Ntc summer Offer
Khabar Dabali १८ चैत्र २०८१ सोमबार | 31st March, 2025 Mon
Investment bank

प्रधानमन्त्रीले दिए प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

खबरडबली संवाददाता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरेका छन् ।

यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दसौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको थियो ।

अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकाङ्क्षीहरुले आफूूसँग भेट गरे पनि आफूूले कसैलाई कुनै पदमा राख्नुु भनेर नतोकेको स्पष्ट गर्दै महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको स्मरण गरे । 

प्रधानमन्त्री ओलीले झुुठबाहेक केही नबोल्ने र अरुलाई आरोप लगाउनेहरुबाट बचेर देशको समृद्धि र सामाजिक सद्भाव एवं एकताका लागि सञ्चार क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिए। 

उनले सामाजिक सञ्जालको सही सदुुपयोग गर्दै साम्प्रदायिक, जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिकताका नाममा सङ्गठनभित्र कुनै पनि प्रकारको रोग (भाइरस) छिर्न नदिनेतर्फ सचेत गराए ।

 

भेटका अवसरमा चौतारीका नवनिर्वाचित अध्यक्ष पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदीलगायत सहभागी थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्रबारको षड्यन्त्रमुलक घटनाको मुख्य योजनाकार पूर्वराजा रहेको दलहरुको निष्कर्ष

काठमाडौं । गणतन्त्र पक्षधर राजनीतिक दलहरुका प्रमुख नेताहरुबीचको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने ष...

ज्ञानेन्द्रलाई कानुनी कारबाही गर्न बाबुरामको सुझाव

काठमाडौं । गणतान्त्रिक दलहरूको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई कानुन बमोजिम कारबाही गर्न प्रधानमन्त्...

सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले विदा दिइएको हो । गृहमन्त्रालयका सहस...

त्रिभुवन विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा खुल्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने भएको छ । यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घण्टामात्...

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक, सिंहदरबारमा सुरु

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरु भएको छ ।  साँझ ७ बजेलाई बोलाएको बैठक केही ढिलागरी स...

रवीन्द्र र धवल रिहाको माग गर्दै राप्रपाको मसाल जुलुस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार साँझ देशभर मसाल जुलुस निकालेको छ ।  पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशम्श...

पत्रकार सुरेश रजकको मृत्युबारे भ्रम फैलाए कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । तीनकुनेमा राजावादी समर्थकले आगजनी गरेको घरमा जलेर मृत्‍यु भएका पत्रकारको शरीरमा गोली भेटिएको भन्‍ने सूचनामा सत्यता नभएको प्रहरीले जनाएको छ ...

स्ववियु चुनावले तातियो रारा बहुमुखि क्याम्पस, एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा

मुगु  ।  मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मुगुको रारा बहुमुखि क्याम्पसमा चुनावी माहोल तातिएको ...

श्रीमतीको हत्या आरोपित सार्वजनिक

इलाम । श्रीमतीको हत्या आरोपित २५ वर्षीय उमेश गिरीलाई प्रहरीले सार्वजनिक गरेको छ। गिरीविरुद्ध १९ वर्षीया श्रीमती विमला कट्टेलको हत्या गरेर गाडेको आरोप ...

कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित ३ जना पक्राउ

लमजुङ । लमजुङ प्रहरीले एकजना वडाध्यक्षसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा बेंसीसहर नगरपालिका ९ का वडाध्यक्ष खुशीजङ गुरुङ, बेंसीसहर–८ का विशा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy