Ntc summer Offer
Khabar Dabali २५ चैत्र २०८१ सोमबार | 7th April, 2025 Mon
Investment bank

चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीको चुरेपाखाका वनमा फैलिएको डढेलोले क्षति पुर्‍याउन थालेको छ । केही दिनदेखि जिल्लाको चुरेवर्ती विभिन्न सामुदायिक वनमा डढेलो फैलिएको स्थानीयले बताएका छन् । 

ईश्वरपुर नगरपालिका १२, मा पर्ने सिद्धेश्वरी सामुदायिक वनमा तीन दिनदेखि फैलिएको डढेलोले खानेपानीको पाइप जल्दा २५ घरधुरीमा खानेपानीको समस्या भएको छ । 

डढेलोमा परेर पाइप जलेपछि गुइडुङ, टुडी र अड्डी क्षेत्रमा खानेपानीको समस्या भएको हो । वन डढेलोले ५० मिटर भन्दा बढी पाइप जलेपछि धारामा पानी आउन छाडेको अड्डी गाउँका लालविर योञ्जनले जानकारी दिए । 

गाउँलेले प्रयास गरेपनि डढेलो निभाउन नसकेको उनले बताए । “डढेलोले वनमा विछ्याइएको पाइप सबै ध्वस्त पारेको छ,” योन्जनले भन्नुभयो, “भीरपाखामा लागेको डढेलो निभाउने प्रयास गरेपनि सम्भव भएन ।” 

यहाँ गत वर्ष मात्रै बाँके खोलाबाट लिफ्टिङ गरेर खानेपानी पुर्‍याइएको थियो । डढेलोले खानेपानीको पाइप जलेपछि फूलजोर खोलामा रहेको कुवाको धमिलो पानी खाइरहेको योञ्जनले बताए । 

सिद्धेश्वरी सामुदायिक वनका अध्यक्ष तथा खानेपानी उपभोक्ता समितिको समेत अध्यक्ष रहेका वीरबहादुर थिङले डढेलोले ठाउँठाउँमा पाइप काटेकाले समस्या परेको बताउनुभयो । खानेपानीको पाइप सखाप पारेको डढेलोले पाखामा रहेका घरहरु समेत जोखिममा पारेको वनका अध्यक्ष थिङले बताएको छन । 

ूमङ्गलबार राति गाउँले गएर डढेलो निभाउन खोज्यौँ तर धेरै ठूलो आगो फैलिएकाले सम्भव नै भएन,” थिङले भन्नुुभयो, “तराईफाँटमा जस्तो हाम्रोतिरको भीरपाखामा लागेको डढेलो निभाउन असाध्य मुस्किल पर्छ ।” 

सर्लाहीको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरेपाखामा बाक्लो मानव बस्ती छ । यि चारवटै पालिकाका चुरेपाखामा रहेका सामुदायिक वनमा केही दिनदेखि निरन्तर डढेलो लागिरहेको स्थानीयले बताएका छन् । 

गाउँका युवा मिलेर वन डढेलो निभाउने गरेको भएपनि पल्छिल्ला वर्षहरुमा युवा पुस्ता वैदेशिक रोजगारमा पलाउने भएकाले वनमा लागेको डढेलो निभाउन जाने मानिस समेत नरहेका गुनासो आएको छ । चुरेको जङ्गल नै जङ्गलले घेरिएको लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गोरखबहादुर बलले जताततै तीव्ररुपमा डढेलो अघि बढेको बताए। 

दुुई दिनअघि वन डढेलोले बोहोरेडाँडाबाट चिसापानीतर्फ निर्माणाधीन खानेपानी पाइपलाइन जल्ने अवस्था आएपछि १० बजे राति आठ(दस जना गाउँले पुुगेर डढेलो नियन्त्रणमा लिएकाले पाइप जल्नबाट जोगिएको वडाध्यक्ष बलले जानकारी दिए। भौगोलिकरुपमा विकट चुरेपाखामा लागिरहेको डढेलो निभाउन असाध्य समस्या रहेको वडाध्यक्ष बलले बताए । 

डढेलोले आफ्नो वडामा चुरे जङ्गलभित्र रहेका दर्जनौँ घर जोखिममा परेका वडाध्यक्ष बलले बताए। “पहाडैपहाड भएकाले समथर भू–भागमा जस्तो चुरेपाखाको डढेलो निभाउन गाह्रो छ,” वडाध्यक्ष बलले भने, “जङ्गलसँग जोडिएको घर जल्ने जोखिम धेरै छ ।” 

लालबन्दी १५ मा गत वर्ष डढेलोमा परेर एउटा घर, गोठ र दुुईवटा गोरु जलेका थिए । चुरेफेदीका गाउँबाट साँझपख उत्तरतर्फका चुरेजङ्गलमा भीषणरुपमा डढेलो फैलिएको दृश्य देख्ने गरिएको स्थानीयले बताएका छन् । 

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाले मानवीय लापरवाहीका कारण वन डढेलो फैलिएको बताउनुभएको छ । झाले घाँस पलाउने र शिकार गर्ने लोभले वनमा डढेलो लगाउने परिपाटी देखिएको बताए। 

वन कार्यालयको एकल प्रयासले मात्रै डढेलो निभाउन कठीन हुने भएकाले स्थानीय वासिन्दा र उपभोक्ता समितिले नै डढेलो नियन्त्रणका लागि अगुवाई गर्नुपर्ने डिभिजन वन प्रमुख झाको भनाइ छ । “डढेलो नियन्त्रण गर्न भनेर हामीले यो वर्ष १० जना अग्नी नियन्त्रक नियुक्त गरेका छौँ,” डिभिजन वन प्रमुख झाले भने, “वन कार्यालयले मात्रै त डढेलो निभाउन सम्भव छैन, त्यसका लागि उपभोक्ता र समितिहरु पनि सक्रिय हुन जरुरी छ ।” 

केही साताअघि डढेलो लागिसकेका वनमा पुनः सुकेको पात झरेर हावाहुरी चल्दा पुनस् डढेलो लाग्न थालेको छ । फूलजोर, बाँके, सागरनाथ, मूर्तिया, परवानीपुर लगायत क्षेत्रका वनमा अझै डढेलो लागिरहेको स्थानीयले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु

डोटी। डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना ...

संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन भएको बताएको छन । फरियन अफेयर...

कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन : ३१ बैठक, सात विधेयक पारित

सुर्खेत । कर्णाली प्रदेशसभाले धमाधम कानुन निर्माण गरिरहेको छ । दोस्रो कार्यकालको पाँचौ अधिवेशनबाट मात्र सातवटा विधेयक पारित भएका छन् । यो अवधिमा सर...

सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण

काठमाडौं। सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल प्रहरीको आरोहण दलका सदस्यलाई शुभकामनासहित सफलताका लागि  बिदाइ गरिएको छ।  नेपाल प्रहरी प्रधान कार्य...

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झलनाथले सोधेः राष्ट्रिय भाउजू भनेको बुझ्नुहुन्छ नि तपाईंहरू ?

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बहुदल आएपछि पनि भ्रष्टाचारलगायतका समस्याहरू उस्तै रहेको बताएका ...

संसदीय समितिले मानवअधिकारको अवस्थाबारे अध्ययन गर्ने

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन...

तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

काठमाडौ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।  गभर्नर...

शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखबाटै वार्ता पहल होस्ः कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघसँग भएका विगतका म्झौताहरू पूरा गर्न ...

गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक, घोषणामै सीमित

तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्...

अल्लु अर्जुनको फिल्ममा हुने छैनन प्रियंका चोपडा

मुम्बई। अभिनेत्री प्रियंका चोपडा माभेरिक निर्देशक एसएस राजामौली र सुपरस्टार महेश बाबुको एसएसएमबी २९ बाट ठूलो भारतीय सिनेमामा पुनरागमन गर्दैछिन्। यसको ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy