काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले कार्यालय समय सुरु हुनासाथ रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन् ।
आगामी सोमबारसम्म तलब हात पर्नेगरी गुरागाईंले शुक्रबार तोक लगाइदिएका महानगरपालिकाका एक कर्मचारी बताए ।
यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं हिजो कार्यालय हाजिर भएका थिए ।
उनी हाजिर गर्न पुगेलगत्तै महानगरमा केहीबेर तनाव भएको थियो । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।
प्रतिकृया लेख्नुहोस्: