काठमाडौं । दुबईबाट फर्किने यात्रुलाई ल्यापटप ओसार्न लगाएर भन्सारछली गरेको अरोपमा न्युरोडका एक व्यापारीसहित ७ जना पक्राउ परेका छन्।
न्युरोडको संकटा मन्दिरनजिक रहेको एलिटेड सप्लायर्स प्रालिबाट यसरी भन्सार छली गरेर ल्याएका डेल कम्पनीका ७२ थान ल्यापटप पनि प्रहरीले बरामद गरेको छ।
पक्राउ पर्नेमा एलिटेड सप्लायर्सका सञ्चालक मोरङको विराटनगर महानगरपालिका १५ घर भई हाल काठमाडौँको कंलकी बस्ने ३० वर्षका रसिद आलम, मकवानपुर राक्सीराङ गाउँपालिका ९ घर भई हाल सितापाइला बस्ने २६ वर्षका चित्रबहादुर मल्ल ठकुरी, सोही ठाउँका २४ वर्षका हुकुमबहादुर मल्ल र उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल बौद्ध बस्ने ३१ वर्षका सुमीत केसी रहेका छन् ।
उनीहरू तीनै जना दुबईबाट ल्याएका सामान लिन होटलसम्म पुगेका थिए। दुबईबाट ल्यापटप लिएर आउने महोत्तरी बलवा नगरपालिका १२ का २८ वर्षका राकेश गिरी, पाल्पा रम्भा गाउँपालिका १ का ४१ वर्षका तारा बहादुर रेस्मी मगर र पाँचथरको मिक्लाजुङ गाउपालिका ३ की ३५ वर्षकी कमला फियाक रहेका छन्।
भन्सार छल्नका लागी व्यापारीले दुबईबाट आउने यात्रुलाई एउटा ल्यापटप र एउटा मोबाइल पठाउने गरेको खुलेको छ। यसरी विदेशबाट आउनेलाई एउटा नयाँ ल्यापटप र एउटा मोबाइल ल्याउँदा सरकारले भन्सार छुट दिएको छ।
दुबईबाट छुट्टा छुट्टै उडानमा सोमबाार नेपाल फर्किएका तीन जना बत्तीसपुतलीबाट पक्राउ परेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।
दुबईबाट फर्किने यात्रुले ल्याएका ल्यापटप बुझ्न गएका तीन जनालाई पनि प्रहरीले त्यहीँ पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा ती सामान एलिटेड सप्लायर्समा लैजाने गरेको खुलेपछि प्रहरीले त्यहाँ छापा मारेको थियो। पसल सञ्चालक आलमले पहिलेदेखि नै यसरी सामान ल्याएर बेच्ने गरेको खुलेको एसपी जीसीले बताए।
प्रहरीले पसल तथा स्टोरमा खानतलासी गर्दा बिल नभएका डेल कम्पनीका ६९ थान ल्यापटप र २ थान मोबाइद्य बरामद गरेको हो। बरामद भएका सामानसहित सातै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय पठाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: