काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन् ।
इटहरी उपमहानरपालिका–६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए ।
गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार अहिलेसम्म पाँच जना महिलासहित १६ जनाको उद्धार भएको हो।
नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थलमा पुगिसकेको छ।
अहिले प्लाजाभित्र तीन जना देखिएका छन्। उनीहरूको पनि उद्धार गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
बुधबार बिहान साढे ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
प्रतिकृया लेख्नुहोस्: