काठमाडौं। नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ।
वरिष्ठ लोकप्रिय गायक राम कृष्ण ढकाल एण्ड ब्याण्डको विशेष प्रस्तुति रहने उक्त कार्यक्रमलाई ‘न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’ नाम दिइएको छ । कार्यक्रममा गायक ढकालका अलावा अन्य राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहने छ ।
चैत ३१ गते बेलुका ६ बजेबाट सुरु हुने उक्त कार्यक्रम राती १२ बजेसम्म चल्नेछ। कार्यक्रमलाई नेपाल कै चर्चित उद्घोषिका र नायिका रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । ‘न्यु इयर इभ एट जर्मन होम्स’ मा साङ्गीतिक कार्यक्रमको साथसाथै कमेडी, साल्सा नृत्य र डीजे सेसन पनि रहने छ ।
न्यु जर्मन आर्किटेक्चरमा बनेको भव्य हल उद्घाटन समेत रहेको उक्त कार्यक्रममा करिब १५ सय देखी २ हजार दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ। ‘न्यु इयर इभ एट जर्मन होम्स’ मा सहभागिता जनाउन यही चैत २२ गते बाट खल्ती एप मार्फत टिकट वुकिङ्ग गर्न सकिनेछ भने डोर सेलको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुने मध्यबाट एक जनाले थाइल्यान्ड ट्रिपको पुरस्कार प्राप्त गर्न सक्नेछन् भने अन्य विशेष उपहारहरू पनि रहेका छन् ।
जर्मन होम्समा आयोजना हुने यो विशेष कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारीहरू तीव्र रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ । २०८१ साललाई धन्यवाद भन्दै नयाँ ऊर्जाका साथ २०८२ साललाई स्वागत गर्नको लागी भव्य कार्यक्रमको आयोजना गरेको जर्मन होम्स होटेल ७ इभेन्ट भेन्युका सञ्चालक एवम् कार्यकारी निर्देशक राजन कार्कीले जानकारी दिनु भयो । नयाँ वर्षको पूर्वसन्ध्यामा भव्य साङ्गीतिक वातावरणको आनन्द लिन इच्छुक सम्पूर्णलाई कार्यक्रम स्थलमा उपस्थित हुन आयोजक टिमले आग्रह गरेको छ।
नयाँ होटेल रुम र १५०० जनाको क्यापासिटी रहेको बलरुम साथै इनडोर र आउटडोर सुविधा दिई रहेको जर्मन होम्स हस्पिटालिटी(होटेल एण्ड इभेन्ट भेन्यु) बिगत ४ वर्ष देखी गठ्ठाघरमा रही उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएको एक प्रतिष्ठित गन्तव्य हो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १७:५०
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...
श्रावण २६ गते, २०८३ - १७:३६
कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...
श्रावण २६ गते, २०८३ - १७:२२
काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...
श्रावण २६ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...
श्रावण २६ गते, २०८३ - १६:५०
काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १६:१०
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...



प्रतिकृया लेख्नुहोस्: