पोखरा । नेपाल विद्यार्थी संघका ११ केन्द्रीय सदस्यले नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराललाई कारबाहीको माग गरेका छन् ।
कास्कीबाट प्रतिनिधित्व गर्ने नेविसंघका ११ केन्द्रीय सदस्यले बिहीबार पत्रकार सम्मेलन गर्दै कास्की सभापति बराल पार्टी विक्री गर्न तत्पर रहेको भन्दै कारबाहीका लागि माग गरेका हुन् ।
ती ११ सदस्यले बराललाई कारबाही गर्न कांग्रेस केन्द्रीय अनुशासन समितिलाई पत्रसमेत पठाएका छन् । बरालले नेविसंघका उम्मेदवारलाई मत माग्नुपर्नेमा सामाजिक सञ्जालमार्फत स्ववियु निर्वाचनमा स्वतन्त्र लगायत आफ्नो इच्छाले मताधिकार प्रयोग गर्न अपिल गरेको उनीहरूको आरोप छ ।
‘ऐतिहासिक लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस बिक्री गर्न तत्पर हुने नालायक पार्टी सभापति किशोरदत्त बराललाई नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी निलम्बनको लागि नेविसंघ केन्द्रीय समिति र आम कस्केली कांग्रेसीहरु जोडदार माग गर्दछौं,’ प्रेस विज्ञप्ति तथा कारबाही पत्रमा भनिएको छ ।
स्ववियु निर्वाचनमा बन्द कोठाभित्रबाट क्रियाशिल विद्यार्थी माझ लोकप्रिय नेतालाई गुटबन्दीका आधारमा हतोत्साहित बनाउँदै उम्मेदवार हस्तक्षेप गरेको नेविसंघ केन्द्रीय सदस्य अन्जान थापाले बताए। निर्वाचनको सन्दर्भमा उद्योगी, व्यापारीबाट चन्दा संकलन गर्ने तर निर्वाचनमा कहीँ कतै अभिभावकिय भूमिका समेत निर्वाह नगरी आर्थिक अपचलन गरेको उनको आरोप छ ।
७ दिनभित्र कारबाही नभए सशक्त आन्दोलनका कार्यक्रमको घोषणा गर्ने उनीहरूको चेतावनी छ । कास्की सभापति बरालले आफूले गल्ती गरेको भए कारबाही भोग्न तयार रहेको बताए । स्ववियु निर्वाचनमा आफूले नेविसंघका कुनैपनि उम्मेदवारलाई हराउन नलागेको र टिकटमा हस्तक्षेप पनि नगरेको उनले दाबी गरे ।
स्ववियु निर्वाचनमा कास्कीमा नेविसंघ नील भएको छ । यसअघि जितेको वन विज्ञान क्याम्पस गुमाएको नेविसंघ देशकै ठूलो पृथ्वीनारायण क्याम्पसमा आधा भन्दा कम मत ल्याएर अनेरास्ववियुसँग पराजित भयो भने त्रिविकै आंगिक क्याम्पस इन्जिनियरिङ र नर्सिङमा पनि निरीह भयो ।
कास्कीमा रहेका चार आंगिक क्याम्पसमध्ये तीनवटामा एमालेनिकट अनेरास्ववियुले जित्दा पश्चिमान्चाल इन्जिनियरिङमा स्वतन्त्रले सभापति जितेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - २०:०६
काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...
चैत्र ३० गते, २०८२ - १९:३८
कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...
चैत्र ३० गते, २०८२ - १९:३५
काठमाडौं। नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...
चैत्र ३० गते, २०८२ - १९:१७
काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...
चैत्र ३० गते, २०८२ - १९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...


प्रतिकृया लेख्नुहोस्: