Ntc summer Offer
Khabar Dabali २० चैत्र २०८१ बुधबार | 2nd April, 2025 Wed
Investment bank

भाटभटेनी सुपर स्टोर लुटपाटमा संलग्नमध्ये सातजना पक्राउ, अन्यको खोजी हुँदै

खबरडबली संवाददाता

काठमाडौं । राजावादीहरूले शुक्रबारको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा मच्चाएको लुटमा संलग्नहरूमाथि प्रहरीले धरपकड तीव्र बनाएको छ ।

शुक्रबार दिउँसो भएको उक्त लुट प्रकरणमा संलग्नमध्ये ६ जनालाई शनिबार पक्राउ गरिएको पुष्टि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपिलराज बोहोराले गरेका छन् ।

तीनकुने केन्द्र बनाएर गरिएको आन्दोलनका क्रममा गरिएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न राजावादीमध्ये अहिलेसम्म १११ जना पक्राउ परेका छन् । जसमध्ये भाटभटेनीमा दिनदहाडै भएको लुटमा संलग्नमध्ये शुक्रबार र शनिबार गरेर सातजना समातिएका हुन् ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनका क्रममा शुक्रबार १५ सवारी साधन र १४ ठाउँमा आगजनी तथा १० स्थानमा लुटपाट भएको थियो ।

जसमध्ये ठूलो लुटपाट भाटभटेनीमा मच्चाइएको थियो । प्रहरीले लुटपाट, आगजनी र तोडफोडका क्रममा कैद भएका तस्बिर र भिडियोका माध्यमबाट लुटेराहरु पक्राउ गरिरहेको छ ।

प्रहरीले सामाजिक सञ्जालमा आएका सबै फोटो र भिडियो संकलन गर्ने कामलाई तीव्रता दिएको छ । ती फोटो र भिडियोका आधारमा पहिचान भएकामध्ये भाटभटेनी प्रकरणमा सातजना समातिएका हुन् ।

प्रहरीका अनुसार भाटभटेनी लुटमा संलग्नमध्ये सिन्धुलीकी १५ वर्षीया चित्रमाया बस्नेत र १७ वर्षीया सुस्मिता बराल पक्राउ परेका छन् ।

त्यसैगरी सिन्धुपाल्चोककी ३७ वर्षीया निर्मला कार्कीलाई पनि प्रहरीले भाटभटेनी लुटमा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ । उता नुवाकोटकी ४३ वर्षीया सुशीला कुमाल पनि यस प्रकरणमा नरेफाँटबाट पक्राउ परेकी छन् ।

धरानकी ४१ वर्षीया एलिसा राईलाई पनि प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ । कोटेश्वरबाट ७० वर्षीया बालकुमारी कार्कीलाई पनि प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ । उनीहरू सबैलाई पक्राउपछि प्रहरी वृत्त नयाँबानेश्वरको हिरासतमा राखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुबईबाट फर्किने यात्रु ल्यापटप ओसार्न लगाउँदै, न्युरोडमा भन्सार छलेर पसल चलाउँदै

व्यापारीसहित ७ जना पक्राउ, ७२ थान ल्यापटप बरामद

पक्राउ परिन् युट्युबर गंगा लामा

काठमाडौं । युट्युबर गंगा लामा पक्राउ परेकी छन् । साइबर अपराधको कसुरमा प्रहरीले लामालाई मङ्गलवार पक्राउ गरेको हो । मोरङको मिक्लाजुङ गाउँपालिका ६ बेत...

विदेशबाट फर्केर बगरमा तरभुजाखेती

देउखुरी । लमहीका युवराज पौडेल दुई वर्ष साउदीअरब बसेर २०७५ सालमा नेपाल आए। यहाँ आएपछि के काम गर्ने भन्ने उनलाई अन्योल थियो। साउदीमा पानीको मात्रा धेरै ...

नेपालीभाषीलाई पुनः देश निकाला गर्न थाल्यो भुटान, अन्तर्राष्ट्रिय समुदाय गुहार्दै शरणार्थी अगुवा

काठमाडौं  । प्रजातन्त्रको घोषणापश्चात् पनि भुटान सरकारले आफ्ना नागरिकहरूलाई बलपूर्वक देश निष्कासन गर्ने र बेपत्ता पार्ने काम अझै गरिरहेको भन्दै भुटानी...

घुमाउने पुल निर्माण, १० वर्षमा ३० प्रतिशत मात्रै भौतिक प्रगति

तनहुँ। चितवन र तनहुँ जोड्ने घुमाउनेस्थित त्रिशूली नदीमाथि निर्माणाधीन मोटरेवल पुलको १० वर्षको अवधिमा ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। विसं २०...

‘लाज शरणम्’ का बालकलाकार केसीको कुपोषणबाट निधन

काठमाडौं । महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ। २०६६ स...

स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाएका छन् । मन्त्रालयअन्तर्गतका वि...

पटाका गोदाममा भीषण विस्फोट, १७ को मृत्यु, पाँच घाइते

काठमाडौं  । भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । बनासक...

राजावादीको निसानामा परेको जडीबुटी कम्पनी उत्पादन गर्ने अवस्थामा कहिले आउला ?

काठमाडडौं । ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्...

तलब भत्तामार्फत आएको ७९ लाख सामाजिक सेवामा खर्चिए गण्डकीका मन्त्री थापाले

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तलब भत्तामार्फत आएको रकम सामाजिक काममा खर्चिएका छन् । उनले ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy