काठमाडौं । दुबईबाट फर्किने यात्रुलाई ल्यापटप ओसार्न लगाएर भन्सारछली गरेको अरोपमा न्युरोडका एक व्यापारीसहित ७ जना पक्राउ परेका छन्।
न्युरोडको संकटा मन्दिरनजिक रहेको एलिटेड सप्लायर्स प्रालिबाट यसरी भन्सार छली गरेर ल्याएका डेल कम्पनीका ७२ थान ल्यापटप पनि प्रहरीले बरामद गरेको छ।
पक्राउ पर्नेमा एलिटेड सप्लायर्सका सञ्चालक मोरङको विराटनगर महानगरपालिका १५ घर भई हाल काठमाडौँको कंलकी बस्ने ३० वर्षका रसिद आलम, मकवानपुर राक्सीराङ गाउँपालिका ९ घर भई हाल सितापाइला बस्ने २६ वर्षका चित्रबहादुर मल्ल ठकुरी, सोही ठाउँका २४ वर्षका हुकुमबहादुर मल्ल र उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल बौद्ध बस्ने ३१ वर्षका सुमीत केसी रहेका छन् ।
उनीहरू तीनै जना दुबईबाट ल्याएका सामान लिन होटलसम्म पुगेका थिए। दुबईबाट ल्यापटप लिएर आउने महोत्तरी बलवा नगरपालिका १२ का २८ वर्षका राकेश गिरी, पाल्पा रम्भा गाउँपालिका १ का ४१ वर्षका तारा बहादुर रेस्मी मगर र पाँचथरको मिक्लाजुङ गाउपालिका ३ की ३५ वर्षकी कमला फियाक रहेका छन्।
भन्सार छल्नका लागी व्यापारीले दुबईबाट आउने यात्रुलाई एउटा ल्यापटप र एउटा मोबाइल पठाउने गरेको खुलेको छ। यसरी विदेशबाट आउनेलाई एउटा नयाँ ल्यापटप र एउटा मोबाइल ल्याउँदा सरकारले भन्सार छुट दिएको छ।
दुबईबाट छुट्टा छुट्टै उडानमा सोमबाार नेपाल फर्किएका तीन जना बत्तीसपुतलीबाट पक्राउ परेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।
दुबईबाट फर्किने यात्रुले ल्याएका ल्यापटप बुझ्न गएका तीन जनालाई पनि प्रहरीले त्यहीँ पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा ती सामान एलिटेड सप्लायर्समा लैजाने गरेको खुलेपछि प्रहरीले त्यहाँ छापा मारेको थियो। पसल सञ्चालक आलमले पहिलेदेखि नै यसरी सामान ल्याएर बेच्ने गरेको खुलेको एसपी जीसीले बताए।
प्रहरीले पसल तथा स्टोरमा खानतलासी गर्दा बिल नभएका डेल कम्पनीका ६९ थान ल्यापटप र २ थान मोबाइद्य बरामद गरेको हो। बरामद भएका सामानसहित सातै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय पठाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: