बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका ७ स्थित खल्ला झगडिया र आसपासको क्षेत्रमा राप्ती नदीले तीव्र रूपमा गरिरहेको कटान नियन्त्रणका लागि लुम्विनी प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
तिव्र कटानका कारण नदी गाउँ पस्ने जोखिम बढेपछि लुम्बिनी प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले राप्तीनदी नियन्त्रणका लागि तत्काल तटबन्धनको काम अघि बढाउन ५० लाख रुपियाँ बजेट विनियोजन गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले राप्ती नदीको कटान नियन्त्रणलाई तत्काल सम्बोधन गर्न बजेट विनियोजन गरेको बाँके क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य सुर्य ढकालले जानकारी दिए । सांसद ढकालले भन्नुभयो,‘ सम्माननिय प्रधनमन्त्रीज्यू र मुख्यमन्त्री ज्यूको निर्देशनपछि तत्काल काम अघि बढाउन बजेट विनियोजन भएको छ , आगामी बजेटमा थप बजेट विनियोजन हुने आशा राखेका छौं ।
सांसद ढकालको आग्रहमा केही महिना पहिले मुख्यमन्त्री आचार्य राप्ती नदीको कटानको स्थलगत अनूगमन तथा निरीक्षणका लागि सो स्थानमा पुग्नुभएको थियो । यसअघि सांसद ढकालले कटान नियन्त्रणको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको थिए भने संसदमा पटक–पटक सरकारको ध्यानाकर्षण गराएको थिए । कटान नियन्त्रणका लागि राज्यको ध्यानाकर्षण गराउन प्रतिनिधीसभा सदस्य ढकालको नेतृत्वमा स्थानीय बासिन्दाले प्लेकार्डसहित कटानस्थलमै प्रदर्शन समेत गरेका थिए ।
वर्षायाममा नदीमा पानीको बहाव बढेमा राप्तीसोनारीको वडा नम्बर ७ र नरैनापुर गाउँपालिका सम्पूर्ण रुपमा प्रभावित हुने भएकाले नदी कटान नियन्त्रणका लागि आवश्यक भएको ढकालको भनाइ छ। यसअघि सो ठाउँमा अस्थायी तटबन्ध भत्काएकोमा बजेट अभावले पुन निर्माण नगरिएपछि फेरी कटान तिव्र भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८१ - १५:२४
काठमाडौं। सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल प्रहरीको आरोहण दलका सदस्यलाई शुभकामनासहित सफलताका लागि बिदाइ गरिएको छ। नेपाल प्रहरी प्रधान कार्य...
चैत्र २५ गते, २०८१ - १५:१८
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बहुदल आएपछि पनि भ्रष्टाचारलगायतका समस्याहरू उस्तै रहेको बताएका ...
चैत्र २५ गते, २०८१ - १५:०४
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन...
चैत्र २५ गते, २०८१ - १४:१७
काठमाडौ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । गभर्नर...
चैत्र २५ गते, २०८१ - १४:१३
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघसँग भएका विगतका म्झौताहरू पूरा गर्न ...
चैत्र २५ गते, २०८१ - १४:०८
तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्...
चैत्र २५ गते, २०८१ - १३:५८
मुम्बई। अभिनेत्री प्रियंका चोपडा माभेरिक निर्देशक एसएस राजामौली र सुपरस्टार महेश बाबुको एसएसएमबी २९ बाट ठूलो भारतीय सिनेमामा पुनरागमन गर्दैछिन्। यसको ...
चैत्र २५ गते, २०८१ - १३:४६
काठमाडौ । नेपाल राष्ट्र बैंकले फेरि ३५ अर्ब खिच्ने तयारी गरेको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले चैत २५ गते बैंकिङ प्रणालीबाट ...
चैत्र २५ गते, २०८१ - १३:४०
गण्डकी । पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बिउ अनुदानमा उपलब्ध गराएको छ । महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा ...
चैत्र २५ गते, २०८१ - १३:२५
भैरहवा। रबि लामिछाने अन्ततः कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालयले अदालति प्रकिया पुरा गरे पछि उनी पुर्पक्षका लागि जेल चलान भएका हुन । ...
प्रतिकृया लेख्नुहोस्: