काठमाडौं। नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ।
वरिष्ठ लोकप्रिय गायक राम कृष्ण ढकाल एण्ड ब्याण्डको विशेष प्रस्तुति रहने उक्त कार्यक्रमलाई ‘न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’ नाम दिइएको छ । कार्यक्रममा गायक ढकालका अलावा अन्य राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहने छ ।
चैत ३१ गते बेलुका ६ बजेबाट सुरु हुने उक्त कार्यक्रम राती १२ बजेसम्म चल्नेछ। कार्यक्रमलाई नेपाल कै चर्चित उद्घोषिका र नायिका रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । ‘न्यु इयर इभ एट जर्मन होम्स’ मा साङ्गीतिक कार्यक्रमको साथसाथै कमेडी, साल्सा नृत्य र डीजे सेसन पनि रहने छ ।
न्यु जर्मन आर्किटेक्चरमा बनेको भव्य हल उद्घाटन समेत रहेको उक्त कार्यक्रममा करिब १५ सय देखी २ हजार दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ। ‘न्यु इयर इभ एट जर्मन होम्स’ मा सहभागिता जनाउन यही चैत २२ गते बाट खल्ती एप मार्फत टिकट वुकिङ्ग गर्न सकिनेछ भने डोर सेलको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुने मध्यबाट एक जनाले थाइल्यान्ड ट्रिपको पुरस्कार प्राप्त गर्न सक्नेछन् भने अन्य विशेष उपहारहरू पनि रहेका छन् ।
जर्मन होम्समा आयोजना हुने यो विशेष कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारीहरू तीव्र रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ । २०८१ साललाई धन्यवाद भन्दै नयाँ ऊर्जाका साथ २०८२ साललाई स्वागत गर्नको लागी भव्य कार्यक्रमको आयोजना गरेको जर्मन होम्स होटेल ७ इभेन्ट भेन्युका सञ्चालक एवम् कार्यकारी निर्देशक राजन कार्कीले जानकारी दिनु भयो । नयाँ वर्षको पूर्वसन्ध्यामा भव्य साङ्गीतिक वातावरणको आनन्द लिन इच्छुक सम्पूर्णलाई कार्यक्रम स्थलमा उपस्थित हुन आयोजक टिमले आग्रह गरेको छ।
नयाँ होटेल रुम र १५०० जनाको क्यापासिटी रहेको बलरुम साथै इनडोर र आउटडोर सुविधा दिई रहेको जर्मन होम्स हस्पिटालिटी(होटेल एण्ड इभेन्ट भेन्यु) बिगत ४ वर्ष देखी गठ्ठाघरमा रही उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएको एक प्रतिष्ठित गन्तव्य हो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - १७:४८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...
माघ १६ गते, २०८२ - १७:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...
माघ १६ गते, २०८२ - १७:०७
काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...
माघ १६ गते, २०८२ - १६:५८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...
माघ १६ गते, २०८२ - १६:४१
काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...
माघ १६ गते, २०८२ - १६:२९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...
माघ १६ गते, २०८२ - १६:१२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...
माघ १६ गते, २०८२ - १५:४२
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...
माघ १६ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...
माघ १६ गते, २०८२ - १५:२४
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...




प्रतिकृया लेख्नुहोस्: