बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका ७ स्थित खल्ला झगडिया र आसपासको क्षेत्रमा राप्ती नदीले तीव्र रूपमा गरिरहेको कटान नियन्त्रणका लागि लुम्विनी प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
तिव्र कटानका कारण नदी गाउँ पस्ने जोखिम बढेपछि लुम्बिनी प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले राप्तीनदी नियन्त्रणका लागि तत्काल तटबन्धनको काम अघि बढाउन ५० लाख रुपियाँ बजेट विनियोजन गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले राप्ती नदीको कटान नियन्त्रणलाई तत्काल सम्बोधन गर्न बजेट विनियोजन गरेको बाँके क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य सुर्य ढकालले जानकारी दिए । सांसद ढकालले भन्नुभयो,‘ सम्माननिय प्रधनमन्त्रीज्यू र मुख्यमन्त्री ज्यूको निर्देशनपछि तत्काल काम अघि बढाउन बजेट विनियोजन भएको छ , आगामी बजेटमा थप बजेट विनियोजन हुने आशा राखेका छौं ।
सांसद ढकालको आग्रहमा केही महिना पहिले मुख्यमन्त्री आचार्य राप्ती नदीको कटानको स्थलगत अनूगमन तथा निरीक्षणका लागि सो स्थानमा पुग्नुभएको थियो । यसअघि सांसद ढकालले कटान नियन्त्रणको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको थिए भने संसदमा पटक–पटक सरकारको ध्यानाकर्षण गराएको थिए । कटान नियन्त्रणका लागि राज्यको ध्यानाकर्षण गराउन प्रतिनिधीसभा सदस्य ढकालको नेतृत्वमा स्थानीय बासिन्दाले प्लेकार्डसहित कटानस्थलमै प्रदर्शन समेत गरेका थिए ।
वर्षायाममा नदीमा पानीको बहाव बढेमा राप्तीसोनारीको वडा नम्बर ७ र नरैनापुर गाउँपालिका सम्पूर्ण रुपमा प्रभावित हुने भएकाले नदी कटान नियन्त्रणका लागि आवश्यक भएको ढकालको भनाइ छ। यसअघि सो ठाउँमा अस्थायी तटबन्ध भत्काएकोमा बजेट अभावले पुन निर्माण नगरिएपछि फेरी कटान तिव्र भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...



प्रतिकृया लेख्नुहोस्: