काठमाडौँ । तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीमा प्रदर्शन गरेको छ । एक साताअघि राजधानीको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन, पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहित हिरासतमा रहेका सबै प्रदर्शनकारीलाई रिहा गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो ।
शुक्रबार सडकमा आएका राप्रपाका नेता कार्यकर्ताले सरकारको विरोधमा नाराबाजी गर्दै झुटा मुद्दा खारेज हुनुपर्ने, राज्य आतङ्क बन्द गरिनुपर्ने, निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने, नागरिक स्वतन्त्रता काम गर्नुपर्ने लगायतका माग गरेको छ।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक हुँदा २ जनाको मृत्यु हुनुका साथै तोडफोड र आगजनीको घटना भएको थियो ।
प्रतिकृया लेख्नुहोस्: