Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनमा चुनौती : राष्ट्रपति पौडेल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेवारी सञ्चारमाध्यमको भएको बताएको छन । बुधवार सिंहदरबारमा आयोजित सार्वजनिक प्रशारण सेवा रेडियो नेपाल ७५ औँ वर्ष प्रवेशका अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।

उनले पछिल्लो समय इन्टरनेट र प्रविधिको विकासले सामाजिक सञ्जालमार्फत नागरिक पत्रकारिताको बलियो भएको बताए। उनले प्राकृतिक घटना, महामारीलगायत विपद्को समयमा सञ्चारमाध्यम विशेष गरी रेडियोको भूमिका महत्वपूण रहेको उल्लेख गरे। 

राष्ट्रपति पौडेलले आफ्नो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको भन्दै रोडियो नेपालको साढे सात दशक लामो प्रशारण यात्राले फड्को मारी विभिन्न जातजाती र भाषाभाषीको आवाज बन्न सकेको बताए। मुलुकमा लोकतन्त्रको स्थापनापछि सञ्चारमाध्यमको विकासले गति लिएको भन्दै उनले प्रभावकारी सञ्चालनका लागि चुनौति थपिएको बताए। 

उनले भने,'सार्वजनिक प्रशारणको मर्म, भावना र उद्देश्यअनुरुप यसले आगामी दिनमा प्रभावकारी रुपले काम गर्नुपर्ने चुनौती तपाईंहरु सामु छ । स्वतन्त्र स्वायत्त संस्थाको रुपमा सार्वजनिक प्रशारण माध्यमको विकास भएको हो । त्यसैले लोतान्त्रिक मूल्य मान्यता, स्वतन्न्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक प्रसारण सेवका सम्बन्धमा विश्वले स्वीकारेको आधारभूत मान्यतालाई आत्मसात गर्ने मैले विश्वास लिएको छु। '

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीलाई रास्वपाको सदस्य बनाइएको फेक पोस्टरबारे एमाले सांसदको आपत्ति

काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार  राजस्व दाखिला भएको छ ...

इभी आयात प्रकरणमा संसदीय छानबिन समिति आवश्यक - राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विद्युतीय सवारीसाधन (इभी) आयात सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। ...

आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए आफू ...

नेपालमा नयाँ प्रकारका ड्रग्सको प्रयोग बढ्दो: १९–४५ उमेर समूह जोखिममा

काठमाडौँ। नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ। ...

कर्णाली करिडोर भासियो, यातायात ठप्प

कालीकोट। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सडकको एक भाग भासिएर क...

सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार...

रौतहटमा ९० लाखको फर्सीको बीउ बरामद

गौर। रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलबाट प्रहरीले अवैध रूपमा राखिएको करिब ९० लाख १६ हजार रुपियाँ बराबरको फर्सीको बीउ बरामद गरेको छ। विशेष सूचनाको...

आयातित सवारीमा ५ अर्बभन्दा बढी राजस्व हिनामिना भएको राप्रपाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आ...

गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. भण्डारी नियुक्त

लेखनाथ। गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त भएको छन्। विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले डा. भण्डारीलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending