कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको दोेस्रो चौमासिकसम्म छ अर्ब ६२ करोड १३ लाख रुपियाँ बजेट खर्च गरेको छ । प्रदेश सरकारले फागुन मसान्तसम्म त्यत्ति बजेट खर्च गरेको हो ।
चालु आर्थिक वर्षका लागि ३१ अर्ब ५३ करोड ६६ लाख रुपियाँ बजेट ल्याएको प्रदेश सरकारको हालसम्मको बजेट खर्च प्रगति २१ प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार प्रदेश सरकारले अझै २४ अर्ब ९१ करोड ५२ लाखभन्दा बढी बजेट खर्च गर्न बाँकी रहेको छ । तर, चालु आर्थिक वर्षमा काम गर्ने समय चार महिनामात्रै बाँकी रहेको छ ।
विकास बजेट खर्च प्रगति सन्तोषजनक देखिएको छैन । सरकारले दोस्रो चौमासिकसम्म दुई अर्ब ७४ करोड ५९ लाख रुपियाँमात्रै पुँजीगत बजेट खर्च गरेको छ । जुन खर्च प्रगति १४.६४ प्रतिशत हुन आउँछ । सरकारले पुँजीगततर्फ यस आर्थिक वर्षमा १८ अर्ब ७५ करोड ७९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
चालुतर्फको बजेट खर्च प्रगति भने पुँजीगतको तुलनामा केही बढी रहेको छ । सरकारले चालुतर्फको बजेट हालसम्म तीन अर्ब ८७ करोड ५४ लाख रुपियाँ खर्च गरिसकेको छ ।
चालुतर्फ जम्मा १२ अर्ब ७७ करोड ६ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । हालसम्म चालु बजेट खर्च प्रगति ३०.३५ प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: