Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गरेको छन । अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

ट्रम्पको बुधबार अपरान्हको घोषणाअघि वाल स्ट्रिटमा गिरावट आएको छ भने विश्वको सबैभन्दा बढी बिक्री हुने अटोमेकर टोयोटाको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको छ ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले टोकियोले ‘सबै प्रकारका प्रतिकारात्मक उपायहरू विचार गरिरहेको’ बताएको छन भने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको करलाई आफ्नो देशका कामदारहरूमाथि ‘सीधा आक्रमण’ को संज्ञा दिएको छन ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पनि आफ्नो देश ‘स्थिर रहन नसक्ने’ बताएको छन ।

ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, “संयुक्त राज्य अमेरिकामा नबनेका सबै कारहरूमा २५ प्रतिशत कर लाग्ने गरी हामीले निर्णय लिएका छौँ ।”

घोषणामा भनिएको छ, “यो शुल्क अमेरिकी समय अनुसार अप्रिल ३ राति १२ः०१ बजे पछि लागू हुनेछ र यसले विदेशमा निर्मित कार र हल्का ट्रकहरूलाई असर गर्नेछ । अटोमोबाइलका मुख्य पार्टपुर्जाहरू पनि एक महिनाभित्रै प्रभावित हुनेछन् ।”

ट्रम्पले क्यानडा र युरोपेली सङ्घले संयुक्त राज्य अमेरिकालाई ‘आर्थिक क्षति’ पुर्‍याउन मिलेर काम गरेमा ‘हालको योजना भन्दा धेरै ठूलो मात्रामा कर लगाउने चेतावनी दिएको छन ।

ट्रम्पका व्यापार र उत्पादनका लागि वरिष्ठ परामर्शदाता पिटर नाभारोले ट्रम्पको घोषणापछि पत्रकारसँगको एक साक्षात्कारमा ‘विदेशी व्यापार छली’ को आलोचना गर्दै यसले अमेरिकाको विनिर्माण क्षेत्रलाई ‘न्युन ज्यालामा काम गर्ने विदेशीका लागि सुरक्षित गरेको बताए।

उनले जर्मनी र जापानले उच्च मूल्यका पार्टपुर्जाको निर्माणलाई आफ्नो देशमा नै केन्द्रित गरेको र सस्तो उपकरण निर्यात गरेको भन्दै आलोचना गरे।

वासिङ्टनको करले ट्रम्पका सहयोगी तथा टेस्लाका मालिक एलन मस्कले आफ्नो फर्मको कारमा लागत प्रभावलाई ‘प्रभाबित’ नगरेको बताएको थिए।

गत जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ कर लगाउनुका साथै स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएको छन ।

नयाँ करहरू उत्पादनहरूको लागि पहिले नै लगाइएका करकोे अतिरिक्त कर हुनेछ तर ह्वाइट हाउसले अमेरिका–मेक्सिको–क्यानडा सम्झौता ९यूएसएमसीए० अन्तर्गत प्रवेश गर्ने सवारी साधनले आफ्नो अमेरिकी सामग्रीको आधारमा कम दरका लागि योग्य हुन सक्ने बताएको छ ।

ट्रम्पको व्यापार योजनामा अनिश्चितता र यसले मन्दी निम्त्याउन सक्ने चिन्ताले वित्तीय बजारलाई तरंगित बनाएको छ र हालैका महिनाहरूमा उपभोक्ताको विश्वास पनि घटेको छ । 

ट्रम्पको घोषणा अघि नै जनरल मोटर्स र स्टेलेन्टिसको शेयर तीन प्रतिशतभन्दा बढीले घटेको थियो ।

जापानमा कार निर्माता कम्पनी निसानले २.५ प्रतिशत, होन्डाले ३.१ प्रतिशत र मित्सुबिशी मोटर्सले ४.५ प्रतिशतले गुमाएका छन् भने माज्दा र सुबारुले करिब छ प्रतिशतले शेयर मूल्य गुमाएका छन् । दक्षिण कोरियाको हुण्डाई कम्पनी सियोलमा २.७ प्रतिशतले पछि परेको छ ।

ट्रम्पले सरकारी राजस्व बढाउने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा करहरूको बचाउ गर्नुभएको छ । तर आयातित कारलाई लक्षित गर्दा जापान, दक्षिण कोरिया, क्यानडा, मेक्सिको र जर्मनीजस्ता नजिकका साझेदारहरूसँगको सम्बन्ध बिग्रन सक्छ ।

एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका उपाध्यक्ष तथा पूर्व अमेरिकी व्यापार वार्ताकार वेन्डी कटलरले भने, “आयातित कारमा २५ प्रतिशत कर लगाउँदा हाम्रा धेरै नजिकका व्यापारिक साझेदारमा विनाशकारी असर पर्नेछ ।” उनले वासिङ्टनले केही प्रभावित पक्षसँग स्वतन्त्र व्यापार सम्झौता गरेको र व्यापार सम्झौताअन्तर्गत अमेरिकी प्रतिबद्धताको मूल्यमा प्रश्न उठाएको बताएको छन ।

संयुक्त राज्य अमेरिकामा बिक्री हुने लगभग ५० प्रतिशत कारहरू देशभित्र निर्मित हुन्छन्। आयातमध्ये आधा मेक्सिको र क्यानडाबाट आयात हुन्छ, जापान, दक्षिण कोरिया र जर्मनी पनि प्रमुख आपूर्तिकर्ता हुन् ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकामा निर्मित कारमध्ये आधाभन्दा बढी विदेशमा ‘एसेम्बल’ गरिएका हुन्छन् ।

फोर्ड, जनरल मोटर्स र स्टेलान्टिसको प्रतिनिधित्व गर्ने डेट्रोइटका ‘बिग थ्री’ कार उत्पादकको ‘अमेरिकन अटोमोटिभ पोलिसी काउन्सिल’ले कर वृद्धिका बारेमा सावधानीपूर्वक एक वक्तव्य जारी गर्दै यो नीतिले अमेरिकी अटो उत्पादनलाई बढावा दिने आशा व्यक्त गरेको छ ।

ट्रम्पले अप्रिल २ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका लागि तथाकथित ‘मुक्ति दिवस’ मनाउनुअघि बुधबारको घोषणा आएको हो ।

उनले वासिङ्टनले अनुचित ठानेका अभ्यासहरूको सुधार गर्न विभिन्न व्यापारिक साझेदारहरूको अनुरूप पारस्परिक करहरूको प्रतिज्ञा गरेको छन ।

बुधबार उनले यी शुल्कले सबै देशलाई असर गर्ने बताएको थिए । 

ट्रम्पले हालैका केही करका लागि आपतकालीन आर्थिक शक्तिको प्रयोग गरेको छन भने उनको अटो लेभी सन् २०१९ मा पूरा भएको सरकारी अनुसन्धानमा आधारित छ ।

अत्यधिक आयातले आन्तरिक अर्थतन्त्रलाई कमजोर बनाएको र यसले राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउन सक्ने अनुसन्धानले देखाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...

सरकारले गर्‍यो सबै राष्ट्रिय स्तरका निजामती र स्वास्थ्य सेवा ट्रेड युनियन खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...

११ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा संसद्मा विमति जनाउछौं: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...

दीपेन्द्रको अलराउन्डर वरीयतामा सुधार, बलिङमा सन्दीपको छलाङ

काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...

सगरमाथा आरोहणबाट मात्रै १ अर्बभन्दा बढी रोयल्टी संकलन, यो सिजनमा १.१७ अर्ब रुपैयाँ उठ्यो

काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभाग का अनुसार मंगलबारस...

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ)सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख...

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारमा डा.अग्रवाल नियुक्त

काठमाडौं। सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त ...

कांग्रेस सांसदलाई सभापति थापाले दिए प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। बुधबार सिंहदरबारस्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending