फिदिम । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजतन्त्र फर्काउने बहानामा उदण्ड मच्चाउने जोकोही कारबाहीको दायरामा आउने बताएको छ ।
मदन भण्डारी फाउन्डेसन पाँचथरले सोमबार फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले आन्दोलनको नाममा व्यक्तिहत्या, आगजनी र तोडफोडको नेतृत्व गरेका दुर्गा प्रसाई चाँडै पक्राउ पर्ने स्पष्ट पारे।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको सन्दर्भ पारेर फागुन ७ गते दिएको अभिव्यक्तिका कारण उनका समर्थक सल्बलाएका हुन, तसर्थ यो घट्नाको मुख्य जिम्मेवार पनि उनै हुन’ ज्ञवालीले भने ।
राजा फर्काउने नाममा गरिएको आन्दोलनलाई कुनै पनि कोणबाट राजनीतिक भन्न नसकिने बताउँदै ज्ञवालीले राजसंस्था फर्काउँछौं भन्नेहरूको असली अनुहार उनीहरूको व्यवहारबाट प्रष्ट देखिएको बताए ।
‘कोटेश्वरमा पत्रकारलाई जिउँदै जलाउनु, भाटभटेनीमा लुटपाट गर्नु, कान्तिपुर र अन्नपूर्ण पोष्टसहितका सञ्चार गृहमा हुलहुज्जत गर्नु र प्रहरीको बन्दुक खोसिरहेको दृश्य कैदगर्दा पत्रकारका खुट्टा भॉच्नु आदि क्रियाकलापले राजावादीको असली व्यवहार छर्लङ्गै भएको छ’ उनले भने ।
आन्दोलनका नाममा उदण्डता मच्चाउने भिडको नेतृत्व गरिरहेका दुर्गा प्रसाई चाँडै पक्राउ पर्ने र घट्नामा दोशी ठहरिएकालाई कानुनी कारबाही हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।
‘दुर्गा प्रसाई जुन दल र समूहमा जान्छन, उनले त्यही दल र समूहलाई भजाएर व्यक्तिगत फाइदा लुट्ने र भाइरल हुने काम मात्र काम गर्छन, कुनै बेला उनी एमालेका केन्द्रीय सदस्य थिए । उनले एमालेमा प्रवेश पाउनु पार्टीका लागि दुर्भाग्य थियो’ ज्ञवालीले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८१ - १७:२२
काठमाडौं। राजावादी आन्दोलनमा ज्यान गुमाएका परिवारजनले १० लाख रूपैयाँ क्षतिपुर्ति पाउने भएका छन । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्...
चैत्र २० गते, २०८१ - १७:०१
गुलरिया । बर्दियामा चितुवाको आक्रमणबाट १० वर्षीय बालक घाइते भएका छन् । गुलरिया नगरपालिका ५ बालापुरका सिर्जन थारू चितुवाको आक्रमणबाट घाइते भएका हुन् । ...
चैत्र २० गते, २०८१ - १६:४५
काठमाडौं। नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ। वरिष्ठ लोकप्रिय गायक र...
चैत्र २० गते, २०८१ - १६:३०
जनतासँग माओवादी, तराई मधेश जागरण अभियान पुनः सुरु
चैत्र २० गते, २०८१ - १६:११
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा विभागले सात वटा फर्मलाई कागजातसहित विभागमा उ...
चैत्र २० गते, २०८१ - १५:५४
वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सहमतीका आधारमा गठन गरिएको छ। स्ववियु गठनको विषयले...
चैत्र २० गते, २०८१ - १५:४२
काठमाडौं । मंगलबार सेयर बजार २७ सय अंकमा पुगेको छ । आज एकै दिन नेप्से २५.३१ अंकले बढेर हरियाली छाएको छ, जसअनुसार २७०१.४८ विन्दुमा पुगेर रोकिएको छ ।...
चैत्र २० गते, २०८१ - १५:३२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहम...
चैत्र २० गते, २०८१ - १४:४३
काठमाडौं । भुकम्प पीडितलाई राहात सामाग्री बोकेेर नेपाली सेनाको टोली म्यान्मारतर्फ प्रस्थान गरेको छ। म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ ...
चैत्र २० गते, २०८१ - १४:३७
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गरेको छन । मन्त्रालयमा...
प्रतिकृया लेख्नुहोस्: