Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन : ३१ बैठक, सात विधेयक पारित

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेशसभाले धमाधम कानुन निर्माण गरिरहेको छ । दोस्रो कार्यकालको पाँचौ अधिवेशनबाट मात्र सातवटा विधेयक पारित भएका छन् ।

यो अवधिमा सरकारले कानुन निर्माणलाई जोड दिएको थियो । जनताका आवश्यकतासँग जोडिएका कानुन निर्माणमा जोड दिएको प्रदेश सरकारले जनाएको छ । संवैधानिक रूपमा प्रदेशसभालाई सरकारले काम दिनुपर्छ । आवश्यकता अनुसारका कानुन निर्माणका लागि विधेयक तयार पार्ने र सभामा पेस गर्ने जिम्मेवारी सरकारको हुन्छ । 

सभाको अधिवेशन बोलाउने र अन्त्य गर्ने सिफारिससमेत सरकारले नै गर्दछ । अहिले जनतासँग जोडिएका कानुन निर्माणमा जोड दिएको मुख्यमन्त्री यामलाल कँडेलले बताए । पछिल्लो समय प्रदेशसभाको सक्रियताका कारण कानुन निर्माण तीव्र गतिमा भइरहेको उनको भनाइ छ । 

उनले धेरै कानुन बनाउनुभन्दा पनि आवश्यक र कार्यान्वयन गर्न सकिने कानुन निर्माणमा जोड दिएको जानकारी दिए। दोस्रो कार्यकालको पाँचौ अधिवेशन अन्त्य हुनुअघि यो अधिवेशनबाट सातवटा विधेयक पारित भएका छन् । 

कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा ९पहिलो संशोधन० विधेयक, दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश बिउ–बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन् । 

पाँचौ अधिवेशनबाट सबैभन्दा धेरै विधेयक पारित भएका हुन् । दोस्रो कार्यकालको हालसम्ममा १४ वटा विधेयक पारित भएका छन् । जसमा पहिलो, दोस्रो, तेस्रो र चौथो अधिवेशनमा गरेर जम्मा सातवटा विधेयक पारित भएका थिए । पाँचौ अधिवेसनमा मात्र थप सातवटा विधेयक पारित भएका छन् ।

दोस्रो कार्यकालको पाँचौ अधिवेसनसम्म प्रदेश सभा सचिवालयमा १८ वटा विधेयक दर्ता भएका थिए । १४ वटा विधेयक पारित भए भने नौवटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् ।

अब पाँच वटा विधेयक प्रमाणीकरण हुने चरणमा रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार अन्य विधेयक पनि प्रमाणीकरणकै चरणमा छन् । एउटा विधेयक छलफलकै क्रममा रहेको छ । कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अर्थ तथा प्राकृतिक स्रोत समितिमा छलफलको क्रममा रहेको छ । 

एउटा विधेयक प्रदेश सभामा टेबुल भएको छ । स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक टेबुल भएको हो । दुई वटा विधेयक फिर्ता भएका छन् । जसमध्ये कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभाबाट फिर्ता भएको हो । 

कर्णाली प्रदेश निजामती सेवा ९पहिलो संशोधन० विधेयक, २०८१ प्रदेशसभा सचिवालयबाट फिर्ता भएको छ । यो विधेयक फिर्ता गरिए पनि पुनः परिमार्जनसहित कर्णाली प्रदेश निजामति सेवा ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरिएको छ । 

पहिलो कार्यकालको पाँच वर्षमा ५३ वटा ऐन निर्माण गरेको सभाले अहिले दोस्रो कार्यकालको पाँचौ अधिवेससम्म १४ वटा विधेयक पारित गरेको छ । दुई कार्यकालमा गरी हालसम्म ६७ वटा कानुन निर्माण भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन–२ मा रवि लामिछाने फराकिलो मतान्तरले अगाडि

भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो ...

झापा–५ को प्रारम्भिक मतगणना : बालेन ओलीभन्दा दोब्बर बढी मतले अगाडि

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सुरु भएको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले अग्रता बनाएका छन्। प्राप्त ...

कञ्चनपुरमा रास्वपाका उम्मेदवार अगाडि

कञ्चनपुर। कञ्चनपुरमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE