बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले मङ्गलबार संयुक्त राज्य अमेरिकामाथि ‘भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप’ गरेको आरोप लगाएको छ ।
सोमबार ट्रम्पले अप्रिल २ देखि लागू हुने नयाँ भन्सार शुल्क भेनेजुएलाको तेल किन्ने मुलुकहरूबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने सबै वस्तुहरूमा लागू हुने बताए । चीन भेनेजुएलाको तेलको सबैभन्दा ठूलो आयातकर्ता हो भने अन्य क्रेताहरूमा भारत, स्पेन र संयुक्त राज्य अमेरिका स्वयं पनि पर्दछ ।
“हामी अमेरिकालाई भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न र भेनेजुएलामाथि लगाइएको अवैध एकपक्षीय प्रतिबन्धहरू समाप्त गर्न आह्वान गर्दछौँ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भने । उनले संयुक्त राज्य अमेरिकालाई ‘भेनेजुएला र अन्य देशको शान्ति, स्थिरता र विकासका लागि अनुकूल हुने थप कामहरू गर्न’ आग्रह गरे ।
जनवरीमा नयाँ चरणसहित भेनेजुएला वर्षौंदेखि अमेरिकी प्रतिबन्धको अधीनमा छ । जनवरीमा नयाँ चरणअन्तर्गत अमेरिकाले राष्ट्रपति निकोलस मादुरो र अन्य सरकारी अधिकारीहरूको गिरफ्तारीका लागि सूचनाको लागि प्रस्ताव गरिएको पुरस्कार बढाएको छ ।
सोमबार योजनाबद्ध भन्सार शुल्कहरू घोषणा गर्दै ट्रम्पले भेनेजुएलालाई ‘जानाजान र छलपूर्वक’ संयुक्त राज्य अमेरिकामा ‘गुप्त रूपमा, दसौँ हजार उच्चस्तरका र अन्य अपराधीहरू’ पठाएको आरोप लगाए । ट्रम्पले पहिले नै चीनमाथि संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने वस्तुहरूमा सार्वभौमिक रूपमा २० प्रतिशत भन्सार शुल्क लगाएका छन् । यसलाई उनले फेन्टानिल प्रवाहलाई रोक्ने प्रयासससँग जोडेका छन् ।
बेइजिङले ‘संवाद’ का लागि आह्वान गरेको छ तर सोयाबिन, सुँगुरको मासु र कुखुरासम्मका अमेरिकी कृषि वस्तुहरूमा १५ प्रतिशतसम्म भन्सार शुल्क पनि लगाएको छ । विश्वको शीर्ष स्टिल उत्पादक चीनले पनि स्टिल र एल्युमिनियममा छुट्टै अमेरिकी कर लगाउने प्रतिक्रियामा ‘सबै आवश्यक उपायहरू’ लिने प्रतिज्ञा गरेको छ ।
मङ्गलबार गुओले भने, “व्यापार युद्धमा कुनै विजेता हुने छैन र अतिरिक्त शुल्क करहरू लागू गर्दा अमेरिकी व्यवसाय र उपभोक्ताहरूले मात्र बढी नोक्सान भोग्नुपर्नेछ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: