काठमाडौं। नवराज सुवेदी तथा दुर्गा प्रसाई समुहको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ।
सुबेदी नेतृत्वको समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वानसमेत गरेको छ ।
संयोजक नवराज सुवेदीले नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताएका छन् ।
उनले राजसंस्था पुनर्स्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ,सहयोग र समर्थन रहेनसमेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सुबेदी समुहले गरिने प्रदर्शनमा कमल थापा नेतृत्वको राप्रपाको समर्थन रहने भए पनि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा भने अझै मौन रहेको छ । सुबेदी नेतृत्वको समितिमा आफु बस्न अस्विकार गरे पनि कमल थापाले भने सो समितिमा पार्टीको प्रतिनिधित्व गराएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...
मंसिर २४ गते, २०८२ - १४:२६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...




प्रतिकृया लेख्नुहोस्: