खाली गराइएको थियो ।

ओलीले गत पुसमा एमाले पार्टीको सचिवालय बैठकबाट निर्णय गर्दै आफूमाथि प्रश्न गर्ने भीम रावललाई निष्कासन गरे ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending