Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

कुलमानलाई हटाएको विषयमा धेरै हल्लाखल्ला हुन थाल्यो, त्यसको केही अर्थ छैनः प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा धेरै हल्लाखल्ला हुन थालेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विद्युुत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्ष्य गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्दछु। आइडोलोजी आफ्नो आफ्नो हुनसक्छन्। देश साझा हो। तरिका सोचहरू फरक फरक हुनसक्छन् तर गन्तव्य एउटै हो देश। देश कसरी बनाउने भन्ने कुरा हो। ससाना कुराहरू। तिलको पहाड बनाएका छन्। पहिला पहिला तिलका पहाड बनायो भन्थे। तिललाई नै पहाड बनाउने चलन छ। त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ। अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन्। के पायौं, के पायौँ, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी सुरू भएको। यही त्यान्द्रो हो। यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुदेका छन्। 

प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्ष्य गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरूवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन? भन्दै प्रश्न गरे।

उनले पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो पटक नियुक्ति गर्नेबित्तिकै उज्यालो आएको हो ? भन्दै प्रश्न गरे। ‘उहाँ (कुलमान) ले उज्यालो ल्याउनुभयो भनेर व्याख्या गर्नुभएछ । अघिल्लो ४ वर्षको कार्यकाल पूरै त्यहीँ काम गर्नुभएको हो,’ ओलीले भने, ‘त्यसबेला ल्याउनुभएको थियो की उहाँ(प्रचण्ड)ले नियुक्त गर्नेबित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो की ? वर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रुपमा व्याख्या गर्ने । कोही पनि साथीहरूलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक विवादमा संवादको माग गर्दै विश्वप्रकाशद्वारा पाँच नेतालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...

पर्वतको बाच्छामा १ करोड मूल्यको काक्राको बिउ उत्पादन हुने आँकलन

पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...

सुर्खेतको हिरासतमा रहेका युवाको मृत्यु

सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँ: पर्यटनमन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...

ब्रेक फेल भएर बागलुङको बिहुँमा कार दुर्घटना

बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...

बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं - महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending