Ntc summer Offer
Khabar Dabali ३० चैत्र २०८१ शनिबार | 12th April, 2025 Sat
Investment bank

१५ गतेको प्रदर्शनको नेतृत्व गर्नेहरुले नै भिडलाई हिंसात्मक र निजी सम्पत्तिमाथि आगजनी गर्न उत्साएः गृहमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताएको छन । शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिदै उनले यस्तो बताएको हो ।

गृहमन्त्री लेखकले तीनकुनेमा भएको प्रदर्शनमा संविधान उल्ट्याउने र व्यवस्था मास्ने उद्देश्यले अमर्यादित र हिंसात्मक क्रियाकलापहरु भएको जिकिर गरे। उनले राजावादी समूहले शान्तिपूर्ण आन्दोलन गर्ने अनुमति लिएर निजी सम्पत्ति तोडफोड, आगजनीमा उत्रिएको बताए।

‘‘तीनकुनेमा भएको प्रदर्शन तथा कार्यक्रम नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको हामीले अवलम्वन गरेको राज्य व्यवस्था र प्रबन्धलाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो ।,’’ उनले भने, ‘‘यदि यो शान्तिपूर्ण रुपमा आफ्ना धारणाहरु राख्ने, सरकारलाई खबरदारी गर्ने, आफ्नो विचारहरु अभिव्यक्त गर्ने र सरकारको ध्यानाकर्षण गर्ने उेद्दश्यले मात्र प्रेरित थियो भन्ने भ्रममा हामी पर्‍यौं भने ठिक हुँदैन । यसको मुख्य उद्देश्य नै संविधान समाप्त गर्ने थियो । यसको मुख्य उद्देश्य नै लाकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधानलाई उल्ट्याउने थियो । यसका बारेमा दुविधा छैन र रहनु हुँदैन ।’’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको अभिव्यक्ति, फागुन २५ को प्रदर्शन तथा राजावादी नेताहरुले दिएको अभिव्यक्ति केलाएर हेर्दा संविधान र व्यवस्था उल्ट्याउने उद्देश्य नलुकेको बताए ।

गृहमन्त्री लेखकले भने, ‘‘फागुन ७ गतेका अभिव्यक्तिहरु, त्यसपछि आफू २५ गतेको प्रदर्शन तथा घटनाहरु ति कुराहरुलाई थप अगाडि बढाउँदै विभिन्न मानिसहरुबाट अभिव्यक्त धारणाहरु, नेतहरु लुक्ने ठाउँ खोज हामी आउँदैछौं भन्ने लगायतका पृष्ठभूमिलाई केलाएर हेर्दा संविधान उल्ट्याउने र यो व्यवस्थालाई समाप्त गर्ने उद्देश्य कहीँ लुकेको छैन ।’’

उनले प्रदर्शनको नेतृत्व गर्नेहरुले नै भिडलाई हिंसात्मक र निजी सम्पत्तिमाथि आगजनी गर्न उत्साएको उनको आरोप छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुनेवाला ससुरा आफ्नो पुर्व प्रेमी परेपछि....

लन्डन । स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ ।  बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो ह...

बल्खु प्रदर्शनबाट पक्राउ परेका चार जना को को हुन् ?

काठमाडौ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा मङ्गलबार गरेको प्रदर्शनबाट चार जना पक्राउ परेका छन् ।  काठमाडौँ प्रहरी परिसरका...

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ । काठमाडौं जि...

बालेनलाई लिङ्देनको सुझावः आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्नू

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धेरै हिरो भएर पत्र नकाट्न सु...

चीनको सैन्य विस्तार ‘आश्चर्यजनक’: नाटो प्रमुख

टोकियो । मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् । नाटो प्रमुखको भ्रमण एसिया(प्रशा...

आईजीपीलाई दीपक थापा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष रहेछन्ः राजेन्द्र लिङ्देन

याद राख्नुस्, फुली लगाइदिने दलका नाइके र सिफारिस गर्नेहरू सधैं सत्तामा हुँदैनन्

राप्रपाको सभाबाट घुसपैठको आरोपमा दुई जना नियन्त्रणमा

काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनी...

संविधान संसोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति ...

जडिबुटी प्रशोधन केन्द्रमा माओवादी कार्यकर्ताले आगो लगाएको ज्ञानेन्द्र शाहीको आरोप

झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी

जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

ओखलढुङ्गा ।  ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । ...

अरु धेरै
raksirang palika
ribdikot palika
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending