काठमाडौं । सरकारले आज काठमाडौंको तीनकुने क्षेत्रमा भएको निजी सम्पत्ति तोडफोड र सर्वसाधारणको घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गरेको छ ।
तोडफोड र आगजनीको प्रारम्भिक जानकारीपछि उच्च सरकारी अधिकारीहरुले राजनीतिक तहमा तत्काल ब्रिफिङ गरेका छन् । सरकारले आगजनी,तोडफोड र निजी तथा सरकारी सम्पत्ति नोक्सानीको जिम्मेवार पूर्व राजालाई बनाउने भएको छ ।
घटनाबारे जानकारी लिएका एक मन्त्रीले भने–आन्दोलन गर्न आऊ भनेर उक्साउने र हिजोमात्र निर्मल निवासमा नवराज सुवेदी तथा दुर्गा प्रसाईलाई बोलाएर निर्देशन दिने ज्ञानेन्द्र शाह नै हुन् भन्ने दुनियालाई थाहा छ । आज व्यक्तिगत सम्पत्तिको आगजनी, लुटपाट, प्रहरी सुरक्षाकर्मीमाथिको आक्रमण तथा हतियार खोस्नेजस्तो जघन्य अपराधका घटनाको जिम्मेवार ज्ञानेन्द्र शाह हुन् ।
सरकारले सम्भवतः राजनीतिक दलहरुसँग समेत छलफल गरेर उनलाई कानूनी कारवाहीको दायरमा उभ्याउनेछ । उनका मतियारहरु दुर्गा प्रसाईदेखि जो जो छन् उनीहरु सबैलाई कानूनी दायरमा ल्याउन सरकारमाथि नागरिक दबाब बढेको छ,केही निर्णय तत्कालै होला ।
प्रहरीले तीनकुने बानेश्वर क्षेत्रमा भएका आगजनी, लुटपाट, तोडफोड र प्रहरीमाथि भएका आक्रमणका सबै भिडिओहरु संकलन गरिरहेको छ । सीसीटिभी फुटेजहरु समेत संकलन गरेर आजको घटनामा संलग्न सबै व्यक्तिको पहिचान गरिने प्रहरीले जनाएको छ ।
राजावादी प्रदर्शनकारीले सो क्षेत्रका निजी तथा सरकारी कार्यालयमा आक्रमण गरेको र अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको कार्यालयमा समेत ढुंगा हानेको प्रहरीले जनाएको छ ।
दुर्गा प्रसाई र उनको जमातले तीनकुने क्षेत्रमा अराजकता मच्चाएको प्रारम्भिक रिपोर्ट छ । राजावादी भनेर चिनिएका राप्रपाका अधिकांश शीर्ष नेता आजको प्रदर्शनमा देखिएनन् । उनीहरुले अघिल्लै दिन अराजकताको संकेत पाएकाले नगएको दावी राप्रपाका एक नेताले गरे । प्रसाईले अराजकता मच्चाएर गोली हान्ने अवस्था ल्याउने र त्यसपछि कांग्रेस, एमाले र माओवादीका नेताहरुको घर घरमा जाने चेतावनी दिएपछि राप्रपा नेताहरु हच्किएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - २०:५०
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...
बैशाख १७ गते, २०८३ - २०:४५
नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...
बैशाख १७ गते, २०८३ - २०:४१
काठमाडौं । देशका विकट र दुर्गम बस्तीहरूमा सञ्चार सेवा पुर्याउने लक्ष्यसहित नेपाल टेलिकम ले स्याटेलाइट प्रविधिमार्फत मोबाइल र डाटा सेवा विस्तारलाई तीव...
बैशाख १७ गते, २०८३ - २०:३५
काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष...
बैशाख १७ गते, २०८३ - २०:३२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिप...
बैशाख १७ गते, २०८३ - २०:२७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व बाट थबाङ गाउँपालिका–१, रोल्पा तर्फ जाँदै गरेको जीप दुर्घटन...
बैशाख १७ गते, २०८३ - २०:०८
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बिहीबार उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्...
बैशाख १७ गते, २०८३ - २०:०२
काठमाडौं । सिंहदरबार मा भएको एक महत्वपूर्ण शिष्टाचार भेटमा लीला कुमारी भण्डारी र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ बीच द्विपक्षीय सम्बन...
बैशाख १७ गते, २०८३ - १९:५१
रौतहट । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण ...
बैशाख १७ गते, २०८३ - १९:४८
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आद...


प्रतिकृया लेख्नुहोस्: