Ntc summer Offer
Khabar Dabali २६ चैत्र २०८१ मंगलवार | 8th April, 2025 Tue
Investment bank

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

जनतासँग माओवादी, तराई मधेश जागरण अभियान पुनः सुरु

खबरडबली संवाददाता

बाँके। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताएका छन ।

बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन ।

हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने,  ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ ।’ जनमुक्ति सेनाको झण्डै ४० प्रतिशत संख्या महिला रहेको स्मरण गर्दै उहाँले महिला कमाण्डरले नेतृत्व गरेका सबै लडाई जितिने गरेको पनि स्मरण गरे ।

हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाहरुले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताउँदै प्रचण्डले भने,  ‘महिलाहरु चुलो चौकाबाट निस्केर बन्दुक बोकेर युद्ध मोर्चामा जान तयार नभएको भए आजको राजनीतिक परिवर्तन संभव थिएन र राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सभागिताको संवैधानिक सुनिश्चितता अझ धेरै टाढाको विषय हुने थियो ।’

अध्यक्ष प्रचण्डले अगाडी भने,  ‘यो नेपालसहित संसारभरिकै समानता पक्षधर श्रमजीवी जनताका लागि उर्जाको स्रोत बनेको छ भने सामन्तहरुका लागि आफ्नो हैकम खोसिएकोमा चुनौतीको विषय बनेको छ ।’

जनयुद्धको रापतापबाट महिला, जनजाति, किसान, मजदुर, दलित, मधेशी, मुस्लिम लगायत उत्पीडित वर्गको मुक्तिका लागि ऐतिहासिक सफलता प्राप्त गरे पनि पछिल्ला आठ दश वर्षमा पार्टीले आफ्नो वर्ग र समुदायसँगको सम्बन्ध कायम राख्न केही कमजोरी भएको स्विकार गरेका छन । ‘कतै न कतै कमजोरी भयो भन्ने महसुस गरेर नै पछिल्लोपटक सरकारको नेतृत्व गर्दा रुपान्तरणको अभियान सुरु गरियो । यसले दलाल बिचौलियाहरु आतंकित र चिन्तित हुन थाले,’ अध्यक्ष प्रचण्डले भने,  ‘माओवादी सरकारमा रहिरह्यो भने हाम्रो सेटिङको जालो भत्कने भयो भनेर नै सरकार ढालिएको नेपाली जनताले प्रष्टरुपमा बुझिसकेका छन् ।’ माओवादी नेतृत्वको सरकार कांग्रेस–एमालेले ढालेको नभई दलाल र विचौलियाहरुले ती दलका केही नेतालाई कब्जा गरेर सरकार ढालिएको उनले जनाए ।


सरकारले अहिले जताततै बेथिति बढाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विद्युत प्राधिकरणको नेतृत्व हटाउने, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई काम गर्न नदिनेदेखि राष्ट्र बैंकमा आफ्नो अनुकूल गभर्नर ल्याउन अस्वभाविक रुपमा कार्यविधि परिवर्तन गर्नेसम्मका काम भइरहेको बताए । सरकारको जग नै गलत भएकाले यसले अझ बढी गलत गर्दै जाने खतरा देखेर नै पार्टीले सरकारविरुद्ध खबरदारी अभियान थालेको उनले स्पष्ट पारेका छन । 

अब आफ्नै वर्ग र समुदायमा फर्केर आफ्नै एजेण्डाको बलमा कसैसँग सहकार्य नगरेर एक्लै निर्वाचन लड्ने सङ्कल्पका साथ अघि बढेको जानकारीसमेत उनले दिए ।

रोकिएको अभियान पुनः सुरु

अध्यक्ष प्रचण्डले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेश जागरण अभियान पुनः सुरु गरिएको जानकारी दिए । अभियान नवलपरासीबाट सुरु गर्नु पर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरु गरिएको उनले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु

डोटी। डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना ...

संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन भएको बताएको छन । फरियन अफेयर...

कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन : ३१ बैठक, सात विधेयक पारित

सुर्खेत । कर्णाली प्रदेशसभाले धमाधम कानुन निर्माण गरिरहेको छ । दोस्रो कार्यकालको पाँचौ अधिवेशनबाट मात्र सातवटा विधेयक पारित भएका छन् । यो अवधिमा सर...

सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण

काठमाडौं। सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल प्रहरीको आरोहण दलका सदस्यलाई शुभकामनासहित सफलताका लागि  बिदाइ गरिएको छ।  नेपाल प्रहरी प्रधान कार्य...

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झलनाथले सोधेः राष्ट्रिय भाउजू भनेको बुझ्नुहुन्छ नि तपाईंहरू ?

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बहुदल आएपछि पनि भ्रष्टाचारलगायतका समस्याहरू उस्तै रहेको बताएका ...

संसदीय समितिले मानवअधिकारको अवस्थाबारे अध्ययन गर्ने

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन...

तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

काठमाडौ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।  गभर्नर...

शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखबाटै वार्ता पहल होस्ः कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघसँग भएका विगतका म्झौताहरू पूरा गर्न ...

गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक, घोषणामै सीमित

तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्...

अल्लु अर्जुनको फिल्ममा हुने छैनन प्रियंका चोपडा

मुम्बई। अभिनेत्री प्रियंका चोपडा माभेरिक निर्देशक एसएस राजामौली र सुपरस्टार महेश बाबुको एसएसएमबी २९ बाट ठूलो भारतीय सिनेमामा पुनरागमन गर्दैछिन्। यसको ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy